• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

लुम्बिनीका बिजुली बसको कथा: गृहमन्त्रीको निर्देशनपछि केही दिन चले, फेरि थन्किए

64x64
प्रतिक पौडेल मंगलबार, मंसिर २०, २०७९  १८:१३
1140x725

भैरहवा– चुनाव (प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९) नजिकिँदै थियो। गृहमन्त्री बालकृष्ण खाण जिल्ला दौडाहमा थिए। असोज ११ गते बेलहियामा पर्यटन दिवसको कार्यक्रम आयोजना भएको थियो। जसको प्रमुख अतिथि थिए गृहमन्त्री खाण। 

पर्यटनसँग सम्बन्धित विषयमा केही बोल्नुपर्ने भएर होला कार्यक्रममा उपस्थित लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई तर्फ संकेत गर्दै खाणले भने, ‘लुम्बिनीमा भएका विद्युतीय बस चलाउन सक्ने भए चलाउनुस्। नभए हात उठाउनुस्, सरकारले चलाउँछ।’ 

मञ्चबाट नै खाणले ती सवारीसाधन सञ्चालन गर्न लुम्बिनी विकास कोषसहित अन्य सरोकारवाला निकायसँग बैठक बसेर गरिएको निर्णय असोज १३ गते बिहीबार बिहान ११ बजेभित्रमा आफूलाई जानकारी दिन रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए।   

गृहमन्त्रीको निर्देशनलगत्तै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा असोज १२ गते भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले असोज १३ गतेदेखि नै तत्काललाई ५ वटा बस सञ्चालनमा ल्याउने निर्णय गर्‍यो। 

गृहमन्त्री खाणको निर्देशनपछि ५ वटा बस विभिन्न रुटमा चलाउने तयारी गरियो। तर अपुरो रुपमा। सेतो (सरकार) नम्बरप्लेटको सवारीसाधनमा कानुनअनुसार भाडा लिएर यात्रु बोक्न नमिल्ने। भाडा नलिए सवारीसाधनको संचालन र मर्मत खर्च कसरी ब्यवस्थापन गर्ने? केही ठोस पहल नै नगरी गृहमन्त्रीको निर्देशनकै भरमा सुरक्षाकर्मीका चालकको भरमा विद्युतीय बस गुडाउन थालियो। 

आन्तरिक र बाह्यक पर्यटक समेत बोकेर केही दिन नि:शुल्क रुपमा बस सञ्चालनमा आए। तत्काललाई रूपन्देहीको सीमा नाका बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी, बुद्ध मावलीस्थान रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन भए। 

गृहमन्त्रीको निर्देशनका भरमा चलेका ति बसहरु दशैंपछि भने चल्न छाडे। अहिले पनि थन्काएर राखिएको छ। 

एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी आउने पर्यटकलाई घुमाउनका लागि विद्युतीय गाडी किनिदिएको हो। एडीबीले दिएका ५ बस र १४ ट्याक्सी अहिलेसम्म व्यवस्थित रुपमा सञ्चालन हुन सकेका छैन।

Ncell 2
Ncell 2
nimb
nimb

एडिबीले सन् २०१८ जनवरी ९ मा विद्युतीय गाडी, गाडी चार्जिङ गर्ने स्टेशन र सोलारसमेत उपलब्ध गराउने सम्झौता गरेको थियो। सम्झौताअनुरूप बस र ट्याक्सी लुम्बिनी आए, तर लुम्बिनी विकास कोषले सञ्चालन गर्न नसक्दा थन्किएरै बसेका छन्। 

एडीबीले हस्तान्तरण गरेपछि लुम्बिनी विकास कोषले तामझामका साथ सञ्चालन गरेका बस अहिले सडकमा गुड्दैनन्। देखवटी रुपमा सञ्चालनमा ल्याइएकामध्ये केही बस ठोक्किएर फुटेका पनि छन्। दाताले दिएका बस सञ्चालन गर्न नसक्दा करोडौं रुपैयाको लगानी खेर गएको छ। 

एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टमार्फत् विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो। एडिबीले १३ करोडमा ल्याएका ५ वटा बस र १४ वटा ट्याक्सीको लागि ८ करोड भन्सार शुल्क तिरेको छ। 

विद्युतीय गाडीसँगै गाडी चार्जको लागि चार्जिङ स्टेशन र सोलार प्लान्ट पनि जडान गरियो। तर गाडी कसरी चलाउने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वातानुकुलित, अपाङमैत्री र स्वचालित ढोका रहेका बस चार्जिङको लागि एडीबीकै सहयोगमा सोलार प्लान्ट र चार्जिङ स्टेशन समेत निर्मण भइसकेको छ। १ पटक फुल (पूर्ण क्षमतामा) चार्ज गरेको बस ४०० किलोमिटरसम्म गुड्ने क्षमता रहेको छ। 

बस सञ्चालनमा ल्याउन लुम्बिनी विकास कोषको अक्षमता त छँदैछ, बाहिरी अवरोध पनि उत्तिकै छ। आफूहरुसँग समन्वय नगरी, नि:शुल्क रुपमा यात्रु बोक्ने भनेर गाडीहरु सडकमा चलाइए आफूहरु आन्दोलिन हुने भैरहवा क्षेत्रका यातायात व्यवसायीको चेतावनी छ। 

‘नि:शुल्क यात्रु बोक्ने भनेर। यातायात व्यवसायीसँग कुनै समन्वय नै नगरी गाडीहरु चलाइए हामी हाम्रा गाडी सरकारलाई बुझाउँछौं,’ सिद्धार्थ सार्वजनिक यातायात प्रालिका उपाध्यक्ष खड्क बहादुर गुरुङ भन्छन्। 

गाडी सञ्चालनका लागि देखिएको कानुनी समस्या समाधानमा पनि कोषले कुनै पहल गरेको छैन। यातायात व्यवस्था कार्यालय रुपन्देहीका प्रमुख मोहन अर्यालका अनुसार सरकारी (सेतो) नम्बर प्लेटका गाडीमा भाडा लिएर यात्रु बोक्न पाइँदैन। भाडामा यात्रु बोक्ने भए कालो (सार्वजनि सवारी) या हरियो (पर्यटक वाहन)को नम्बरप्लेट लिनुपर्ने अर्यालको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्