• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
दौडधुपमा कांग्रेस नेता

कांग्रेस नेतृत्वमा सरकार गठनको छलफल सकारात्मक!

64x64
नवीन झा आइतबार, मंसिर १८, २०७९  २१:०५
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सम्पूर्ण रुपमा नआउँदै सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसका नेताहरुको दौडधुप तीव्र बनेको छ। आन्तरिक रुपमा पार्टीको संसदीय दलको नेताको सम्भावित निर्वाचन र नयाँ बन्ने सरकारको गृहकार्यस्वरुप नेताहरु आफ्नै पार्टीका सहकर्मिदेखि अन्य पार्टीका नेताहरूसँग बाक्लो भेटघाट थालेका छन्। 

पछिल्लो केही दिनयता कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, महामन्त्री गगन थापा लगायतका नेताहरु बाक्लो राजनीतिक घेटघाटमा व्यस्त देखिन्छन्। अघिल्लो हप्ता नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए।

हुन त प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैं पनि आफ्नो सरकारी निवास बालुवाटारमा आफ्नै पार्टी र अन्य पार्टीका नेताहरुलाई पछिल्लो समय लागतारजसो भेटघाट गरिरहेका छन्। देउवाले निर्वाचनपश्चात दुईपटक माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’सँग भेटिसकेका छन्। 

यसैगरी, सत्ता गठबन्धनलाई अपूग भइरहेको केही सिट संख्या पुर्ति गर्नेगरि देउवाले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई  पनि बालुवाटारमा बोलाएर छलफल गरिसकेका छन्। त्यतिमात्र होइन देउवा आफ्नो पार्टीबाट निर्वाचित सांसद तथा पार्टीका पदाधिकारीसँग पनि छलफलमै छन्। 

प्रवक्ता महतले पनि आइतबार बिहान मात्रै आफ्नै निवासमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटेका छन्। महतले यसअघि माओवादी अध्यक्ष दाहालदेखि आफ्नै पार्टीका नेता डा शेखर कोइरालासँग भेट गरिसकेका छन्। पार्टीको आन्तरिक सवाल र नयाँ सरकार गठन बारेमा उनले छलफल गरेका छन्। 

यस्तै, शनिबार साँझ कांग्रेस उपसभापति खड्काले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटे। त्यसअघि खड्काले पनि माओवादी अध्यक्ष दाहालसँग भेटेका थिए। आइतबार साँझ खड्काले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेट।

खड्कालाई भेट्न राउत खड्कानिवास गल्फुटार पुगेका थिए। भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ।

नेपाल लाइभसँग कुरा गर्दै खड्काले अहिले भइरहेको भेटको मुख्य आशय नै नयाँ गठन हुने सरकार भएको बताए। ‘निर्वाचनको परिणाम आइरहेको छ। एक–अर्कालाई बधाई दिनु एउटा समान्य राजनीतिक संस्कार पनि हो’, खड्काले भने, ‘दोस्रो कुरा चाडै अब अर्को नयाँ निर्वाचित सरकार गठन गर्नुछ। त्यही भएर अहिले सत्ता गठबन्धनका घटकका नेताहरुसँग कुरा अघि बढाइरहेको छु।’

nimb
nimb

खड्काले सत्ता गठबन्धनका बीचमा नयाँ सरकार गठनका लागि सकारात्मक रुपमा संवाद अघि बढेको बताए। शनिबार मात्रै माओवादीको पदाधिकारी बैठकले नयाँ सरकार गठनका विषयमा वर्तमान गठबन्धनका साथै अन्य विकल्पहरु पनि खुल्ला राख्ने सन्देश प्रवाह गरेको थियो। त्यसलगत्तै कांग्रेस उपसभापति खड्काले माओवादी अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा संवाद गरेका थिए। खड्काले बाहिर आएको हल्लामा कुनै सत्यता नरहेको पनि दाबी गरे। 

‘म अहिले धेरै कुरा भन्दिनँ। तर, सत्ता सतागठबन्धनभित्र नयाँ सरकार बनाउनका लागि सकारात्मक संवादहरु अघि बढेको छ’ खड्काले भने। 

आइतबार नै माओवादी महासचिव देव गुरुङले केन्द्रीय पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको प्रष्ट पारे। बैठकमा निर्वाचन सम्बन्धी सबै पक्षबारे समीक्षा भएको उनको भनाइ छ। तर, गठबन्धनको विकल्पबारे पार्टीमा कुनै समीक्षा नगरेको गुरुङको दाबी छ।

शेखर–गगन छलफल 
निर्वाचनपछि नयाँ सरकार गठनको कसरतसँगै काग्रेसभित्र संसदीय दलको नेताको चयनका लागि पनि भेटघाट र छलफल तीव्र बनेको छ। महामन्त्री गगन थापाले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाविरुद्ध संसदीय दलमा उभिने उद्‌घोष गरेपछि कांग्रेसको आन्तरिक राजनीति पनि तातिएको छ।

यसै, सन्दर्भमा कांग्रेस महामन्त्री थापाले शुक्रबार नेता शेखर कोइरालासँग भेट गरे। पार्टीको १४औं महाधिवेशनमा थापा कोइरालाकै टिमबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका थिए। 

कोइराला समेत संसदीय दलको नेताको उम्मेदवार बन्ने चर्चा रहेका बेला यी दुई नेताहरुको छलफल कसरी अगाडि बढ्छ भन्ने विषय कांग्रेसभित्र चासोपूर्वक हेरिएको छ। शुक्रबार कोइरालासँग भेटेपछि महामन्त्री थापाले शनिबार प्रधानमन्त्री देउवासँग छलफल गरे। 

यता, देउवानिकट रहेका प्रवक्ता महतले शनिबार नेता शेखर कोइरालासँग भेटे। उनीबीच के कुरा भयो भन्ने खुलाइएको छैन। कोइरालाले पनि महामन्त्री थापा र प्रवक्ता महतसँगको भेटपछि कुनै सार्वजनिक प्रतिक्रिया जनाएका छैनन्। बरु उनको सचिवालयका सदस्यहरू कोइराला संसदीय दलको नेतामा उठ्ने तयारी गरिरहेको बताइरहेका छन्। 

प्रतिनिधिसभको प्रत्यक्षतर्फ कांग्रेसले १६५ मध्ये ५७ सिट जितेका छ भने समानुपातिकमा ३२ सिट पाउने आकलन गरिएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्