काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समिति बैठक बोलाएको छ।
निर्वाचन आयोगमा समानुपातिक नामावली बुझाउनु अघि जसपाले शनिबार बिहान पार्टीको बैठक बोलाएको हो।
जसपाले प्रतिनिधि सभामा समानुपातिकतर्फ ५ सिट, प्रदेशतर्फमा मधेशमा ७ सिट, लुम्बिनी र एक प्रदेश एक/एक सिट पाएको छ।
निर्वाचन आयोग ती सिटमा निर्वाचित हुनेहरुको नामावली शनिबार बेलुकीसम्म बुझाउन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।