काठमाडौं – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम् तलब दिन स्थानीय तहहरूलाई निर्देशन दिएका छन्।
आज(मंगलबार) सामाजिक सञ्जालबाट उनले यस्तो निर्देशन दिएका हुन्।
उनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि १२ हजार, विद्यालय सहयोगीको लागि १० हजार र विद्यालय सहायक कर्मचारीको लागि १५ हजार तलब संघीय अनुदानबाट पठाई सकिएको छ। बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने हुन्छ।
उनले भनेका छन्,‘अहिले सम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम् पारिश्रमिक अनुसार तलब खुवाएको जानकारी मन्त्रालयलाई आएको छ, यो विषय न्यूनतम् तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु। बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नु होला, यस विषयमा स्थानीय सरकारलाई सचेत गराउन ट्रेड युनियनका नेताहरू खोई जागेको।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।