• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा ६ जना प्रधानमन्त्रीका आकांक्षी,  मुख्य प्रतिस्पर्धी देउवा र गगन

64x64
डिबी खड्का सोमबार, मंसिर १२, २०७९  २०:३७
1140x725

काठमाडौं– प्रतिनिधि सभाको मतगणना अन्तिमतिर आइपुगेको छ। प्रत्यक्ष र समानुपातिक दुवैको सम्भावित गणित केलाउँदा सत्ता गठबन्धनका दलहरुकै सरकार बन्ने सम्भावना बलियो देखिएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धन टुटाउने प्रयास थाले पनि त्यसको प्रभाव देखिसकेको छैन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘मिलेर जान’ सकिने संकेत ओलीले गरेका छन्।

सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना देखेर होइन, चुनावअघि नै प्रधानमन्त्रीका लागि कांग्रेसका ६ नेताले भोट मागेका छन्। तीमध्ये ४ जनाले गृहकार्य नै थालेका छन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल बालुवाटार छाड्ने मनस्थितिमा देखिँदैनन्। बरु विजयी भएकाहरु मात्रै होइन, समानुपातिक सूचीको अग्रभागमा रहेका नेताहरुलाई समेत बालुवाटार बोलाइरहेका छन्।

प्रत्यक्ष मत परिणामअनुसार धेरै महिला समेट्नुपर्ने देखिएकाले प्रधानमन्त्री पत्नी आरजु राणा सक्रिय भएकी छिन्। प्रदेश १ स्थायी ठेगाना भएकी समानुपातिककी एक महिला उम्मेदवारले आफूहरुलाई बालुवाटार बोलाएर भेटेको पुष्टि गरिन्। उनले भनिन्,  ‘भाउजु (आरजु राणा देउवा)ले बोलाएर छलफल गर्नुभएको छ।’

यसपल्ट देउवा ‘सर्वस्वीकार्य’ संसदीय दलको नेता बन्ने सम्भावना छैन। त्यसैले कांग्रेसका बहुमत सांसद आफ्नो पक्षमा पार्न देउवाका साथै आरजु सक्रिय भएकी हुन्।

प्रधानमन्त्री बन्‍ने चाहना भएका, तर अवसर सिर्जना गर्न सक्ने क्षमता कमजोर रहेका रामचन्द्र पौडेलले पार्टी नेता र सांसदभन्दा अघि सत्ता गठबन्धनका नेताहरु भेट्न थालेका छन्। सोमबार बिहानै उनले सत्ता साझेदार दलमध्येकै एक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। उनले प्रधानमन्त्रीका लागि सघाउन आग्रह गरेका हुन्।

महाधिवेशनको अघिल्लो दिनसम्म देउवाइतर पक्षबाट सभापति बन्न कसरत गरेर अन्तिममा मौन बसेका पौडेलले पार्टीमा कुनै पक्षको सहयोग पाउने सम्भावना छैन। महाधिवेशनमा देउवाकै दाहिने देखिएका उनलाई देउवाइतर पक्षले स्वीकार्ने देखिँदैन।

देउवाले पौडेलका लागि छाड्ने सम्भावना नभएकाले उनी गठबन्धनबाट दबाब सिर्जना गर्ने रणनीतितर्फ लागेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावकै क्रममा उनलाई प्रधानमन्त्रीका रुपमा अघि सारिसकेका छन्। त्यसैले गठबन्धनको अर्को ठूलो  हिस्सेदार एकीकृत समाजवादीका अध्यक्ष नेपाल मनाउन पुगेका हुन्।

Ncell 2
Ncell 2

चुनावअघि तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन बनाउन ठूलो भूमिका खेलेकाले पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए। उनले भनेका थिए, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो। उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ। त्यो सम्भावना बढ्यो। तपाईंहरूले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुनसक्छ। त्यस कारण पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस्।’

चुनाव घोषणा भएदेखि नै ‘मिसन प्रधानमन्त्री’ घोषणा गरेर पार्टी महामन्त्री गगन थापा मैदानमा गएका छन्। उनले कांग्रेस संसदीय दलमा देउवालाई चुनौती दिने निश्चित छ।  उनले निर्वाचनअघि २ दिनअघि नेपाल लाइभसँगको कुराकानीमा आफूले पनि चुनौती नदिने हो भने अर्को ५ वर्ष कसैले आँट गर्न नसक्ने बताएका थिए।

