काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई मातृशोक परेको छ।
विप्लवकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको उनको सचिवालयले जनाएको छ।
स्व आशिकाका विप्लवसहित तीन छोरा र एक छोरी छन् ।
विगत केही समयदेखि उनी बिरामी भएकाले अस्पतालमा उपचार गराइरहेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।