बैतडी– बैतडीको पाटन नगरपालिकाले कानुनले अपराध मानेका हिंसा गर्ने परिवारलाई सरकारी सेवा सुविधा रोक्ने भएको छ।
शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको लैंगिक हिंसा निवारण समितिका संयोजक तथा नगरउपप्रमुख कमल सिंह बोहराले बताए।
उनले भने, ‘बैठकको निर्णय नम्बर १३ मा हामीले लैंगिक हिंसा, बालविवाह, लिंगका आधारमा सन्तान छनोट कानुनअनुसार अपराध भएका कारणले यस्ता अपराध गर्ने गराउनेको घरपरिवालाई पालिकास्तरबाट दिइने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय सर्वसम्मत पारित गरेका छौं।’
महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेका बेला हिंसात्मक घटना न्यूनीकरण गर्न यस्तो कदम चालिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।