काठमाडौं– नेकपा (माओवादी केन्द्र)को शनिबार बोलाइएको पदाधिकारी बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठक चुनावी समीक्षामा केन्द्रित भएको उपमहासचिव मातृका यादवले बताए।
यादवले शनिबारको बैठकमा बोल्ने नेताहरुले रिपोर्टिङ गरेको बताए। ’अहिले हामी बोल्ने क्रममा छौँ। भोलि दिउँसो २ बजे पुनः बैठक बस्नेछ’, यादवले भने।
महासचिव देव गुरुङले निर्वाचन मूलतः शान्तिपूर्ण तरिकाले सम्पन्न भएको, कहाँकहाँ पार्टीको कमजोरी भयो र कहाँकहाँ सबल पक्ष रहेको भन्ने विषयमा शनिबारको छलफल केन्द्रित रहेको बताए। अरु विषयमा छलफल नै नभएको उनको भनाइ छ । ’भावी यात्राको बारेमा कुरा उठेको छैन’, उनले भने।
माओवादी केन्द्रको बैठका लागि दुई अजेन्डा तय गरिएका थिए। पहिलो, बैठकमा मंसिर ४ को निर्वाचनको अहिलेसम्म आएका नतिजाको समीक्षा गरिनेछ। दोस्रो, आगामी सरकार गठनका सन्दर्भमा भइरहेका पहल र प्रयत्नका सन्दर्भमा पनि छलफल गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।