• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सफलताको कथा:

जब विदेशको सपना टुट्यो, यतै बन्यो अमेरिका-युरोप

64x64
गोविन्द देवकोटा शनिबार, मंसिर २४, २०७९  १०:३०
1140x725

काठमाडौं- पछिल्लो समय नेपाली युवा-युवतीको सपना बनेको छ विदेश। मध्यमवर्गीय परिवारका युवा-युवती लोकसेवातिर लाग्छन् भने निम्नवर्गीय वरिवारका युवाहरु एकसरो कपडा र दुई छाक खानाको जोहो गर्न खाडीतिर हानिन्छन्। तर हुने खाने र सम्पन्नशाली परिवारका छोराछोरी युरोप, अस्ट्रेलिया र अमेरिकाको सपना देख्छन्। 

पढाइ सक्नेबित्तिकै लाखौं रकम खर्चेर ‘स्टुडेन्ट’ भिसामा युरोप, अस्ट्रेलिया र अमेरिकामा जाने। पढाइसँगै काम गर्ने र उतै सेटल भएर बस्ने। आफ्नो क्षमता अनुसारका देश जाने होड नै छ यतिबेला। कोही घर खर्च जुटाउन त कोही रकम खर्चेर सुखी जीवन बिताउने कामनाका लागि विदेश जान्छन्। 

लाखौं खर्चेर विदेश जानेमध्येका एक हुन्, ललितपुर महानगरपालिका–१४, नखिपोटका रमेश अधिकारी। घरको कान्छो छोरा। परिवारको गलैंचा व्यापार र महानगरपालिकाभित्र दर्जनौं रोपनी जमिन। उनलाई यहाँ कुनै अभाव थिएन। २०६१ प्लस–टू पास भइसकेपछि उनी पनि होटल म्यानेजमेन्ट अध्ययनका लागि जर्मनी छिरे। 

No description available.

उनी पढ्न मात्र गएका थिएनन् त्यहाँ। त्यतै सेटल हुने सपना थियो। किनकी, उनका एक दाइ अमेरिका र एक दाइ अस्ट्रेलिया गइसकेका थिए। उनीहरु उतै सेटल हुने तयारीमा थिए। सोही कारण पनि रमेश आफू युरोप सेटल हुन्छु भन्ने सोचका साथ स्टुडेन्ट भिसामा जर्मनी गएका थिए।

कहिलेकाहीँ परिवार भेट्न आए पनि बाँकी जीवन जर्मनीमै बिताउने उनले सोचिसकेका थिए। तर समयको खेल भनौं, सबै सपना कहाँ पूरा हुन्छन् र? रमेशलाई युरोपमा एक्लै सेटल हुन होइन, नेपालमै केही गर्ने लेखेको रहेछ। त्यसको माध्यम बनिन् उनकी आमा। 

No description available.

सन् २००६ मा उनी पढ्दै गर्दा अकस्मात घरमा आमा बिरामी भएको खबर आयो। आमा बिरामी भएपछि उनी नेपाल फर्किए। केही समयपछि आमाको निधन पनि भयो। उनले फेरि जर्मनी जाने सोच नबनाएका होइनन्। तर परिस्थिति अर्कै बनिदियो। आमाको निधनपछि उनका बुबाले अब दाईहरुले व्यवसाय सम्हाल्ने स्थिति आएन। दाईहरु उतै सेटल हुन प्रयास गरिरहेकाले पनि उनीहरुलाई पुस्तैनी व्यवसाय सम्हाल्न नसक्ने भए। 

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीको सशस्त्र द्वन्द्व सकिएकै थिएन। बेला–बेला घरमा चन्दाका लागि चिट आउने गरेको रमेशले देखेका थिए। तैपनि, विदेशतिर उनको उद्योगमा उत्पादित गलैंचाको माग उच्च थियो। जेठो र माइलो दाइ अस्ट्रेलिया र अमेरिकामै सेटल हुन लागेकाले पारिवारिक व्यवसाय सम्हाल्न नसक्ने भए। भर्खर युवावस्थामा लाग्दै गरेका रमेशलाई नै जिम्मेवारी लिन आग्रह गरे। सुरुमा त सक्दिनँ कि भनेर अन्कनाएका रमेश बुबाको आड पाएपछि उक्त जिम्मेवारी लिन तयार भए। त्यसबेला रमेश २४ वर्षका थिए। 

No description available.

