• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नारायणगाेपाल स्मृति दिवस

नारायणगोपाल सम्झिने पुस्ता : जो उनकै गीत सुनेर संगीत यात्रामा हिँडे

64x64
समर्पण श्री सोमबार, मंसिर १९, २०७९  १६:२९
1140x725

काठमाडौं– गायक प्रमोद खरेल करिअरको सुरुआती क्षणको एउटा घटना सधैं सम्झन्छन्। पहिलोपटक कसैलाई अटोग्राफ दिन पाउनु गायकको निम्ति सानो खुसी होइन। 

उनले कलेजमा आफ्ना प्रिय गायक नारायणगोपालको ‘गल्ती हजार हुन्छन्’ गीत गुन्गुनाए। त्यो गीत सुनेर पछाडि बेन्चमा बसेका एकजना साथी भिड छिचोल्दै आए र उनीसँग अटोग्राफ मागे। ‘मैले जीवनको पहिलो अटोग्राफ नारायणगोपालकै गीत गाएर दिएँ,’ प्रमोद सम्झन्छन्। 

‘स्वर सम्राट’ नारायणगोपालले विसं २०४७  मंसिरमा ५१ वर्षको उमेरमा धरती छाडे। बितेको ३२ वर्षपछि पनि कालजयी गीतले उनलाई जीवन्त बनाइरहेका छन्। र, सदियौं बाँच्नेछन् पनि। 

नारायणगोपालका गीत सदाबहार गुन्जिरहन्छन्। संगीत, सम्झना र किस्साहरूमा बाँचिरहेका नारायणगोपाललाई नयाँ पुस्ताका सर्जकहरूले उत्तिकै श्रद्धा गर्छन्।

प्रमोदले गीत सुन्न थालेको उमेरदेखि नै नारायणगोपालाई सुने। उनी अहिले पनि पटक–पटक नारायणगोपालका गीत गुन्गुनाइरहन्छन्। ‘भोइस अफ नेपालमा पनि मैले पटक पटक ‘गल्ती हजार हुन्छन्’ गीत गाएको छु,’ प्रमोद भन्छन्।

गायक रामकृष्ण ढकालले गायक बन्न संघर्ष गर्दाका सुरुआती क्षणमा नारायणगोपालकै गीत गाए। नारायाणगोपालका गीत आफ्ना आवाजमा गाउँदा रामकृष्ण धेरैमाझ परिचित भए। र, संगीतको खास बाटो त्यहीँबाट तय भयो।

संगीतकार बीबी अनुरागीको त स्कुल पढ्दा उपनाम नै ‘नारायणगोपाल’ थियो। ‘म उहाँका गीत अत्यधिक सुन्थेँ, अत्यधिक गाउँथे। र, साथीहरूले मेरो नाम नै नारायणगोपाल राखिदिनुभयो,’ उनी सम्झन्छन्। 

नारायणगोपाल सुन्न पाउँदैन थिए भने सायदै उनी संगीतमा लाग्थे। स्कुलमा ‘अल्झेछ क्यारे पछ्यौरी’ गीत गाउँदा साथीहरूले गरेको प्रेम उनी कहिल्यै भुल्दैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

गायिका मेलिना राई गायकी सपना बुन्दा नारायणगोपालका गीत गुन्गुनाउँथिन्। नारायणगोपाल चोकमा नारायणगोपालकै स्मृति साँझ हुँदा उनी लगातार शोमा भाग लिन्थिन्। ‘उहाँको गीत अभ्यास गर्दा गाउन निकै कठिन थियो। गाउनुअघि नर्भस हुन्थेँ। गाएपछि पाएको प्रशंसाले नै अहिले मलाई यहाँ उभ्याएको छ,’ उनी भन्छिन्।

गायक राजु लामा नै आफूले संगीतको यात्रा तय गर्नुमा नारायणगोपालकै गीतको योगदान रहेको सम्झन्छन्। ‘उहाँका जादुमयी स्वरले यसरी तान्यो, गायक बन्ने सपना झन्‌झन् मजबुत बनायो,’ राजु भन्छन्। 

गायिका प्रविशा अधिकारी पनि संगीतको अनुशासन मात्र हैन, स्वरको अभ्यासलाई खारिन नारायणगोपालकै गीतका योगदान रहेको सम्झिन्छिन्।

‘फर्कन नसकिने त्यो समय’
नयाँ पुस्तामा स्थापित गायक संगीतकारहरूको स्वीकार्यता छ, ‘हामी संगीतमा नारायणगोपालको छेउछाउसम्म पनि पुग्न सक्दैनौँ।’ 

किन त ?

बीबी अनुरागी भन्छन्, ‘उहाँका गीतमा प्राण हुन्थ्यो, तर अहिलेकोमा खोई!’

उतिबेला रेकर्डिङ एकै टेकमा हुन्थ्यो। बाजा बजाउने, संगीत भर्ने, स्वर दिने लगायत सबै काम सँगै बसेर हुन्थ्यो। महिनौंदेखि अभ्यास गरेर तयार पारिन्थ्यो। ‘अहिले त डोइट गीत गाउनुपर्‍यो भने, केटा र केटीकै कहिल्यै भेट नभई रेकर्ड हुन्छ। संगीतकार र गायकको भेट नभई तयार हुन्छ,’ बीबी भन्छन्, ‘त्यसकारण अहिलेको गीतमा जीवन्तता भेट्दिनँ म।’

प्रमोदको पनि चिन्ता उही छ, ‘हामी १० वटा गीत हिट भयो भनेर खुसी हुन्छौं। तर, संगीतको गहिराइबारे अध्ययन गर्दैनौँ।’ 

त्यसकारण उनी नारायणगोपालका गीत आफ्ना लागि ठूलो अनुसन्धान ठान्छन्। त्यतिबेलाको संगीत साधना र गहिराइको प्रशंसा गर्छन्। ‘उहाँका गीत पूर्वीय गीत गाउनेले होस् वा वेस्टर्न। सबैले रुचाउँछन्। सुन्नका लागि मात्र हैन, ती गीत सिक्नका लागि पनि हुन्,’ उनी भन्छन्। 

प्रमोदका अनुसार त्यो बेलाको शैली, गहिराइ, शब्द चयन र संगीतबाट नयाँ पुस्ताले अथाह कुरा सिक्न सक्छ।

मेलिना राई अहिलेको संगीत खस्किएकोमा चिन्ता व्यक्त गर्छिन्। उनी गीतको गुणस्तर बढाउन नारायणगोपाल‘हरू’का गीत सुनेर मनन् गर्नुपर्ने बताउँछिन्।

‘मलाई मेरै पनि कति गीत मन पर्दैनन्। कतिपय बजारको रुचि अनुसार गाउनुपर्छ। आज गाएर भोलि हिट हुनुपर्छ भन्ने मनसाय छ। त्यसले गीतको गुणस्तर मार्छ। त्यसैले त्यो समयबाट हामीले धेरै सिक्नुछ,’ उनी भन्छिन्।

राजु लामा नारायणगोपाललाई संगीतको इतिहास मान्छन्। त्यो इतिहास बुझेर संगीतमा साधना गरे नयाँ पुस्ताको भविष्य बन्ने उनको बुझाइ छ। 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्