• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
लुम्बिनीका बिजुली बसको कथा: गृहमन्त्रीको निर्देशनपछि केही दिन चले, फेरि थन्किए
64x64
प्रतिक पौडेल मंगलबार, मंसिर २०, २०७९  १८:१३
1140x725

भैरहवा– चुनाव (प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९) नजिकिँदै थियो। गृहमन्त्री बालकृष्ण खाण जिल्ला दौडाहमा थिए। असोज ११ गते बेलहियामा पर्यटन दिवसको कार्यक्रम आयोजना भएको थियो। जसको प्रमुख अतिथि थिए गृहमन्त्री खाण। 

पर्यटनसँग सम्बन्धित विषयमा केही बोल्नुपर्ने भएर होला कार्यक्रममा उपस्थित लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई तर्फ संकेत गर्दै खाणले भने, ‘लुम्बिनीमा भएका विद्युतीय बस चलाउन सक्ने भए चलाउनुस्। नभए हात उठाउनुस्, सरकारले चलाउँछ।’ 

मञ्चबाट नै खाणले ती सवारीसाधन सञ्चालन गर्न लुम्बिनी विकास कोषसहित अन्य सरोकारवाला निकायसँग बैठक बसेर गरिएको निर्णय असोज १३ गते बिहीबार बिहान ११ बजेभित्रमा आफूलाई जानकारी दिन रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए।   

गृहमन्त्रीको निर्देशनलगत्तै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा असोज १२ गते भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले असोज १३ गतेदेखि नै तत्काललाई ५ वटा बस सञ्चालनमा ल्याउने निर्णय गर्‍यो। 

गृहमन्त्री खाणको निर्देशनपछि ५ वटा बस विभिन्न रुटमा चलाउने तयारी गरियो। तर अपुरो रुपमा। सेतो (सरकार) नम्बरप्लेटको सवारीसाधनमा कानुनअनुसार भाडा लिएर यात्रु बोक्न नमिल्ने। भाडा नलिए सवारीसाधनको संचालन र मर्मत खर्च कसरी ब्यवस्थापन गर्ने? केही ठोस पहल नै नगरी गृहमन्त्रीको निर्देशनकै भरमा सुरक्षाकर्मीका चालकको भरमा विद्युतीय बस गुडाउन थालियो। 

आन्तरिक र बाह्यक पर्यटक समेत बोकेर केही दिन नि:शुल्क रुपमा बस सञ्चालनमा आए। तत्काललाई रूपन्देहीको सीमा नाका बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी, बुद्ध मावलीस्थान रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन भए। 

गृहमन्त्रीको निर्देशनका भरमा चलेका ति बसहरु दशैंपछि भने चल्न छाडे। अहिले पनि थन्काएर राखिएको छ। 

एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी आउने पर्यटकलाई घुमाउनका लागि विद्युतीय गाडी किनिदिएको हो। एडीबीले दिएका ५ बस र १४ ट्याक्सी अहिलेसम्म व्यवस्थित रुपमा सञ्चालन हुन सकेका छैन।

Ncell 2
Ncell 2

एडिबीले सन् २०१८ जनवरी ९ मा विद्युतीय गाडी, गाडी चार्जिङ गर्ने स्टेशन र सोलारसमेत उपलब्ध गराउने सम्झौता गरेको थियो। सम्झौताअनुरूप बस र ट्याक्सी लुम्बिनी आए, तर लुम्बिनी विकास कोषले सञ्चालन गर्न नसक्दा थन्किएरै बसेका छन्। 

एडीबीले हस्तान्तरण गरेपछि लुम्बिनी विकास कोषले तामझामका साथ सञ्चालन गरेका बस अहिले सडकमा गुड्दैनन्। देखवटी रुपमा सञ्चालनमा ल्याइएकामध्ये केही बस ठोक्किएर फुटेका पनि छन्। दाताले दिएका बस सञ्चालन गर्न नसक्दा करोडौं रुपैयाको लगानी खेर गएको छ। 

एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टमार्फत् विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो। एडिबीले १३ करोडमा ल्याएका ५ वटा बस र १४ वटा ट्याक्सीको लागि ८ करोड भन्सार शुल्क तिरेको छ। 

विद्युतीय गाडीसँगै गाडी चार्जको लागि चार्जिङ स्टेशन र सोलार प्लान्ट पनि जडान गरियो। तर गाडी कसरी चलाउने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। 

वातानुकुलित, अपाङमैत्री र स्वचालित ढोका रहेका बस चार्जिङको लागि एडीबीकै सहयोगमा सोलार प्लान्ट र चार्जिङ स्टेशन समेत निर्मण भइसकेको छ। १ पटक फुल (पूर्ण क्षमतामा) चार्ज गरेको बस ४०० किलोमिटरसम्म गुड्ने क्षमता रहेको छ। 

बस सञ्चालनमा ल्याउन लुम्बिनी विकास कोषको अक्षमता त छँदैछ, बाहिरी अवरोध पनि उत्तिकै छ। आफूहरुसँग समन्वय नगरी, नि:शुल्क रुपमा यात्रु बोक्ने भनेर गाडीहरु सडकमा चलाइए आफूहरु आन्दोलिन हुने भैरहवा क्षेत्रका यातायात व्यवसायीको चेतावनी छ। 

‘नि:शुल्क यात्रु बोक्ने भनेर। यातायात व्यवसायीसँग कुनै समन्वय नै नगरी गाडीहरु चलाइए हामी हाम्रा गाडी सरकारलाई बुझाउँछौं,’ सिद्धार्थ सार्वजनिक यातायात प्रालिका उपाध्यक्ष खड्क बहादुर गुरुङ भन्छन्। 

गाडी सञ्चालनका लागि देखिएको कानुनी समस्या समाधानमा पनि कोषले कुनै पहल गरेको छैन। यातायात व्यवस्था कार्यालय रुपन्देहीका प्रमुख मोहन अर्यालका अनुसार सरकारी (सेतो) नम्बर प्लेटका गाडीमा भाडा लिएर यात्रु बोक्न पाइँदैन। भाडामा यात्रु बोक्ने भए कालो (सार्वजनि सवारी) या हरियो (पर्यटक वाहन)को नम्बरप्लेट लिनुपर्ने अर्यालको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
त्रिभुवन विमानस्थलका आन्तरिक उडान सबै रद्द विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फकासबै उडान रद्द गरिएका हुन् । अन्तररा... शनिबार, असोज १८, २०८२
१६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु हिमालको सफल आरोहण इलाइट ट्रेक्स एण्ड एक्सपिडिसन प्रबन्धक तथा हिमाल आरोहणबाटै गिनिज बुकमा नाम लेखाएका मिङमा डेभिड शेर्पाका अनुसार उनी सबैभन्दा कम उमेरम... सोमबार, असोज १३, २०८२
नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने का... शुक्रबार, असोज १०, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्