न्यूरिता वलन कार्पेट नामको गलैंचा उद्योगसँगै रमेशका बुबाले पस्मिनाको काम पनि गर्दै आएका थिए। बजार बुझ्दै जाँदा रमेशले पस्मिनाको अन्तर्राष्ट्रिय बजार ठूलो भएको पाए। पुस्तैनी व्यवासायलाई विस्तार गर्ने क्रममा पस्मिनालाई औपचारिक रुपमा उद्योगकै रुपमा स्थापना गर्ने सोच उनले गरे। 

‘बुबासँग सल्लाह गरेँ। उहाँ तयार हुनुभयो। अनि सन् २००८ मा हामीले यहीँ नखिपोटमा उद्योग नै स्थापना गर्यौं ’, उनी भन्छन्। रीता इन्डस्ट्रिजको नाममा दर्ता भएको पस्मिना उद्योग स्थापना गर्न करिब एक करोड रुपैयाँ लागत लागेको उनी सुनाउँछन्। 

‘उद्योगका लागि चाहिने मेसिनदेखि अन्य कच्चा पदार्थसमेत बाहिरबाटै ल्यायौं। हुन त कच्चा पदार्थ अहिले पनि बाहिरबाटै आउँछ। सुरुमा मेसिनहरु किन्दा एक करोड बढी लाग्यो’, उनी भन्छन्। 

No description available.

हुन त गलैंचा पनि राम्रै चलेको थियो। तर बजारमा पस्मिनाको माग बढेको देखेपछि उनले औपचारिक रुपमा उद्योग स्थापना गरेका हुन्। उद्योग ललितपुरमा तर विदेशी पर्यटकहरु पस्मिना खोज्न ठमेलतिर जान्थे। त्यही कारण उनले ठमेल र झम्सिखेलमा शोरुम नै खोले। दुई वर्षजति झम्सिखेलको चल्यो पनि। तर भूकम्पपछि त्यहाँको बन्द गर्नुपर्‍यो। तर ठमेलको शोरुम भने कोरानापछि मात्र बन्द भयो। 

‘प्राय: त हामीलाई अर्डर नै आउँथ्यो। तर पनि खुद्रा बजारका लागि पनि सल, स्वेटरहरु उत्पादन हुन्थ्यो। त्यसैले ठमेलमा शोरुम खोलेँ’, उनी भन्छन्, ‘केही समय त चल्यो। तर कोरोनाका कारण त्यहाँ भाडा नै तिर्न सक्ने व्यवसाय भएन। अनि बन्द गरेर अर्डर अनुसारकै काम लिन थालेँ।’

विदेशमा गएर सेटल हुन्छु भन्ने रमेश अहिले आफ्नै देशमा रोजगारी दिइसकेका छन्। अप–सिजनमा पनि उनको उद्योगमा करिब ९० जनासम्मले रोजगारी पाइराखेका छन्। जसमध्ये ४० प्रतिशत त महिला कामदार नै छन्। केही प्राविधिक भने भारतीय छन्। 

सुरु–सुरुमा जनशक्तिको समस्या नभए पनि पछिल्लो समय काम गर्ने मान्छे पाउन मुस्किल भएको उनी सुनाउँछन्। अहिले उनको उद्योगमा उत्पादित सामग्री युरोप, अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकका सम्पन्नशाली परिवारमा खपत हुन्छन्। 

No description available.

