काठमाठौं- नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुकुमबासी बस्तीमा काठमाडौं महानगरपालिकाले गरेको कार्यलाई समर्थन गरेकी छन्।
समाजिक सञ्जाल फेसबूकमा बालेनको कार्यप्रति समर्थन जनाउँदै प्रशंसा गरेकी छन्। आफू हुँदा प्रक्रिया अघि बढाएको भन्दै महानगरले खोला किनारमा रहेका सकुम्बासी हटाउन डोजर प्रयोग गरिएकोमा झाँक्रीले समर्थन जनाएकी हुन्।
उनले भनेकी छन्, ‘म सहरी विकासमन्त्री हुँदा अतिक्रमित क्षेत्र मुक्त गर्न सार्वजनिक ठाउँमा बनाएका घरटहरा हटाउने अभियान सुरू गरेको थिएँ। साथै थापाथलीका सुकुम्बासीको लागि अर्को व्यवस्था नहुन्जेलसम्म ईचंगुमा करिब ३०० परिवारको लागि अपार्टमेन्ट सहरी विकास मन्त्रालयले बनाएको छ। तर त्यहाँ लक्षित वर्गहरू जान चाहेनन्।’
साथै उनले वडा नम्बर ११ को थापाथली नक्सापास नगरी बनाइएका पक्की घर र बत्ति पानी जोड्न दिइएको नक्कली लाजपुर्जाधारीलाई छानबिन गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेकी छन्।
उनले अघि भनेकी छन्, ‘हाल बालेन जीको टिमले यो विषयमा जे गरिरहेको छ त्यसमा मेरो पुरापुर साथ र समर्थन छ। बालेन जी कामनपा वडा ११ को थापाथलीमा नक्सा पास नगरी बनाएका पक्की घर र बत्ती पानी जोड्न दिएको नक्कली लालपूर्जा धारीलाई पनि तत्काल छानबिन गरी कारबाही अगाडि बढाउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।