काठमाडौं– अर्जेन्टिना राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पोल्याण्डविरुद्ध उत्रने सुरुवाती– ११ मा अझै केही निर्णय गर्न बाँकी रहको बताइएको छ।
स्कालोनीले मंगलबार पत्रकार सम्मेलनमा पोल्याण्डविरुद्ध सबैजना खेलका लागि फिट रहेको कुरा बताएका छन्। उनले साउदी अरेबियाविरुद्ध सुरु गरेको टोलीमा मेक्सिकोविरुद्ध केही परिवर्तन गरेका थिए। त्यसैले पोल्याण्डविरुद्ध केही परिवर्तन हुनसक्ने अर्जेन्टिनी सञ्चारमाध्यमहरूले जनाएका छन्।
मेक्सिकोविरुद्धको खेलमा लिसान्ड्रो मार्टिनेजले क्रिस्टियन रोमेरोको स्थानमा विजयी सुरुवात गरेका थिए। स्कालोनीले रोमेरो र जर्मन पेजेला बीचको निर्णय गर्ने भएकाले लिसान्ड्रो सुवाती– ११ मा हुनेछैनन्।
मार्कोस अकुना निकोलस ट्याग्लियाफिको मेक्सिकोविरुद्धको खेलमा सुरुवाती– ११ मा थिए। जसरी नाहुएल मोलिनाका लागि गोन्जालो मोन्टिएल थिए। एलेक्सिस म्याक एलिस्टर र गुइडो रोड्रिग्वेजले पापु गोमेज र लिआन्ड्रो परेडेसको स्थानमा रोड्रिगो डे पलसँग सुरु गरे।
स्रोतका अनुसार, पोल्याण्डविरुद्ध गुइडोले सुरु गर्नेे अपेक्षा गरिएको छैन। किनकि उनको स्थानमा परेडेस वा एन्जो गोन्जालेजमध्ये एक हुनेछन्।
सम्भावित टोली:
एमिलियानो मार्टिनेज, गोन्जालो मोन्टिएल वा नाहुएल मोलिना, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज वा क्रिस्टियन रोमेरो, मार्कोस अकुना, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज वा लिआन्ड्रो परेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जेल डी मारिया, लाउटारो मार्टिनेज र लियोनेल मेस्सी।
कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिना र पोल्याण्डबीचको निर्णायक खेल मध्यराति १२ः४५ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।