यो पनि पढ्नुहोस

यो लडाइँ अहिले मैले लडिनँ भने दियो नै निभ्छ,  अर्को पाँच वर्ष कसैले आँटै गर्दैनन् : गगन थापा [अन्‍तर्वार्ता]

आफ्नो पुस्ताको नेतृत्व गर्दै देश चलाउने जिम्मेवारी लिएर अघि बढ्ने उनको दाबी छ। उनले भने, ‘हामीकहाँ प्रधानमन्त्रीय प्रणाली छैन। संसदीय दलको नेता बन्नुपर्छ। संसदीय दलमा जित्छु र प्रधानमन्त्री दाबी गर्ने योग्यता राख्छु। त्यसपछि फेरि बहुमत पुर्‍याउँछु र प्रधानमन्त्री बन्छु।’

आफू झापा- १ बाट निर्वाचित भएर आएमा थापालाई प्रधानमन्त्री बनाउने बाटोको सहयात्री हुने अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। चुनाव जितेपछि थापालाई बधाई दिँदै शर्माले थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने दोहोर्‍याएका छन्। 

यदि कुनै कारण थापा संसदीय दलको नेता लड्ने अवस्था नबन्दा आफू अघि बढ्ने उनको भनाइ छ। आफ्नो पुस्ताले देशको नेतृत्व गर्ने कुरामा आफू स्पष्ट रहेको बताउँदै उनले नेपाल लाइभसँग चुनावअघि भनेका थिए, ‘यदि गगनजी नलड्ने अवस्था बन्यो भने म भन्छु- यी यहाँनेर हस्ताक्षर गर। प्रधानमन्त्रीका लागि म अघि बढ्छु।’

प्रधानमन्त्री बन्नका लागि सबै तयार भए पनि प्रधानमन्त्री भएपछि गर्ने कामको औपचारिक तयारी भने महामन्त्री थापाको मात्रै देखिएको छ। कुनै दिन प्रधानमन्त्री बन्ने सपनासहित ‘प्रोजेक्ट गभरमेन्ट’ चलाइरहेका छन्। जसले सरकार बनाउन पाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा लामो समयदेखि तयारी गरिरहेको छ।

तयारीबारे उनले नेपाल लाइभसँग भने, ‘समय जम्मा ५ वर्ष हुन्छ। स्रोत एकदम सीमित हुन्छ। त्यसका पनि सीमा छन्। यो सीमितताका बीचमा परिणाम दिने कुरा गाह्रो काम हो। यसका लागि ‘स्मार्ट’ हुनुपर्छ। स्मार्ट कतिबेला भइन्छ, जतिबेला तयारी हुन्छ। त्यसैले तयारी गरौँ भन्ने कुरा हो।’

नेपाली कांग्रेसको सभापति दाबी गरेका विमलेन्द्र निधिबाहेक सबैजसो नेताले प्रधानमन्त्रीको आकांक्षा दर्शाइरहेका छन्। देउवासँग अन्तिमसम्म सभापतिको रेसमा रहेका डा शेखर कोइरालाले सार्वजनिक रुपमा बोलेका छैनन्। तर चुनावअघि विराटनगरमा उनले आफू निकटस्थ नेता-कार्यकर्तासँग संसदीय दलमा प्रतिस्पर्धा गर्ने बताएका छन्। उनको भनाइ उद्घृत गर्दै उनी निकटस्थ एक नेताले भने,  ‘पार्टी नेतृत्वका लागि देउवासँग म लडेको हुँ। प्रधानमन्त्रीका लागि मेरो दाबी स्वभाविक हुन्छ।’

महाधिवेशनअघि पार्टीको मोर्चा आफूले र संसदीय मोर्चामा थापालाई अगाडि बढाउन चाहेको बताउने डा कोइरालामा प्रधानमन्त्रीको लालसा देखिन थालेको छ। विजयी भएपछि थापाको प्रधानमन्त्री घोषणामाथि उनले टिप्पणी गरेका छन्, 'कसले के गर्‍यो भन्ने महत्त्वपूर्ण होइन। संसदीय दलको नेता जबसम्म छानिँदैन कांग्रेसभित्र, तबसम्म कसैले घोषणा गरेर केही हुँदैन।’

