फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको हो।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार शनिबार ११ बजे बैठक बस्ने तय भएको छ।
एमाले सचिवालय बैठकमा समानुपातिकतर्फका सांसदको छनोटलाई मुख्य अजेन्डा बनाइनेछ। निर्वाचनपछि पहिलोपटक बस्ने बैठकले निर्वाचनको समीक्षा पनि गर्नेछ।
आगामी सरकार निर्माणका विषयमा समेत साझा धारणा तय गर्ने बताइएको छ। एमालेले ३४ जनालाई समानुपातिक सांसद् बनाउनेछ। प्रत्यक्षतर्फ ४४ सिट जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।