‘एउटै सलको मात्रै ५ हजारसम्म पर्छ। स्वेटर त झनै महँगो। आन्तरिक बजारमा यस्ता सामान खपत हुँदैनन्’, उनी भन्छन्, ‘बाहिर नै जाने हुन्। अर्डर धेरै आउँदा भने राम्रो आम्दानी हुन्छ।’ पस्मिनाको बजार विदेशमा राम्रो छ। उनी आफैं पनि बजार खोज्दै युरोप, अस्ट्रेलिया र अमेरिका पुगेका छन्। त्यहाँ हुने मेलाहरुमा उनी आफ्नो उत्पादन लिएर प्रवर्द्धन गर्न पुगिहाल्छन्। त्यहीबाट नै आफ्ना ग्राहकरु बनेको उनी बताउँछन्। 

व्यवसाय फाइदाजनक भए पनि बाहिर सोचेजस्तो सहज भने छैन। भनेको बेला सामान र जनशक्ति र सामग्री सहज रुपमा नपाइनु मुख्य चुनौती हो। कतिपय बेला त अर्डर क्यान्सिल नै हुने अवस्था आउने रमेश बताउँछन्। ‘उनीहरुले पनि अन्यत्रैबाट अर्डर लिएका हुन्छन्। अनि हामीलाई खबर गर्छन्। तर कहिलेकाहीँ सानो कुरामा पनि फरक पर्‍यो भने पूरै सामान अलपत्र पर्छ। त्यसको घाटा व्यहोर्नुपर्छ’, उनले भने, ‘कैयौं पटक त्यस्तो भएको पनि छ। तर पहिले स्याम्पल पठाउँछन्। सोही अनुसार बनाएर पक्का भएपछि मात्र बन्ने हो। तर कहिलेकाहीँ भने फरक परिदिँदा भने घाटा व्यहोर्नुपर्छ।’

No description available.

अहिले उनको उद्योगमा सल, स्वेटर, मफ्लर, टोपी, ट्राउजर र गलैँचा उत्पादन हुन्छन्। यी सामग्री बनाउने धागो नै महँगो पर्ने भएका कारण पनि उत्पादनको लागत बढ्न आउने उनी बताउँछन्। एक किलो धागोकै करिब २५ हजार नेपाली रुपैयाँजति पर्ने उनले बताए। 

यस्ता उत्पादनहरु विदेशमा ३ सयदेखि ५ सय डलरसम्ममा बिक्री हुन्छन्। केही समयअघि उनकै उद्योगमा उत्पादित स्वेटर युरोपमा ४ सय युरोसम्ममा बिक्री भएको छ। त्यसबेलाको मूल्य हेर्दा करिब नेपाली ४० हजारसम्म मूल्यांकन हुन्छ। 

उनले उद्योग सुरु गरेको करिब १५ वर्षजित भइसक्यो। अहिले वार्षिक करिब ८ करोडसम्मको कारोबार हुने उनी बताउँछन्। उनको उद्योगमा उत्पादित पस्मिना हलिएडका सेलिब्रेटीहरुले पनि लगाउने गरेका छन्। 

No description available.

क्रिसमसमा सामान पुर्‍याउनै समस्या
विदेशीहरुले नेपाली पस्मिनासम्बन्धी सामानको खोजी गर्ने क्रिसमसअघि नै हो। नेपाली समयअनुसार दशैंदेखि मंसिरसम्म निकै अर्डर आउँछ। तर त्यसैबेला नेपालमा विभिन्न चाडपर्व पर्ने भएका कारण माग अनुसारको सामान पुर्यामउन समस्या पर्ने उनी बताउँछन्। 

दशैं र तिहारको बीचमा त काम करिब-करिब ठप्प नै हुन्छ। त्यसपछि पनि छठ र मंसिरमा बिहेभोज धेरै हुने भएका कारण उत्पादनमा गिरावट हुने उनले बताए। 

‘एक त समयमा सामान पाउन सकिँदैन। त्यसमाथि हाम्रो उत्पादन विदेशकै लागि हुन्छ। ग्राहकले विशेषगरी किसमसअघि नै अर्डर दिन्छन्। तयार पार्न त समय लागिहाल्छ। त्यसैबेला हाम्रा कामदार बिदामा बस्नुपर्ने हुन्छ। सबैभन्दा ठूलो समस्या त जनशक्तिकै हो’, उनले भने।

No description available.

