• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवामाथि दबाब बढाउने रणनीतिमा दाहाल

64x64
नवीन झा सोमबार, मंसिर १९, २०७९  २०:५९
1140x725

काठमाडौं– पछिल्ला तीन दिनयता सत्ता गठबन्धनका विषयमा विभिन्न सार्वजिनक भइरहेका छन्। र, सत्ता गठबन्धनका नेताहरू त्यसलाई खण्डन गर्दै हिँडिरहेका छन्।

शनिबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै आफ्नो पार्टीले यही गठबन्धन कायम राख्ने तर नयाँ सरकार बनाउने बारेमा अरु सबै पनि विकल्प खुला राख्ने निष्कर्षमा पुगेको बताए। महराको उक्त अभिव्यक्तिले गठबन्धनमा मात्रै होइन राजनीतिक वृत्तमा नै तरंग सिर्जना गर्‍यो।

तर, माओवादीले त्यसलाई आइतबार सच्चायो।आइतबार पुन: बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले सत्ता गठबन्धन छाड्ने वा अन्य विकल्पतिर जाने पक्षमा आफूहरू नरहेको स्पष्टीकरण दिए। उनले आफ्नै पार्टीका प्रवक्ताको एक दिन अगाडिको भनाइलाई खण्डन गरे। तर, वर्तमान सत्ता गठबन्धननलाई निरन्तरता दिने बताएका उनले नयाँ सरकारको नेतृत्वमा माओवादीको दाबी रहने संकेत भने गरे। 

माओवादीको पदाधिकारी बैठक नसकिँदै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक सोमबार दिउँसोका लागि बोलाइसकेका थिए। प्रत्यक्षतर्फको सबै मतपरिणाम सोमबार बिहानै आइसक्ने आकलन गरेका प्रधानमन्त्री देउवाले सोमबार दिउँसो बैठक गरेर निर्वाचन समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न भन्दै आइतबार गठबन्धनका सबै शीर्ष नेतासमक्ष खबर पुर्‍याए।

तर, सोमबार दिउँसो बालुवाटारमा बैठक बस्नुपूर्व नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका नेतृत्वकर्ता कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवामाथि तीव्र दबाब सिर्जना गर्ने संकेत दिए। सम्भवत: दाहालको त्यही रणनीति बुझेर होला सोमबार बिहानै प्रधानमन्त्री देउवाका विश्वासपात्र तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दाहालको निवास पुगेर उनीसँग छलफल गरे। कार्की र दाहाल बीचमा के कस्तो छलफल भयो भन्ने दुवै पक्षले खुलाएका छैनन्। तर, निर्वाचनको परिणाम आइसक्दा र नयाँ सरकार गठनको व्यापक चर्चामाझ भएको भेट यसै विषयमा केन्द्रित रहेको बुझ्न सकिन्छ।

कार्कीलाई भेटेको तीन घण्टापछि दाहालले आफ्नै निवासमा एमाले सचिव रघुवीर महासेठसँग एक घण्टा कुराकानी गरे। महासेठले मओवादी अध्यक्ष दहालसँग आफ्नो पुरानो सम्बन्ध राम्रो रहेकाले बधाई दिन मात्र पुगेको दाबी गरेका छन्। तर, त्यो दाबीमा संशयका प्रशस्त संकेत देखिन्छन्।

शनिबार माओवादी प्रवक्ता महराले आफनो पार्टी सबै विकल्पमा खुला रहने बताएपछि एमालेका नेताहरू उत्साहित देखिएका छन्। त्यही सन्दर्भमा महासेठ खुमलटार पुगेको अनुमान छ। 

दाहालले एमाले सचिवसँग भेटेको सूचना आएलगत्तै बालुवाटारले कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई खुमलटार पठाउँदै दहालसँग कुरा गर्न लगायो। 

Ncell 2
Ncell 2
nimb
nimb

गृहमन्त्रीसँगको कुराकानीपछि दाहाल गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकहाँ गए। नेपाल निवासको छलफलपछि उनीहरू गठबन्धको बैठकका लागि बालुवाटार पुगे।

बालुवाटार बैठकमा सुरुमै माओवादी महासचिव देव गुरुङ बोले। उनले निर्वाचनमा कांग्रेसबाट इमान्दारितापूर्वक सहयोग नभएको गुनासो मात्रै गरेनन् गठबन्धन अगाडि बढाउने भए ठोस रुपमा शक्tl बाँडफाँट हुनुपर्ने विषय उठाए।

बैठक स्रोतका अनुसार गुरुङले मूर्तरुपमा सरकारको नेतृत्व नै दाबी नगरे पनि शक्ति बाँडफाँट उचित ढंगले हुनुपर्नेमा जोड दिए। उनले गठबन्धन बन्दादेखि सरकार गठनसम्मको कुरा निकाल्दै आफूहरूले कांग्रेसलाई नि:शर्त सहयोग गरेपनि आफूहरूले सहयोग नपाउनु दु:खद् भएको गुनासो पोखे। 

गुरुङको भनाइमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सहमति जनाए। त्यसपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा कसैप्रति पनि आफूहरू अब तलमाथि नगर्ने र शक्ति बाँडफाँट सबैको सहमतिमै गर्ने विश्वास दिलाए। 

माओवादीनिकट स्रोतका अनुसार निर्वाचनलगत्तै माओवादी अध्यक्ष दाहालले दुईचोटी प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। छलफलका क्रममा दाहालले कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न चाहेको संकेत पाएका थिए। त्यसपछि उनी कांग्रेस र प्रधानमन्त्री देउवामाथि दबाब सिर्जना गर्ने रणनीतिमा अघि बढेको देखिन्छ। 

दाहालनिकट एक नेताका अनुसार सबै प्रमुख पदहरू कांग्रेसले नै राख्ने भए सरकारमा केही थान मन्त्रीका लागि माओवादीले सहयात्रा अगाडि बढाउन नसक्ने दाहालले संकेत गरिसकेका छन्।

दहाललाई सोमबार भेटेका सञ्चारमन्त्री कार्की भने गठबन्धनमा अहिले नै शक्ति बाँडफाँटको कुरा नउठेको दाबी गर्छन्। सञ्चारमन्त्री कार्की भन्छन, ‘निर्वाचनको समीक्षा गर्दै कमीकमजोरी हटाउँदै गठबन्धनको नयाँ सरकार बनाउँछौं। तर, अहिले नै शक्ति बाँडफाँटको कुरा उठेको छैन।’

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्