• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएपछि सत्ता गठबन्धनलाई धक्का!

64x64
नवीन झा बुधबार, मंसिर २१, २०७९  १८:४२
1140x725

काठमाडौं– वर्तमान सत्ता गठबन्धनले २०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाए। तर त्यसको प्रकिया लामो समयसम्म सुरु नै भएन। सता गठबन्धनमाथि प्रश्नहरू तेर्सिएपछि संसद्ले छानबिन समिति बनायो। तर उक्त समितिले पनि त्योे प्रक्रिया टुंग्याउनुभन्दा लम्ब्याउने नीति अख्तियार गरेपछि निलम्बनमा परेका राणासँग संसदीय छानबिन समितिले लामो बयानको प्रक्रिया सुरु गर्यो। र, त्यसपछि संसद् अधिवेशन नै सकिन लाग्यो। मुलुक नयाँ निर्वाचनमा जान लाग्दा सभामुख अग्निप्रसाद सापकोटाले छानबिन समितिको प्रतिवेदनमा तोक लगाउँदै नयाँ निर्वाचित संसद्ले यो महाभियोग टुग्याउने भन्दै संसद् सचिवालयमा त्यसलाई तामेलीमा राखी दिए।

सता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल, माओवादी केन्द्रका देव गुरुङ र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले  संयुक्त रुपमा राणामाथि महाअभियोग लगाएका थिए। जसमा गठबन्धनका ९८ जना सांसदको हस्ताक्षर थियो। सत्ता गठबन्धनले राणामाथि २१ वटा आरोप लगाउँदै महाभियोग लगाए पनि गणितीय हिसाबले संसद्मा दुई–तिहाई नपुग्ने देखेपछि त्यसलाई अल्मल्याउन खोजेको देखिन्थ्यो। र अन्ततः गठबन्धनले अघि सारेको महाभियोगको छिनोफानो नहुँदै तत्कालीन संसद्ले आफनो कार्यकाल पूरा गर्यो र मुलुक निर्वाचनमा गयो। प्रतिपक्षी एमालेले उक्त महाअभियोग संसद्बाट पारित गरेर देखाउन सत्ता गठबन्धनलाई पटक–पटक चुनौती दिइरहे। तत्कालीन संसद्मा एमालेबिना दुई–तिहाई पुर्याउन मुस्किल थियो। त्यही भएर सरकार र सत्ता गठबन्धन महाअभियोगलाई सक्दो लम्बाउने नीतिमा थिए। 

तर, बुधवार अचानक महाभियोगका कारण निलम्बनमा परेका राणालाई संसद् सचिवालयले महाभियोग निस्क्रिय भएको पत्र दिए। संसद् सचिवालयको पत्र पाएपछि बुधबार नै राणाले सर्वोच्च फर्कने उद्घोष गरेपछि दिनभर उनी चर्चाको केन्द्रमा रहे। नेपाल बारसहित सर्वोच्चकै फुल कोर्ट उनको विरुद्धमा उत्रिएपछि उनी बुधबार सर्वोच्च त जान सकेनन् तर उनलाई महाभियोग लगाउने सत्ता गठबन्धनलाई ‘ब्याकफायर’ भएको देखिन्छ। आगामी मंसिर २७ मा राणा स्वेच्छिक अवकाशमा गएपछि सत्ता गठबन्धन र सरकार यो मुद्दालाई थामथुम पार्न सजिलो हुने आकलनसहित मौन थिए। तर संसद् सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकारले अब के गर्छन् भन्नेबारे चासो देखिएको छ। 

सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सचिवालयको निष्क्रिय पत्रप्रति आपत्ति जनाएका छन्। उनले राणामाथिको महाभियोग नयाँ संसद्ले छलफल गरेर टुंग्याउने दाबी गरे। सिंहदरबारमा बुधवार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले  राणामाथि महाभियोग जीवितै रहेको र अबको नयाँ संसद्ले त्यसबारेमा छलफल गरेर टुंग्याउने दाबी गरे। कार्कीले यसवारेमा धेरै बोल्न चाहेनन्। 

