काठमाडौं– नेपाली कांग्रेसले गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ।
जसका लागि कांग्रेसले क–कसले अन्तर्घात गर्यो भनेर ‘हिसाब राख्न’ थालेको छ। केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै अन्तर्घात गर्नेहरूको विवरण पुस १५ गतेभित्र पठाइसक्न भनेका छन्।
उनले पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको सन्दर्भमा जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन भनेका छन्।
जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको क्षेत्रमा तत्काल समिति गठन गरी निर्णयसहित पुस १५ गते भित्र केन्द्रमा विवरण पठाउन भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।