काठमाडौं– आफ्नो स्लामिक स्टेटको माग राख्दै हिंसा मच्चाउँदै आएको चरमपन्थी संगठनले आफ्ना प्रमुख नेता अबू अल–हुसैन अल–हाशिमी अल–कुरेशीको मृत्यु भएको घोषणा गरेको छ।
प्रमुखको मृत्यु भएपछि अबू अल–हुसैनी अल–कुरेशीलाई आफ्नो नयाँ नेताका रुपमा संगठनले घोषणा गरेको छ।
बुधबार स्लामिक स्टेटका प्रवक्ता अबू उमर अल–मुहाजितले १० मिनेटको एक अनलाईन अडियो जारी गर्दै आफ्नो संगठनको नयाँ नेता घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।
बीबीसीका अनुसार उक्त सन्देश इस्लामिक स्टेटको टेलिग्राम च्यानलमा जारी गरिएको हो। प्रवक्ताले आफ्नो संगठनका नयाँ नेताबारे अन्य जानकारी भने दिएका छैनन्।
नयाँ प्रमुखप्रति वफादार रहन स्लामिक स्टेटका सबै लगाकूलाई प्रवक्ता उमरले अपिल गरेका छन्। अहिलेसम्म अबू अल–हसन अल–हाशिमी अल–करैशीको मृत्यु कसरी भयो भन्ने खुलाइएको छैन। सन्देशमा भने उनको मृत्यु अल्लाहको दुश्मनसँग लड्ने क्रममा भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।