• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
दौडधुपमा कांग्रेस नेता

कांग्रेस नेतृत्वमा सरकार गठनको छलफल सकारात्मक!

64x64
नवीन झा आइतबार, मंसिर १८, २०७९  २१:०५
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सम्पूर्ण रुपमा नआउँदै सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसका नेताहरुको दौडधुप तीव्र बनेको छ। आन्तरिक रुपमा पार्टीको संसदीय दलको नेताको सम्भावित निर्वाचन र नयाँ बन्ने सरकारको गृहकार्यस्वरुप नेताहरु आफ्नै पार्टीका सहकर्मिदेखि अन्य पार्टीका नेताहरूसँग बाक्लो भेटघाट थालेका छन्। 

पछिल्लो केही दिनयता कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, महामन्त्री गगन थापा लगायतका नेताहरु बाक्लो राजनीतिक घेटघाटमा व्यस्त देखिन्छन्। अघिल्लो हप्ता नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए।

हुन त प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैं पनि आफ्नो सरकारी निवास बालुवाटारमा आफ्नै पार्टी र अन्य पार्टीका नेताहरुलाई पछिल्लो समय लागतारजसो भेटघाट गरिरहेका छन्। देउवाले निर्वाचनपश्चात दुईपटक माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’सँग भेटिसकेका छन्। 

यसैगरी, सत्ता गठबन्धनलाई अपूग भइरहेको केही सिट संख्या पुर्ति गर्नेगरि देउवाले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई  पनि बालुवाटारमा बोलाएर छलफल गरिसकेका छन्। त्यतिमात्र होइन देउवा आफ्नो पार्टीबाट निर्वाचित सांसद तथा पार्टीका पदाधिकारीसँग पनि छलफलमै छन्। 

प्रवक्ता महतले पनि आइतबार बिहान मात्रै आफ्नै निवासमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटेका छन्। महतले यसअघि माओवादी अध्यक्ष दाहालदेखि आफ्नै पार्टीका नेता डा शेखर कोइरालासँग भेट गरिसकेका छन्। पार्टीको आन्तरिक सवाल र नयाँ सरकार गठन बारेमा उनले छलफल गरेका छन्। 

यस्तै, शनिबार साँझ कांग्रेस उपसभापति खड्काले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटे। त्यसअघि खड्काले पनि माओवादी अध्यक्ष दाहालसँग भेटेका थिए। आइतबार साँझ खड्काले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेट।

खड्कालाई भेट्न राउत खड्कानिवास गल्फुटार पुगेका थिए। भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ।

नेपाल लाइभसँग कुरा गर्दै खड्काले अहिले भइरहेको भेटको मुख्य आशय नै नयाँ गठन हुने सरकार भएको बताए। ‘निर्वाचनको परिणाम आइरहेको छ। एक–अर्कालाई बधाई दिनु एउटा समान्य राजनीतिक संस्कार पनि हो’, खड्काले भने, ‘दोस्रो कुरा चाडै अब अर्को नयाँ निर्वाचित सरकार गठन गर्नुछ। त्यही भएर अहिले सत्ता गठबन्धनका घटकका नेताहरुसँग कुरा अघि बढाइरहेको छु।’

Ncell 2
Ncell 2

खड्काले सत्ता गठबन्धनका बीचमा नयाँ सरकार गठनका लागि सकारात्मक रुपमा संवाद अघि बढेको बताए। शनिबार मात्रै माओवादीको पदाधिकारी बैठकले नयाँ सरकार गठनका विषयमा वर्तमान गठबन्धनका साथै अन्य विकल्पहरु पनि खुल्ला राख्ने सन्देश प्रवाह गरेको थियो। त्यसलगत्तै कांग्रेस उपसभापति खड्काले माओवादी अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा संवाद गरेका थिए। खड्काले बाहिर आएको हल्लामा कुनै सत्यता नरहेको पनि दाबी गरे। 

‘म अहिले धेरै कुरा भन्दिनँ। तर, सत्ता सतागठबन्धनभित्र नयाँ सरकार बनाउनका लागि सकारात्मक संवादहरु अघि बढेको छ’ खड्काले भने। 

आइतबार नै माओवादी महासचिव देव गुरुङले केन्द्रीय पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको प्रष्ट पारे। बैठकमा निर्वाचन सम्बन्धी सबै पक्षबारे समीक्षा भएको उनको भनाइ छ। तर, गठबन्धनको विकल्पबारे पार्टीमा कुनै समीक्षा नगरेको गुरुङको दाबी छ।

शेखर–गगन छलफल 
निर्वाचनपछि नयाँ सरकार गठनको कसरतसँगै काग्रेसभित्र संसदीय दलको नेताको चयनका लागि पनि भेटघाट र छलफल तीव्र बनेको छ। महामन्त्री गगन थापाले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाविरुद्ध संसदीय दलमा उभिने उद्‌घोष गरेपछि कांग्रेसको आन्तरिक राजनीति पनि तातिएको छ।

यसै, सन्दर्भमा कांग्रेस महामन्त्री थापाले शुक्रबार नेता शेखर कोइरालासँग भेट गरे। पार्टीको १४औं महाधिवेशनमा थापा कोइरालाकै टिमबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका थिए। 

कोइराला समेत संसदीय दलको नेताको उम्मेदवार बन्ने चर्चा रहेका बेला यी दुई नेताहरुको छलफल कसरी अगाडि बढ्छ भन्ने विषय कांग्रेसभित्र चासोपूर्वक हेरिएको छ। शुक्रबार कोइरालासँग भेटेपछि महामन्त्री थापाले शनिबार प्रधानमन्त्री देउवासँग छलफल गरे। 

यता, देउवानिकट रहेका प्रवक्ता महतले शनिबार नेता शेखर कोइरालासँग भेटे। उनीबीच के कुरा भयो भन्ने खुलाइएको छैन। कोइरालाले पनि महामन्त्री थापा र प्रवक्ता महतसँगको भेटपछि कुनै सार्वजनिक प्रतिक्रिया जनाएका छैनन्। बरु उनको सचिवालयका सदस्यहरू कोइराला संसदीय दलको नेतामा उठ्ने तयारी गरिरहेको बताइरहेका छन्। 

प्रतिनिधिसभको प्रत्यक्षतर्फ कांग्रेसले १६५ मध्ये ५७ सिट जितेका छ भने समानुपातिकमा ३२ सिट पाउने आकलन गरिएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए ।  उनी बुधबार राति मात्रै ज्वागलबाट गएका थिए... बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न सुनार त्यहीँ पुगेका हुन्। बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आफू यसपालीको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यद्यपि उनले आफू... बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्