काठमाडौं– प्रतिनिधि सभा निर्वाचनबाट संघीय संसद्को दोस्रो ठूलो दल बनेको नेकपा एमालेले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ। एमाले नेताहरुका अनुसार समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोटको विषयमा छलफल गरिने जनाइएको छ। यस्तै, निर्वाचन समीक्षालगायतका विषयमा पनि छलफल गरिने छ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको छ। एमालेले समानुपातिकतर्फ ३४ सिट पाएको छ। यस्तै, प्रत्यक्षतर्फ ४४ सिट जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।