• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश सभामा प्रत्यक्षबाट बाजी मार्ने यी तीन दलित उम्मेदवार

64x64
धनु विश्वकर्मा आइतबार, मंसिर २५, २०७९  ०६:२९
1140x725

काठमाडौं- ४ मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा तीन जना दलित उम्मेदवारले बाजी मारेका छन्। ३३० निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा रनसिंह परिवार, सीता सुन्दास र लखनदास तत्मा निर्वाचित भएका हुन्। 

प्रदेश सभामा देशभरबाट १४४ जना दलित उम्मेदवार बनेका थिए। जसमा ३ जना मात्र निर्वाचित भए। प्रदेश सभामा प्रत्यक्षबाट दलितको प्रतिनिधित्व ०.९ प्रतिशत रहेको छ। १३.८ प्रतिशत दलित आरक्षण रहेकोमा अब अरु कोटा समानुपातिकबाट पूर्ति गर्नुपर्नेछ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा सुन्दर विक, धनसिंह परियार, रातो कामी र मानबहादुर सुनार निर्वाचित भएका थिए। भर्खरै सम्पन्न निर्वाचनमा प्रदेशमा पनि दलितको प्रतिनिधित्व खुम्चिएको छ। संघमा १ र प्रदेशमा ३ जना मात्र दलित सांसद बनेका छन्। 

रनसिंह परियार
कर्णाली प्रदेशको हुम्ला प्रदेश सभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई पराजित गर्दै उनी सांसद चुनिएका हुन्।

परियारले ६ हजार ४८१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ४ हजार ६३० मत प्राप्त गरे। निर्वाचन आयोगका विवरण अनुसार ‘क’ मा प्रदेश सभा सदस्यका लागि ५ जना उम्मेदवार थिए। परियारले १ हजार ८५१ मतान्तरमा जित निकाले। 

त्यस्तै एमालेका दल फडेराले २ हजार ९९ मत प्राप्त गरे। एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छापे ऐडीले ११७ मत प्राप्त गरे। 

यो जितसँगै रनसिंहले हुम्लाबाट पहिलो पटक दलित सांसद बन्ने इतिहास बनाएका छन्। उनी कर्णाली प्रदेशबाटै दलित समुदायका एक्लो सांसद बनेका छन्। कुनै पार्टीबाट पनि अहिलेसम्म दलित समुदायबाट सांसद बनेका थिएनन्।

रनसिंह माओवादीको वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनको दावी प्रदेश सांसदमा थियो। हुम्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि माओवादीको भागमा पर्यो। नेपाली कांग्रेसका नेता जीवन शाही मुख्यमन्त्रीको दावी सहित प्रदेशमा गए। जसले गर्दा सहजै माओवादीका पोल्टामा प्रतिनिधि सभा सदस्य पर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशको भागभण्डा अनुसार हुम्ला प्रदेश ‘क’ माओवादीको भागमा पर्यो भने ‘ख’ कांग्रेसको भागमा। पार्टी नेतृत्वले दलितले हार्छन् भनेर रनसिंहलाई टिकट दिन मानेन।

उनी माओवादीबाट सिफारिस भए। तर कांग्रेस र एकीकृत समाजवादी भने उनलाई स्वीकार्न तयार भएन। कांग्रेसका मंगलबहादुर शाहीले बागी उम्मेदवारी दिए। एकीकृत समाजवादीका तर्फबाट हस्तबहादुर शाहीले उम्मेदवारी दिए। गठबन्धन तोडियो। एमालेका तर्फबाट अदानचुली गाउँपालिकाका पूर्वअध्यक्ष दल फडेरा चुनावी मैदानमा थिए। उनलाई चौतर्फी चुनाती भयो। चुनौतीको बाबजुद उनी निर्वाचित भए।

सीता सुन्दास
देशैभरिबाट प्रत्यक्ष निर्वाचित एक्ली दलित महिला सांसद बनेकी छिन्, सीताकुमारी सुन्दास। नेकपा एमालेकी उम्मेदवार सुन्दास गण्डकी प्रदेशको स्याङ्जा– १ को ’क’ बाट निर्वाचित भएकी हुन्।

उनले १४ हजार ६ सय ९० मत प्राप्त गर्दा उनकी मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी अमृता थापाले १३ हजार २ सय ६६ मत ल्याइन्। सुन्दासले १ हजार ४ सय २४ मतान्तरले जित निकालेकी हुन्। उनी पाँचदलीय गठबन्धनलाई पन्छाउँदै संसद्को यात्रा तय गर्न सफल भइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी बाहेक देशभरिबाटै प्रत्यक्ष निर्वाचन जित्ने दलित महिला छैनन्। प्रतिनिधि सभामा महिला ८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा १४ जना महिला चुनिएका छन्।

नेपालको प्रजातान्त्रिक तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा उनको भूमिका अग्रस्थानमा छ। विद्यार्थी राजनीतिबाट उदाएकी उनी राजनीतिक आन्दोलनसँगै समाजमा पछाडि पर्दै आएको दलित समुदायको हकहितमा लड्दै आएकी छन्। उनले जिल्ला शान्ति समितिको प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छिन्।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सुन्दासले स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख बनेर काम गरिन्। उनी जिल्ला समन्वय समिति महासंघको केन्द्रीय अध्यक्षको भूमिकामा पनि रहिन्। त्यसैले प्रदेश सभाका लागि उनको दावी थियो।

लखनदास तत्मा
मधेस प्रदेशको धनुषा- २ 'क' बाट नेकपा एमालेका लखनदास तत्मा निर्वाचित भएका छन्। उनी मधेश प्रदेशका दलित समुदायको एक्लो निर्वाचित सांसद हुन्। दासले ११ हजार ५८१ मत प्राप्त गर्दा जनमत पार्टीका दीपेन्द्रकुमार यादवले ७ हजार ४३० मत प्राप्त गरेका छन्। दासले ४ हजार १५१ मतान्तरमा जित निकालेका छन्। 

उनी नेकपा एमाले धनुषाको जिल्ला कमिटी सदस्य हुन्। विदेह नगरपालिकाको नगर अध्यक्ष समेत रहेका दास पहिलो पटक सांसद बनेका हुन्।

उनका दाजु बेचन दास विदेह नगरपालिकाका मेयर समेत रहेका छन्। उनी मधेशमा दलित नेताका रुपमा परिचित छन्। उनी पहिलो पटकमै जित निकाल्न सफल भएका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्