• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेश सभामा प्रत्यक्षबाट बाजी मार्ने यी तीन दलित उम्मेदवार

64x64
धनु विश्वकर्मा आइतबार, मंसिर २५, २०७९  ०६:२९
1140x725

काठमाडौं- ४ मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा तीन जना दलित उम्मेदवारले बाजी मारेका छन्। ३३० निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा रनसिंह परिवार, सीता सुन्दास र लखनदास तत्मा निर्वाचित भएका हुन्। 

प्रदेश सभामा देशभरबाट १४४ जना दलित उम्मेदवार बनेका थिए। जसमा ३ जना मात्र निर्वाचित भए। प्रदेश सभामा प्रत्यक्षबाट दलितको प्रतिनिधित्व ०.९ प्रतिशत रहेको छ। १३.८ प्रतिशत दलित आरक्षण रहेकोमा अब अरु कोटा समानुपातिकबाट पूर्ति गर्नुपर्नेछ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा सुन्दर विक, धनसिंह परियार, रातो कामी र मानबहादुर सुनार निर्वाचित भएका थिए। भर्खरै सम्पन्न निर्वाचनमा प्रदेशमा पनि दलितको प्रतिनिधित्व खुम्चिएको छ। संघमा १ र प्रदेशमा ३ जना मात्र दलित सांसद बनेका छन्। 

रनसिंह परियार
कर्णाली प्रदेशको हुम्ला प्रदेश सभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई पराजित गर्दै उनी सांसद चुनिएका हुन्।

परियारले ६ हजार ४८१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ४ हजार ६३० मत प्राप्त गरे। निर्वाचन आयोगका विवरण अनुसार ‘क’ मा प्रदेश सभा सदस्यका लागि ५ जना उम्मेदवार थिए। परियारले १ हजार ८५१ मतान्तरमा जित निकाले। 

त्यस्तै एमालेका दल फडेराले २ हजार ९९ मत प्राप्त गरे। एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छापे ऐडीले ११७ मत प्राप्त गरे। 

यो जितसँगै रनसिंहले हुम्लाबाट पहिलो पटक दलित सांसद बन्ने इतिहास बनाएका छन्। उनी कर्णाली प्रदेशबाटै दलित समुदायका एक्लो सांसद बनेका छन्। कुनै पार्टीबाट पनि अहिलेसम्म दलित समुदायबाट सांसद बनेका थिएनन्।

रनसिंह माओवादीको वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनको दावी प्रदेश सांसदमा थियो। हुम्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि माओवादीको भागमा पर्यो। नेपाली कांग्रेसका नेता जीवन शाही मुख्यमन्त्रीको दावी सहित प्रदेशमा गए। जसले गर्दा सहजै माओवादीका पोल्टामा प्रतिनिधि सभा सदस्य पर्‍यो।

Ncell 2
Ncell 2

प्रदेशको भागभण्डा अनुसार हुम्ला प्रदेश ‘क’ माओवादीको भागमा पर्यो भने ‘ख’ कांग्रेसको भागमा। पार्टी नेतृत्वले दलितले हार्छन् भनेर रनसिंहलाई टिकट दिन मानेन।

उनी माओवादीबाट सिफारिस भए। तर कांग्रेस र एकीकृत समाजवादी भने उनलाई स्वीकार्न तयार भएन। कांग्रेसका मंगलबहादुर शाहीले बागी उम्मेदवारी दिए। एकीकृत समाजवादीका तर्फबाट हस्तबहादुर शाहीले उम्मेदवारी दिए। गठबन्धन तोडियो। एमालेका तर्फबाट अदानचुली गाउँपालिकाका पूर्वअध्यक्ष दल फडेरा चुनावी मैदानमा थिए। उनलाई चौतर्फी चुनाती भयो। चुनौतीको बाबजुद उनी निर्वाचित भए।

सीता सुन्दास
देशैभरिबाट प्रत्यक्ष निर्वाचित एक्ली दलित महिला सांसद बनेकी छिन्, सीताकुमारी सुन्दास। नेकपा एमालेकी उम्मेदवार सुन्दास गण्डकी प्रदेशको स्याङ्जा– १ को ’क’ बाट निर्वाचित भएकी हुन्।

उनले १४ हजार ६ सय ९० मत प्राप्त गर्दा उनकी मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी अमृता थापाले १३ हजार २ सय ६६ मत ल्याइन्। सुन्दासले १ हजार ४ सय २४ मतान्तरले जित निकालेकी हुन्। उनी पाँचदलीय गठबन्धनलाई पन्छाउँदै संसद्को यात्रा तय गर्न सफल भइन्।

उनी बाहेक देशभरिबाटै प्रत्यक्ष निर्वाचन जित्ने दलित महिला छैनन्। प्रतिनिधि सभामा महिला ८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा १४ जना महिला चुनिएका छन्।

नेपालको प्रजातान्त्रिक तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा उनको भूमिका अग्रस्थानमा छ। विद्यार्थी राजनीतिबाट उदाएकी उनी राजनीतिक आन्दोलनसँगै समाजमा पछाडि पर्दै आएको दलित समुदायको हकहितमा लड्दै आएकी छन्। उनले जिल्ला शान्ति समितिको प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छिन्।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सुन्दासले स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख बनेर काम गरिन्। उनी जिल्ला समन्वय समिति महासंघको केन्द्रीय अध्यक्षको भूमिकामा पनि रहिन्। त्यसैले प्रदेश सभाका लागि उनको दावी थियो।

लखनदास तत्मा
मधेस प्रदेशको धनुषा- २ 'क' बाट नेकपा एमालेका लखनदास तत्मा निर्वाचित भएका छन्। उनी मधेश प्रदेशका दलित समुदायको एक्लो निर्वाचित सांसद हुन्। दासले ११ हजार ५८१ मत प्राप्त गर्दा जनमत पार्टीका दीपेन्द्रकुमार यादवले ७ हजार ४३० मत प्राप्त गरेका छन्। दासले ४ हजार १५१ मतान्तरमा जित निकालेका छन्। 

उनी नेकपा एमाले धनुषाको जिल्ला कमिटी सदस्य हुन्। विदेह नगरपालिकाको नगर अध्यक्ष समेत रहेका दास पहिलो पटक सांसद बनेका हुन्।

उनका दाजु बेचन दास विदेह नगरपालिकाका मेयर समेत रहेका छन्। उनी मधेशमा दलित नेताका रुपमा परिचित छन्। उनी पहिलो पटकमै जित निकाल्न सफल भएका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकिएको छ। यसअघि नै निर्वाचन आचारसंहिता २०८२ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता प्रभावकारी... आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग... आइतबार, माघ ४, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्