• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा ६ जना प्रधानमन्त्रीका आकांक्षी,  मुख्य प्रतिस्पर्धी देउवा र गगन

64x64
डिबी खड्का सोमबार, मंसिर १२, २०७९  २०:३७
1140x725

काठमाडौं– प्रतिनिधि सभाको मतगणना अन्तिमतिर आइपुगेको छ। प्रत्यक्ष र समानुपातिक दुवैको सम्भावित गणित केलाउँदा सत्ता गठबन्धनका दलहरुकै सरकार बन्ने सम्भावना बलियो देखिएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धन टुटाउने प्रयास थाले पनि त्यसको प्रभाव देखिसकेको छैन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘मिलेर जान’ सकिने संकेत ओलीले गरेका छन्।

सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना देखेर होइन, चुनावअघि नै प्रधानमन्त्रीका लागि कांग्रेसका ६ नेताले भोट मागेका छन्। तीमध्ये ४ जनाले गृहकार्य नै थालेका छन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल बालुवाटार छाड्ने मनस्थितिमा देखिँदैनन्। बरु विजयी भएकाहरु मात्रै होइन, समानुपातिक सूचीको अग्रभागमा रहेका नेताहरुलाई समेत बालुवाटार बोलाइरहेका छन्।

प्रत्यक्ष मत परिणामअनुसार धेरै महिला समेट्नुपर्ने देखिएकाले प्रधानमन्त्री पत्नी आरजु राणा सक्रिय भएकी छिन्। प्रदेश १ स्थायी ठेगाना भएकी समानुपातिककी एक महिला उम्मेदवारले आफूहरुलाई बालुवाटार बोलाएर भेटेको पुष्टि गरिन्। उनले भनिन्,  ‘भाउजु (आरजु राणा देउवा)ले बोलाएर छलफल गर्नुभएको छ।’

यसपल्ट देउवा ‘सर्वस्वीकार्य’ संसदीय दलको नेता बन्ने सम्भावना छैन। त्यसैले कांग्रेसका बहुमत सांसद आफ्नो पक्षमा पार्न देउवाका साथै आरजु सक्रिय भएकी हुन्।

प्रधानमन्त्री बन्‍ने चाहना भएका, तर अवसर सिर्जना गर्न सक्ने क्षमता कमजोर रहेका रामचन्द्र पौडेलले पार्टी नेता र सांसदभन्दा अघि सत्ता गठबन्धनका नेताहरु भेट्न थालेका छन्। सोमबार बिहानै उनले सत्ता साझेदार दलमध्येकै एक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। उनले प्रधानमन्त्रीका लागि सघाउन आग्रह गरेका हुन्।

महाधिवेशनको अघिल्लो दिनसम्म देउवाइतर पक्षबाट सभापति बन्न कसरत गरेर अन्तिममा मौन बसेका पौडेलले पार्टीमा कुनै पक्षको सहयोग पाउने सम्भावना छैन। महाधिवेशनमा देउवाकै दाहिने देखिएका उनलाई देउवाइतर पक्षले स्वीकार्ने देखिँदैन।

देउवाले पौडेलका लागि छाड्ने सम्भावना नभएकाले उनी गठबन्धनबाट दबाब सिर्जना गर्ने रणनीतितर्फ लागेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावकै क्रममा उनलाई प्रधानमन्त्रीका रुपमा अघि सारिसकेका छन्। त्यसैले गठबन्धनको अर्को ठूलो  हिस्सेदार एकीकृत समाजवादीका अध्यक्ष नेपाल मनाउन पुगेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

चुनावअघि तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन बनाउन ठूलो भूमिका खेलेकाले पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए। उनले भनेका थिए, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो। उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ। त्यो सम्भावना बढ्यो। तपाईंहरूले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुनसक्छ। त्यस कारण पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस्।’

चुनाव घोषणा भएदेखि नै ‘मिसन प्रधानमन्त्री’ घोषणा गरेर पार्टी महामन्त्री गगन थापा मैदानमा गएका छन्। उनले कांग्रेस संसदीय दलमा देउवालाई चुनौती दिने निश्चित छ।  उनले निर्वाचनअघि २ दिनअघि नेपाल लाइभसँगको कुराकानीमा आफूले पनि चुनौती नदिने हो भने अर्को ५ वर्ष कसैले आँट गर्न नसक्ने बताएका थिए।

