काठमाडौं– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछन्। आज क्वार्टरफाइनलको अन्तिम दुई खेल हुने भएका हुन्।
शनिबार राति ८:४५ बजे देखि हुने पहिलो खेलमा मोरक्को र पोर्चुगल भिड्दैछन्। यी दुई देशबीचको खेल अल थुमामा स्टेडियममा हुनेछ। यस्तै अर्को खेल राति १२:४५ बजे फ्रान्स र इंग्ल्याण्डबीच हुँदैछ। यी दुईबीचक खेल अल बाषत स्टेडियममा हुनेछ।
दुवै खेलबाट चार टोलीले सेमिफाइनलका लागि प्रयास गर्नेछन्। शनिबारको खेलबाट दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मोरक्कोले अन्तिम १६ मा पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो भने पोर्चुगलले स्विट्जरल्याण्डलाई हराएको थियो।
साविक विजेता फ्रान्स र इंग्ल्यान्ड शनिबार जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनामा रहेका छन्। फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो भने इंग्ल्याण्डले सेनेगललाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।