गलैंचाको पनि युरोप मात्र नभई खाडी मुलुकमा समेत उच्च माग रहेको छ। राम्रो खालको गलैंचा करिब १५–२० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको उनी सुनाउँछन्। अहिले उनलाई इजिप्टमा बन्दै गरेको एक सेभेन स्टार होटलको तीन वटा फ्लोरका लागि बिछ्याउने कार्पेट उनकै उद्योगबाट गइसकेको छ। 

यस्तै उनलाई अहिले बोधाइ ग्रुपमा पनि कार्पेटका लागि रमेशलाई अर्डर भइसकेको छ। केही समयपछि उक्त ग्रुपका लागि तयार कार्पेट सप्लाइ गर्ने रमेश बताउँछन्। बोधाइ ग्रुप कुवेतको धनाड्य कम्पनीमध्ये एक हो। 

अब आफ्नै ब्राण्ड बनाउँछु
करिब डेढ दशकदेखि उद्योग सञ्चालन गरिरहे पनि अहिलेसम्म रमेशको आफ्नै ब्राण्ड भने छैन। उनले उत्पादन गरेका सामानमा ‘ह्याण्ड मेड इन नेपाल’ लेखेर कम्पनीको ब्राण्ड भने विदेशीले आफ्नै राख्छन्। यसो हुनुमा विदेशमा नेपाली बजारको पहुँच नपुगेको उनी बताउँछन्। 

No description available.

रमेश अब आफ्नो कम्पनीको लोगो राखेर पस्मिना बेच्न चाहन्छन्। अबको आफ्नो लक्ष्य भनेकै पस्मिनालाई नेपाली ब्राण्ड बनाउनु रहेको उनी बताउँछन्। 

‘अहिलेसम्म बिक्री त गरेकै छु। तर उनीहरुले आफ्नो लोगो प्रयोग गर्छन्। जसका कारण हामीलाई सिधै अर्डर आउँदैन। उनीहरुमार्फत नै गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘अब मेरो सोच आफ्नै ब्राण्ड बनाउने भन्ने छ। त्यसका लागि तयारी पनि थालेको छु।’

हुन त रमेशलाई नपुग्ने केही थिएन। सम्पत्ति भएर नै सहजै उद्योग स्थापना गरे। तर सञ्चालनका लागि भने धेरै चुनौतीको सामना गर्नुपर्ने उनको अनुभव छ। सरकारले ट्याक्स लिनेबाहेक व्यवसाय प्रवर्द्धनका लागि कुनै काम नगरेको उनको गुनासो छ। नेपालमा उद्योग स्थापना गर्न खोज्दा पनि सिपयुक्त जनशक्ति नपाउनु उनले अर्को चुनौती मानेका छन्। त्यसैले उद्योग स्थापनाको साथै सरकारले युवालाई सिपयुक्त पनि बनाउनुपर्ने उनको सुझाव छ।

No description available.

गायक र मोडल
रमेश व्यवासायी मात्रै होइनन्। उनी मोडल र गायक पनि हुन्। केही म्यूजिक भिडियोहरुमा उनले मोडलिङ पनि गरेका छन्। उनले गीतमा स्वर पनि भरेका छन्। ‘रिमझिमे साँझमा’ बोलको गीतमा उनले स्वर दिएका छन्। साथै उक्त गीतको म्यूजिक भिडियोमा उनले अभिनय पनि गरेका छन्। 

ramesh adhikari1670639688.jpg

‘मायाँ नहुने’ बोलको गीतमा पनि उनले आवाज दिएका छन्। उनले भने, ‘समयले मलाई व्यवसायी बनायो। तर, मनभित्र कलाप्रतिको मोह पनि छ। त्यसैले केही गीत गाएको छु। र केहीमा मोडलिङ पनि गरेको छु।’

रातदिन उद्योगकै काममा व्यस्त हुने रमेश गजल र गीतहरु पनि लेख्छन्। एउटै व्यक्तिमा धेरै रुपहरु हुने उनी बताउँछन्। ‘मलाई लाग्छ। समय पाएसम्म रहरहरु पनि पूरा गर्नुपर्छ। त्यसैले उद्योगको कामबाट समय मिलाएर संगीत क्षेत्रमा पनि लाग्ने गरेको छु’, उनी भन्छन्। 

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? बालेन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकार मिचेर गठन गरेको सम्पत्ति छानबिन आयोगको कामकारबाहीमा सर्वोच्... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ १०, २०८३
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् बुधबार, भदौ १०, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित बुधबार, भदौ १०, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्