काठमाडौं– आईसीसी विश्वकप लिग २ को त्रिदेशीय सिरिज अन्तर्गतको जारी एकदिवसीय खेलमा नेपालले स्कटल्याण्डसामु १२० रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५.३ बलमै सबै विकेट गुमाएर ११९ रनमात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। यस्तै, सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ तथा ललित राजबंंशीले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रनसमेत बनाउन सकेनन्।
स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २-२ विकेट लिए।
यस सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ।
नेपालले दिएको १२० रनको झिनो लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले यो समाचार तयार पार्दासम्म ३ ओभरमै विनाविकेटको क्षतिमा ३० रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।