सत्ता गठबन्धनको अर्का घटक माओवादी केन्द्रका महासचिव देव गुरुङले संसद् सचिवालयले दिएको निष्क्रियसम्बन्धी पत्र गलत भएको दाबी गरेका छन्। राणामाथि महाभियोगको प्रस्तावकसमेत रहेका गुरुङले संसद् सचिवालयका कर्मचारीहरूले गलत काम गरेको पनि आरोप लगाएका छन्। नेपाल लाइभसँग कुरा गर्दै उनले कर्मचारीले संविधानमाथि ‘कू’ नै गरेको आरोप  लगाए। ‘यसबारेमा हामी बुझ्दैछौं’, गुरुङले भने, ‘गठबन्धनमा सर–सल्लाह र छलफल गरेर अघि बढछौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस नेता तथा सञ्चारमन्त्री कार्की र माओवादी महासचिव गुरुङको भनाइले प्रष्ट हुन्छ कि बुधबार संसद् सचिवालयले दिएको पत्रले उनीहरूलाई अप्ठयारो महसुस भइरहेको छ। हुन त सर्वोच्च अदालत आफैँले संसद् सचिवालयले निष्क्रियसम्बन्धी पत्रका बारेमा जवाफ माग गरेको छ। साथै, उक्त पत्र खारेजीको माग दाबीसहित सर्वोच्चमा मुद्दा पनि दायर भएको छ। 

अबको प्रक्रिया जे–जसरी अघि बढे पनि बुधबार दिनभरको घटनाले सत्ता गठबन्धनलाई राजनीतिक रूपमा धक्का लागेको देखिन्छ। संयोग कस्तो भने कांग्रेस–माओवादी गठबन्धनले नै ०७४ बैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउँदा यी पार्टीहरूलाई ‘ब्याक फायर’ भएको थियो। हाल महाभियोग खेपिरहेका प्रधानन्यायाधीश राणाले नै  कार्कीमाथिकाे महाभियोग बदर गरिदिएका थिए। अहिले फेरि आएर कांग्रेस– माओवादीकै गठबन्धन पुनः प्रधानन्यायाधीशमाथिको महाभियोगको चक्करमा फसेको देखिन्छ। 

०७४ को निर्वाचनमा कांग्रेसले सोचेजस्तो नतिजा नल्याएपछि उक्त पार्टीभित्र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने कदम ठीक नभएको भन्दै ‘रडाको’ नै मच्चिएको थियो र अन्ततः काग्रेस केन्द्रिय  समितिले उक्त कदम गलत भएको स्वीकार गरेको थियो।

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम बुधबारको घटनाले कांग्रेस र माओवादीलाई तत्कालै केही असर नपरे पनि दीर्घकालीन रूपमा क्षति हुने निश्चित रहेको बताउँछन् । ‘निर्वाचनअघि यो घटना भएको भए तत्काल त्यसको असर पर्थ्यो,' उनले नेपाल लाइभसँग भने, ‘तर निर्वाचन भइसकेकाले र हाम्रा नेताहरूको नैतिक धरातल एकदमै कमजोर भएकाले यसले उनीहरूले केही फरक महसुस गर्लान् जस्तो लाग्दैन।’ तर यस्ता घटनाहरूले नै आम नागरिकले प्रमुख दलहरूको सट्टा वैकल्पिक नयाँ शक्तिहरूको खोजी गर्न थालेको गौतमको भनाइ छ। तत्कालीन प्रधानन्यायाधीश कार्कीको महाभियोगलगत्तै ०७४ को निर्वाचन पनि भएकाले ठूला दलहरूलाई त्यसको असर परेको गौतमको भनाइ छ।  

‘दलहरूको नैतिक धरातल कमजोर भइरहेको उदाहरणको रूपमा बुधबार दिनभर जे भयो त्यो पर्याप्त उदाहरण छ’, उनी भन्छन्, ‘तर दलहरूले जसरी बेवास्ता गर्दै अघि बढिरहेका छन्, त्यो ठीक छैन।’ गौतमले प्रमुख दलहरूभित्र यो विषय जसरी उठनु पर्थ्यो, त्यसरी नउठेको भन्दै गुनासोसमेत गरे। 


 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १८:४२
  • #चोलेन्द्रशमशेर राणा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा पौडेलले पार्टीको जनतासँगको... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा धारणाा राख्ने क्रम सुरु हुनेछ । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्