काठमाडौं– ब्राजिलले सन् २००६ पछि विश्वकप फुटबल प्रतियोगिाताको समूह चरणमा लय समातेको छ। कतारमा जारी २२ औं विश्वकप फुटबल प्रतियोगितामा सोमबार राति स्विट्जरल्याण्डमाथि १–० को जित निकाल्दै ब्राजिल १६ वर्षपछि लयमा फर्किएको हो।
सन् २००६ को विश्वकपपछि ब्राजिलले समूह चरणमा लगातार दुई खेल जितेको रेकर्ड थिएन। दुई दशकदेखि गुमाएको उक्त लय ब्राजिलले सोमबार स्विट्जरल्याण्डलाई हराउँदै अन्त्य गरेको छ।
सन् २००६ को विश्वकपपछि लगातार दुई खेल जितेको ब्राजिलका लागि यो पहिलो घटना हो। जसका कारण अघिल्ला विश्वकपहरूमाभन्दा यसपटक ब्राजिल बलियो पनि देखिएको विश्लेषण गरिएको छ।
मुख्य खेलाडी नेइमारबिना नै मैदानमा उत्रिएको ब्राजिलले बलियो प्रतिद्ध्वन्द्वी स्विट्जरल्याण्डलाई १–० गोलले हराएको थियो। पहिलो खेलमा ब्राजिललेसर्बियालाई २–० गोलले हराएको थियो। सोमबारको खेलमा जित दिलाउने क्रममा मिडफिल्डर कासेमिरोले गोल गरेका थिए।
समूह चरणका सुरुका दुई खेल जित्दै एक खेल अघि नै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।