• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

सबाना आजमीको आगमनले उज्यालिएको र‌ङ्गमञ्च

64x64
समर्पण श्री सोमबार, मंसिर १२, २०७९  १७:३२
1140x725

‘म तपाईंको सामु बसेर कुरा गर्न लायक छु भन्ने लाग्दैन !’ कवि विप्लव प्रतीक विनीत आवाजमा प्रकट भए।

उसो त पहिलोपटक हतास मुद्रामा देखिएका थिए प्रतीक। थोरै लर्बरिएको स्वरमा उनले सामुन्ने बसिरहेकी विशेष पाहुनासँग संवादको प्रंसग जोडे। 

‘यस्तो नभन्नु। यो भन्नु ठीक होइन...,’ उनले विप्लवलाई स्वभाविक बनाउन खोज्दै भनिन्। 

अरुबेला प्रतीकसँग मञ्च सेयर गर्नेहरू ‘नर्भस’ भएका त देखिन्थे, तर यसपटक स्वयम् विप्लवको अनुहारमा डर पोखिएको छ। उनी बोल्दाबोल्दै पानी खोजिरहेका थिए। अनि आफ्ना अतिथिप्रति अथाह सम्मान दर्शाउँदै भनिरहेका थिए,  ‘म जे भन्छु मनदेखि भन्छु। इजाजत दिनुहुन्छ?’

अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलको दोस्रो दिन, साँझ मण्डला थिएटरभित्र मधुरो प्रकाश छरिएको थियो। छरिएको प्रकाशमा एउटा अनुहार चम्किरहेको थियो। त्यो अनुहार देख्न आतुर दर्शकहरूको मन खुसीले उज्यालिएको थियो। 

जो उनैलाई सुन्न पर्खिरहेका थिए।

विप्लवले प्रश्नको सुरुवात नामसँगको रहस्यबाट गरे। उनले भनिदिए कि सबाना नाम ‘उज्यालोको पर्याय’ हो। त्यसपछि प्रसिद्ध भारतीय अभिनेत्री सबाना आजमी मुसुक्क हाँस्छिन्। उनलाई सुन्न पर्खिरहेका दर्शकहरूलाई बोल्नुअघि विकल्प दिन्छिन्, ‘हिन्दी कि अंग्रेजी?’

Ncell 2
Ncell 2
nimb
nimb

दुवै अब्सनमा बरोबर हात उठ्छ। ‘त्यसोभए दुवै मिसाएर बोल्छु,’ उनी संवाद अगाडि बढाउँछिन्।

नाममाथिको प्रसंगमा सबानाले रमाइलो किस्सा सम्झन्छिन्।उनको नाम प्रसिद्ध भारतीय कवि अलि सरदाले राखिदिएका थिए। सबानाको अर्थ– ‘रातको सराब’। अलि सरदारले राखिदिएको यही नामले उनी संसारभर चिनिइन्। 

हजुरआमाले त अर्कै नाम राख्न चाहन्थिन्। ‘उहाँ चाहनुहुन्थ्यो मेरो नाम कनिश फात्मा होस्, यदि मेरो नाम कनिश फात्मा भएको भए फिल्ममा कसरी काम गर्थें,’ उनी हाँस्छिन्।

हलभरि हाँसो गुन्जन्छ।

सबानासँग सोध्नुपर्ने जिज्ञासा थुप्रै छन्। विप्लवले नछरिउन् भनेर प्रश्नहरू कागजमा उतारिल्याएका थिए। सायद फुत्किहाल्ने समयबाट साँचेका जिज्ञासाहरू नछुटुन् भनेर हुनुपर्छ। 

सन् १९८२ मा रिलिज भएको फिल्म ‘अर्थ’मा भारतका प्रसिद्ध सायर कैफ आजमीको चर्चित गजल छ– 