यो पनि पढ्नुहोस

यो लडाइँ अहिले मैले लडिनँ भने दियो नै निभ्छ,  अर्को पाँच वर्ष कसैले आँटै गर्दैनन् : गगन थापा [अन्‍तर्वार्ता]

आफ्नो पुस्ताको नेतृत्व गर्दै देश चलाउने जिम्मेवारी लिएर अघि बढ्ने उनको दाबी छ। उनले भने, ‘हामीकहाँ प्रधानमन्त्रीय प्रणाली छैन। संसदीय दलको नेता बन्नुपर्छ। संसदीय दलमा जित्छु र प्रधानमन्त्री दाबी गर्ने योग्यता राख्छु। त्यसपछि फेरि बहुमत पुर्‍याउँछु र प्रधानमन्त्री बन्छु।’

आफू झापा- १ बाट निर्वाचित भएर आएमा थापालाई प्रधानमन्त्री बनाउने बाटोको सहयात्री हुने अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। चुनाव जितेपछि थापालाई बधाई दिँदै शर्माले थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने दोहोर्‍याएका छन्। 

यदि कुनै कारण थापा संसदीय दलको नेता लड्ने अवस्था नबन्दा आफू अघि बढ्ने उनको भनाइ छ। आफ्नो पुस्ताले देशको नेतृत्व गर्ने कुरामा आफू स्पष्ट रहेको बताउँदै उनले नेपाल लाइभसँग चुनावअघि भनेका थिए, ‘यदि गगनजी नलड्ने अवस्था बन्यो भने म भन्छु- यी यहाँनेर हस्ताक्षर गर। प्रधानमन्त्रीका लागि म अघि बढ्छु।’

प्रधानमन्त्री बन्नका लागि सबै तयार भए पनि प्रधानमन्त्री भएपछि गर्ने कामको औपचारिक तयारी भने महामन्त्री थापाको मात्रै देखिएको छ। कुनै दिन प्रधानमन्त्री बन्ने सपनासहित ‘प्रोजेक्ट गभरमेन्ट’ चलाइरहेका छन्। जसले सरकार बनाउन पाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा लामो समयदेखि तयारी गरिरहेको छ।

तयारीबारे उनले नेपाल लाइभसँग भने, ‘समय जम्मा ५ वर्ष हुन्छ। स्रोत एकदम सीमित हुन्छ। त्यसका पनि सीमा छन्। यो सीमितताका बीचमा परिणाम दिने कुरा गाह्रो काम हो। यसका लागि ‘स्मार्ट’ हुनुपर्छ। स्मार्ट कतिबेला भइन्छ, जतिबेला तयारी हुन्छ। त्यसैले तयारी गरौँ भन्ने कुरा हो।’

नेपाली कांग्रेसको सभापति दाबी गरेका विमलेन्द्र निधिबाहेक सबैजसो नेताले प्रधानमन्त्रीको आकांक्षा दर्शाइरहेका छन्। देउवासँग अन्तिमसम्म सभापतिको रेसमा रहेका डा शेखर कोइरालाले सार्वजनिक रुपमा बोलेका छैनन्। तर चुनावअघि विराटनगरमा उनले आफू निकटस्थ नेता-कार्यकर्तासँग संसदीय दलमा प्रतिस्पर्धा गर्ने बताएका छन्। उनको भनाइ उद्घृत गर्दै उनी निकटस्थ एक नेताले भने,  ‘पार्टी नेतृत्वका लागि देउवासँग म लडेको हुँ। प्रधानमन्त्रीका लागि मेरो दाबी स्वभाविक हुन्छ।’

महाधिवेशनअघि पार्टीको मोर्चा आफूले र संसदीय मोर्चामा थापालाई अगाडि बढाउन चाहेको बताउने डा कोइरालामा प्रधानमन्त्रीको लालसा देखिन थालेको छ। विजयी भएपछि थापाको प्रधानमन्त्री घोषणामाथि उनले टिप्पणी गरेका छन्, 'कसले के गर्‍यो भन्ने महत्त्वपूर्ण होइन। संसदीय दलको नेता जबसम्म छानिँदैन कांग्रेसभित्र, तबसम्म कसैले घोषणा गरेर केही हुँदैन।’

