काठमाडौं– काठमाडौं महानगरपालिकाले सरकारी र निजी कार्यालयमा रहेका फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको छ।
बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन निर्देशन दिएको हो।
कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रिएको र यस्ता फोहोर ३५ दिनभित्र हटाउन पनि महानगरले सूचनामा भनेको छ।
तोकिएको समयभित्र फोहोर नहटाएमा सम्बन्धित कार्यालयबाटै खर्च असुल गर्ने गरी महानगरले फोहोर व्यवस्थापन गर्ने चेतावनीसमेत दिएको छ।
कार्यालय परिसरका फोहोर व्यवस्थापन गरी सहरलाई सफा राख्न पनि महानगरले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।