तुम् इतना जो मुस्कुरा रहे हो
क्या गम है जिस को छुपा रहे हो

गजल गुन्जिरहने पर्दामा देखिने सबानाको निर्दोष अनुहारले आजसम्म पनि मानिसहरू मुर्छित हुन्छन्। सबानालाई मञ्चमा निम्त्याउँदा सिर्जना पोखरेलले यही गजल गुन्गुनाउँदै भनेकी थिइन्, ‘तपाईं जति मुस्कुराउनुस्। तपाईंले मुस्कानभित्र कुनै पीडा लुकाउनुपर्दैन।'

कैफ आजमी सबानाका पिता हुन्। त्यसैले त सबानाको बाल्यकाल काब्यिक माहोलमा हुर्कियो। विप्लव सबानालाई बाबुको सायरी प्रभावबारे सोध्न छुटाउँदैनन्। 

सबानासँग रमाइला बाल्यस्मृति छन्।

सुनाउँछिन्, ‘मैले बाल्यकालमा कविलाई कहिल्यै बुझिनँ। कवि भनेको दिनरात बसेर केही लेख्ने र अर्काको अफिस जाने हो जस्तो लाग्थ्यो। यस्तो लाग्थ्यो, जो कुर्ता र पाइजामा लगाएर झोला भिर्छ, र केही गर्दैन।’

यो बुझाइ त्यतिबेला मेटियो जतिबेला उनले स्कुलका पाठ्यक्रममा विलियम वर्ड्स्वर्थहरूलाई पढिन्। अनि कवितालाई सम्मान गर्न थालिन्।

सबाना ७ वर्षकी छँदा चाहन्थिन्– मेरो पनि अरु साथीको जस्तै सुनौलो र रंगीचंगी पुतली होस्। तर, कैफले ‘कालो गुडिया’ दिँदै भने, ‘ब्ल्याक इज ब्यूटिफूल!’

सबानाले ठानिन्, ‘बाबामा मानसिक समस्या छ।’

उनले त्यो गुडिया लुकाइदिइन्। 

कैफ जब फिल्ममा गीत लेख्न थाले। उनका तस्बिर पत्रिकामा आउँथे। साथीहरूले बाबाको फोटो भएको पत्रिका ल्याएर देखाउँथे। उनी त्यसको महत्व बुझ्थिनन्। महत्व बुझेका दिनदेखि उनले पिताबाट प्रेरणा लिन थालिन्।

बाल्यकालमा सायरहरू मन नपराउने सबाना पछि सायरसँगै प्रेममा परिन्। प्रसिद्ध सायर जाबेद अख्तरसँग उनले विवाह गरिन्।

कवि प्रतीकको जिज्ञासा थियो, ‘तपाईंको आमाले सायरसँग बिहे गर्नुभयो। तपाईंले पनि सायरसँग बिहे गर्नुभयो। के यो सायरीसँग प्रेमको इजहार थियो?’

सबाना आमाले भनेका कुरा सम्झन्छिन्। ‘आमा भन्नुहुन्थ्यो– सायरको चक्करमा कहिल्यै नपर्नु। ऊ निकै राम्रो लेखेर फसाइदिन्छ। तर मेरो जीवनमा आमाले भनेको विपरीत भयो,’ सबाना सुनाउँछिन्।

कवि प्रतीकले अभिनेता विश्व बस्नेतको एउटा किस्सा थप्छन्। बस्नेतले भारतका प्रसिद्ध अभिनेता अमिताभ बच्चनलाई एक कार्यक्रममा सोधेका थिए, ‘तपाईं महान् कविको छोरा। तपाईंलाई पनि कविता लेखौं भन्ने लागेन।’ 

अमिताभले आमातर्फ हेर्दै भनेका थिए, ‘मेरो आमा भन्नुहुन्छ कि घरमा एउटै कवि काफी छ।’

०००

७२ वर्षीया सबानाले जीवनमा थुप्रै चर्चित फिल्ममा उत्कृष्ट अभिनय गरिन्। 

पार, अर्थ, अंकुर, निशांन्त, मासुम लगायत दर्जनौं फिल्ममा काम गरेकी आजमी भारतका दुई सर्वोच्च नागरिक सम्मान पद्मश्री र पद्मभूषणबाट सम्मानित पनि भइन्। ५ पटक राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री पुरस्कार पाइन्।