उनीले निकटस्थसँग सल्लाह गरेर आफ्नरु रुचिबारे प्रष्ट पार्ने बताएका छन्।

सभापतिमै चुनाव लडेका प्रकाशमान सिंह पनि प्रधानमन्त्रीको आकांक्षी देखिएका छन्। आफू प्रधानमन्त्री बन्ने सम्भावना रहेको भन्दै मतदाता आकर्षित गर्ने प्रयास उनले गरेका थिए। काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले ‘फर्स्ट म्यान’ (प्रधानमन्त्री) बनेर देशको विकास गर्ने चाहना रहेको बताएका थिए।

आफूले पार्टी र सरकारमा विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना ‘वान अफ म्यान’ बनेर देशको सेवा गर्ने चाहेको उनले दोहोर्‍याए। सिंहले थपेका थिए, ‘असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा म प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्नेछन्।’

उनले कांग्रेसभित्र आफू निकटस्थका साथै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग भेटवार्ता गरेका छन्।

डा शशांक कोइरालाले पनि आफूलाई यो लाइनमा राखेका छन्। प्रधानमन्त्रीका रुपमा महामन्त्री थापाको चर्चा धेरै भएको बताउँदै उनले ‘पर्खेर’ आफूहरुलाई मौका दिन आग्रह गरिरहेका छन्। उम्मेदवारी दिने क्रममा,  प्रचारका क्रममा चुनाव जितेपछि उनले प्रधानमन्त्रीका लागि आफ्दो दाबी रहने दोहोर्‍याइरहेका छन्।

चौथोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि डा कोइरालाले संसदीय दलको नेताका लागि आफूले उम्मेदवारी दिने र प्रधानमन्त्रीमा दाबी गर्ने उनले बताए। ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ,’ उनले निर्वाचन क्षेत्रमै पत्रकारहरुसँग भने, ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ।’

मुख्य प्रतिस्पर्धी देउवा र थापा
संसदीय दलको नेताका लागि कांग्रेसमा मुख्य प्रतिस्पर्धी सभापति देउवा र महामन्त्री थापा नै हुने देखिएको छ। पार्टिभित्र फरक गुटका नेता भएका कारण मात्रै नभइ उनीहरुले फरक पुस्ताको समेत प्रतिनिधित्व गर्छन्।

पहिलो पुस्ताले बिदा लिनुपर्ने जनमत सिर्जना भइरहेकाले थापा संसदीय दलको नेताको उम्मेदवार बन्दा सार्वजनिक समर्थन पाउने देखिन्छ। त्यसले कांग्रेसभित्र पनि केही प्रभाव पार्नेछ।

मुख्यगरी थापासँगै अर्का महामन्त्री शर्मा उभिएकाले कांग्रेसको शक्ति नयाँ पुस्तातिर स्थान्तरण हुँदै गएको संकेत देखिन्छ। आगामी वर्षहरुमा थापा-शर्माहरुकै वर्चश्व कायम रहने निश्चित भएकाले आफ्नो भविष्य सुरक्षित गर्न केही सांसद्हरुले गुट परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ। विगतमा कोइरालासँग निकटस्थहरु समेत देउवाकहाँ पुगेका उदाहरणले त्यस्तो संकेत गर्छ।

त्यसैमाथि यसपल्ट कांग्रेसका शुभचिन्तकले मतदानका क्रममा ‘विद्रोह’ गरेका छन्। गठबन्धन गर्दा समेत कांग्रेसलाई उल्लेख्य लाभ भएको छैन भने समानुपातिकमा नेकपा एमाले नै पहिलो दल बनेको छ। कांग्रेसको आगामी सरकार पनि यही घिसिपिटी तरिकाले चल्दा अर्को निर्वाचन थप चुनौतीपूर्ण बन्ने देखिन्छ। त्यसकारण पनि कांग्रेस सांसदहरुले संसदीय दलको नेताका रुपमा परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास केही कांग्रेस नेताहरुमा देखिन्छ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २०:३७
  • #सरकार_गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्