• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवामाथि दबाब बढाउने रणनीतिमा दाहाल

64x64
नवीन झा सोमबार, मंसिर १९, २०७९  २०:५९
1140x725

काठमाडौं– पछिल्ला तीन दिनयता सत्ता गठबन्धनका विषयमा विभिन्न सार्वजिनक भइरहेका छन्। र, सत्ता गठबन्धनका नेताहरू त्यसलाई खण्डन गर्दै हिँडिरहेका छन्।

शनिबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै आफ्नो पार्टीले यही गठबन्धन कायम राख्ने तर नयाँ सरकार बनाउने बारेमा अरु सबै पनि विकल्प खुला राख्ने निष्कर्षमा पुगेको बताए। महराको उक्त अभिव्यक्तिले गठबन्धनमा मात्रै होइन राजनीतिक वृत्तमा नै तरंग सिर्जना गर्‍यो।

तर, माओवादीले त्यसलाई आइतबार सच्चायो।आइतबार पुन: बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले सत्ता गठबन्धन छाड्ने वा अन्य विकल्पतिर जाने पक्षमा आफूहरू नरहेको स्पष्टीकरण दिए। उनले आफ्नै पार्टीका प्रवक्ताको एक दिन अगाडिको भनाइलाई खण्डन गरे। तर, वर्तमान सत्ता गठबन्धननलाई निरन्तरता दिने बताएका उनले नयाँ सरकारको नेतृत्वमा माओवादीको दाबी रहने संकेत भने गरे। 

माओवादीको पदाधिकारी बैठक नसकिँदै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक सोमबार दिउँसोका लागि बोलाइसकेका थिए। प्रत्यक्षतर्फको सबै मतपरिणाम सोमबार बिहानै आइसक्ने आकलन गरेका प्रधानमन्त्री देउवाले सोमबार दिउँसो बैठक गरेर निर्वाचन समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न भन्दै आइतबार गठबन्धनका सबै शीर्ष नेतासमक्ष खबर पुर्‍याए।

तर, सोमबार दिउँसो बालुवाटारमा बैठक बस्नुपूर्व नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका नेतृत्वकर्ता कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवामाथि तीव्र दबाब सिर्जना गर्ने संकेत दिए। सम्भवत: दाहालको त्यही रणनीति बुझेर होला सोमबार बिहानै प्रधानमन्त्री देउवाका विश्वासपात्र तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दाहालको निवास पुगेर उनीसँग छलफल गरे। कार्की र दाहाल बीचमा के कस्तो छलफल भयो भन्ने दुवै पक्षले खुलाएका छैनन्। तर, निर्वाचनको परिणाम आइसक्दा र नयाँ सरकार गठनको व्यापक चर्चामाझ भएको भेट यसै विषयमा केन्द्रित रहेको बुझ्न सकिन्छ।

कार्कीलाई भेटेको तीन घण्टापछि दाहालले आफ्नै निवासमा एमाले सचिव रघुवीर महासेठसँग एक घण्टा कुराकानी गरे। महासेठले मओवादी अध्यक्ष दहालसँग आफ्नो पुरानो सम्बन्ध राम्रो रहेकाले बधाई दिन मात्र पुगेको दाबी गरेका छन्। तर, त्यो दाबीमा संशयका प्रशस्त संकेत देखिन्छन्।

शनिबार माओवादी प्रवक्ता महराले आफनो पार्टी सबै विकल्पमा खुला रहने बताएपछि एमालेका नेताहरू उत्साहित देखिएका छन्। त्यही सन्दर्भमा महासेठ खुमलटार पुगेको अनुमान छ। 

दाहालले एमाले सचिवसँग भेटेको सूचना आएलगत्तै बालुवाटारले कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई खुमलटार पठाउँदै दहालसँग कुरा गर्न लगायो। 

Ncell 2
Ncell 2

गृहमन्त्रीसँगको कुराकानीपछि दाहाल गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकहाँ गए। नेपाल निवासको छलफलपछि उनीहरू गठबन्धको बैठकका लागि बालुवाटार पुगे।

बालुवाटार बैठकमा सुरुमै माओवादी महासचिव देव गुरुङ बोले। उनले निर्वाचनमा कांग्रेसबाट इमान्दारितापूर्वक सहयोग नभएको गुनासो मात्रै गरेनन् गठबन्धन अगाडि बढाउने भए ठोस रुपमा शक्tl बाँडफाँट हुनुपर्ने विषय उठाए।

बैठक स्रोतका अनुसार गुरुङले मूर्तरुपमा सरकारको नेतृत्व नै दाबी नगरे पनि शक्ति बाँडफाँट उचित ढंगले हुनुपर्नेमा जोड दिए। उनले गठबन्धन बन्दादेखि सरकार गठनसम्मको कुरा निकाल्दै आफूहरूले कांग्रेसलाई नि:शर्त सहयोग गरेपनि आफूहरूले सहयोग नपाउनु दु:खद् भएको गुनासो पोखे। 

गुरुङको भनाइमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सहमति जनाए। त्यसपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा कसैप्रति पनि आफूहरू अब तलमाथि नगर्ने र शक्ति बाँडफाँट सबैको सहमतिमै गर्ने विश्वास दिलाए। 

माओवादीनिकट स्रोतका अनुसार निर्वाचनलगत्तै माओवादी अध्यक्ष दाहालले दुईचोटी प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। छलफलका क्रममा दाहालले कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न चाहेको संकेत पाएका थिए। त्यसपछि उनी कांग्रेस र प्रधानमन्त्री देउवामाथि दबाब सिर्जना गर्ने रणनीतिमा अघि बढेको देखिन्छ। 

दाहालनिकट एक नेताका अनुसार सबै प्रमुख पदहरू कांग्रेसले नै राख्ने भए सरकारमा केही थान मन्त्रीका लागि माओवादीले सहयात्रा अगाडि बढाउन नसक्ने दाहालले संकेत गरिसकेका छन्।

दहाललाई सोमबार भेटेका सञ्चारमन्त्री कार्की भने गठबन्धनमा अहिले नै शक्ति बाँडफाँटको कुरा नउठेको दाबी गर्छन्। सञ्चारमन्त्री कार्की भन्छन, ‘निर्वाचनको समीक्षा गर्दै कमीकमजोरी हटाउँदै गठबन्धनको नयाँ सरकार बनाउँछौं। तर, अहिले नै शक्ति बाँडफाँटको कुरा उठेको छैन।’

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए ।  उनी बुधबार राति मात्रै ज्वागलबाट गएका थिए... बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न सुनार त्यहीँ पुगेका हुन्। बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आफू यसपालीको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यद्यपि उनले आफू... बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्