त्यो भन्दा बढी त लाखौं दर्शकहरूको हृदयमा अंकुराइरहन सकिन्।

जीवनमा कहिल्यै नबाँचेको चरित्र बाँचिन्। कमर्सियल होस् वा आर्ट सिनेमा, अब्बल अभिनय गरिन्। चुनौतीले भरिएको चरित्रहरू निभाइन्। ‘जुन चरित्रसँग उसको जीवनको टाढासम्मको पनि सम्बन्ध छैन। त्यो चरित्र निभाउनुको कठिनाइ के रहेछ,’ कवि प्रतीकले सबानालाई सोधे। 

उनले आफूले फिल्ममा अलग अलग बाँचेका चरित्र सम्झिइन्। सन् १९७०मा ‘अंकुर’ फिल्ममा काम गर्नुअघि गाउँले जीवन कहिल्यै बाँचेकी थिइनन्। ‘पहिलो पटक गाउँ गएँ। केही कुरा सिकेँ। जब म लक्ष्मीको चरित्र निभाउन थालेँ, लक्ष्मी सबानाको हिस्सा बनिन्,’ उनी सम्झन्छिन्।

फिल्म ‘मण्डी’मा फरक तीन वेश्यालयमा गएर  'वेश्या'को चरित्रलाई पात्रमा उनेको उनी सम्झन्छिन्।

‘पार’ फिल्मका लागि झाडु लगाउने महिलाको पिछा गरिन्। उनले झाडु कसरी लगाउँथिन्, कसरी बस्थिन्, सबानाले खोजिरहिन्। ती महिलालाई साथी बनाइन्। एकदिन झाडु लगाउने महिलाले भनिन्, ‘मेरो घर जानुहुन्छ?’

घर गइन्। तर ती महिलाको घरमा के थियो, अभाव सिवाय! अँध्यारो सिवाय !

‘मैले ती महिलाको चरित्र बाँचे। राष्ट्रिय अवार्ड पाएँ। तर मैले ती महिलाजस्ता पात्रहरूको जिन्दगी बदल्न केही गर्न सकिनँ। मैले पछि जति फिल्ममा काम गरेँ, त्यही फिल्मका कारण, उसलाई अपनाएका कारण नै त पाएँ,’ सबाना गम्भीर सुनिन्छिन्।

०००

कवि प्रतीकले यतिबेला सँगीतकार स्वं गोपाल योञ्जनबारे एउटा किस्सा पनि सतहमा ल्याए। त्यो आजमीसँगै जोडिएको थियो। 

सबाना नेपाल आएकी थिइन्। गोपाल योञ्जन अवार्ड लिनका लागि राष्ट्रिय पोसाक लगाएर एक कार्यक्रममा पुगेछन्। कार्यक्रममा अवार्ड सरकारी अफिसरले दिएछन्। योञ्जन दुःखी हुँदै घर पुगेछन्। ‘राष्ट्रिय अवार्ड पाउँदा पनि दुःखी किन?’ श्रीमतीले सोधिछन्।

गोपालले उदास हुँदै भनेछन्, ‘कार्यक्रममा सबाना आजमी थिइन्। उनको हातबाट मलाई अवार्ड दिन के समस्या थियो?’

यो किस्सा सुनेपछि सबाना हाँसिन्।  हलभरि हाँसो गुन्जियो।  

सवाल र जवाफबीच मुस्कुराइरहेकी सबानालाई मुग्ध भएर सुनिरहेकाहरू, अझै सुन्न चाहन्थे। तर अब सबानाको ‘मास्टर क्लास’ सकिएको जनाउ समयले दिइरहेको थियो। 

‘छुट्ने बेलामा म पिताको गजल नसुनाइ कसरी जाऊँ ?’ सबानाले अन्तिममा माइक समाउँदै भनिन्। अनि कैफ आजमीको सायरी गुन्गुनाइन्–

प्यार का जश्न नई तरह मनाना होगा 
ग़म किसी दिल में सही ग़म को मिटाना होगा

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १७:३२
  • #सबाना आजमी
  • #विप्लव प्रतीक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्