उनीले निकटस्थसँग सल्लाह गरेर आफ्नरु रुचिबारे प्रष्ट पार्ने बताएका छन्।

सभापतिमै चुनाव लडेका प्रकाशमान सिंह पनि प्रधानमन्त्रीको आकांक्षी देखिएका छन्। आफू प्रधानमन्त्री बन्ने सम्भावना रहेको भन्दै मतदाता आकर्षित गर्ने प्रयास उनले गरेका थिए। काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले ‘फर्स्ट म्यान’ (प्रधानमन्त्री) बनेर देशको विकास गर्ने चाहना रहेको बताएका थिए।

आफूले पार्टी र सरकारमा विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना ‘वान अफ म्यान’ बनेर देशको सेवा गर्ने चाहेको उनले दोहोर्‍याए। सिंहले थपेका थिए, ‘असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा म प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्नेछन्।’

उनले कांग्रेसभित्र आफू निकटस्थका साथै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग भेटवार्ता गरेका छन्।

डा शशांक कोइरालाले पनि आफूलाई यो लाइनमा राखेका छन्। प्रधानमन्त्रीका रुपमा महामन्त्री थापाको चर्चा धेरै भएको बताउँदै उनले ‘पर्खेर’ आफूहरुलाई मौका दिन आग्रह गरिरहेका छन्। उम्मेदवारी दिने क्रममा,  प्रचारका क्रममा चुनाव जितेपछि उनले प्रधानमन्त्रीका लागि आफ्दो दाबी रहने दोहोर्‍याइरहेका छन्।

चौथोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि डा कोइरालाले संसदीय दलको नेताका लागि आफूले उम्मेदवारी दिने र प्रधानमन्त्रीमा दाबी गर्ने उनले बताए। ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ,’ उनले निर्वाचन क्षेत्रमै पत्रकारहरुसँग भने, ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ।’

मुख्य प्रतिस्पर्धी देउवा र थापा
संसदीय दलको नेताका लागि कांग्रेसमा मुख्य प्रतिस्पर्धी सभापति देउवा र महामन्त्री थापा नै हुने देखिएको छ। पार्टिभित्र फरक गुटका नेता भएका कारण मात्रै नभइ उनीहरुले फरक पुस्ताको समेत प्रतिनिधित्व गर्छन्।

पहिलो पुस्ताले बिदा लिनुपर्ने जनमत सिर्जना भइरहेकाले थापा संसदीय दलको नेताको उम्मेदवार बन्दा सार्वजनिक समर्थन पाउने देखिन्छ। त्यसले कांग्रेसभित्र पनि केही प्रभाव पार्नेछ।

मुख्यगरी थापासँगै अर्का महामन्त्री शर्मा उभिएकाले कांग्रेसको शक्ति नयाँ पुस्तातिर स्थान्तरण हुँदै गएको संकेत देखिन्छ। आगामी वर्षहरुमा थापा-शर्माहरुकै वर्चश्व कायम रहने निश्चित भएकाले आफ्नो भविष्य सुरक्षित गर्न केही सांसद्हरुले गुट परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ। विगतमा कोइरालासँग निकटस्थहरु समेत देउवाकहाँ पुगेका उदाहरणले त्यस्तो संकेत गर्छ।

त्यसैमाथि यसपल्ट कांग्रेसका शुभचिन्तकले मतदानका क्रममा ‘विद्रोह’ गरेका छन्। गठबन्धन गर्दा समेत कांग्रेसलाई उल्लेख्य लाभ भएको छैन भने समानुपातिकमा नेकपा एमाले नै पहिलो दल बनेको छ। कांग्रेसको आगामी सरकार पनि यही घिसिपिटी तरिकाले चल्दा अर्को निर्वाचन थप चुनौतीपूर्ण बन्ने देखिन्छ। त्यसकारण पनि कांग्रेस सांसदहरुले संसदीय दलको नेताका रुपमा परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास केही कांग्रेस नेताहरुमा देखिन्छ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २०:३७
  • #सरकार_गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन... शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो उनले भने,’हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएका छौँ। सर्वसम्मत निर्णय गरेर हामीले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यता... शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्न... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार, माघ २, २०८२
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्