• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
यो लडाइँ अहिले मैले लडिनँ भने दियो नै निभ्छ,  अर्को पाँच वर्ष कसैले आँटै गर्दैनन् : गगन थापा [अन्‍तर्वार्ता]
64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  २२:२०
1140x725

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं- ४ बाट प्रतिनिधि सभाका उम्मेदवार छन्। लगातार दुईपल्ट यही क्षेत्रबाट सांसद बनेका उनी यसपल्ट जितेर गएपछि त्यतिमै सीमित नहुने बताइरहेका छन्। पार्टीमा चुनाव लडेर लोकप्रिय मतसहित महामन्त्री बनेका उनले प्रधानमन्त्रीका लागि संसदीय दलमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री बनेपछि गर्ने कामका लागि पहिलेदेखि नै 'प्रोजेक्ट गभरमेन्ट' भनेर तयारी गरिरहेका छन्। थापासँग उनको प्रधानमन्त्री बन्ने तयारी र त्यससँग जोडिएका विषयमा डिबी खड्काले गरेको संवाद्:

बितेका पाँच वर्षको आत्ममूल्यांकन कसरी गर्नुहुन्छ?

मिश्रित। सांसदको जिम्मेवारीमा रहँदा त्यसमा न्याय गर्न सकें भन्ने ठान्छु। जतिबेला म संसद्मा प्रवेश गरें, त्यतिबेला हामी सानो शक्ति थियौं, एकदम बलियो सरकार थियो। त्यो बेलामा प्रतिपक्षको बेञ्चबाट सरकारको निगरानी गर्न, प्रश्न गर्न र खबरदारी गर्न हामी छौं भन्यौं जनतालाई। किनभने सरकार त्यसै शक्तिशाली हुन्छ। त्यसैमाथि दुई तिहाइको, झनै शक्तिशाली हुने भयो। शक्ति  भएपछि उन्माद चढ्छ। त्योबेला लोकतान्त्रिक संसदीय प्रणालीमा हाम्रो भूमिका भनेको कतिपय विषयमा असहमति जनाउने, कतिपय विषयमा प्रतिरोध गर्ने र कतिपय विषयमा विकल्प सुझाउने काम हो। त्यो काममा मैले न्याय गर्न सकेँ भन्ने लाग्छ। त्यो अघिल्ला तीन वर्ष चल्यो।

पछिल्ला दुई वर्ष वा करिब डेढ वर्ष एक त पार्टीको महाधिवेशन हाम्रो प्राथमिकतामा रह्यो। मेरो ध्यान त्यता गयो। कांग्रेसको महामन्त्री बनें। हाम्रै नेतृत्वको सरकार बन्यो। मैले सांसदको धर्म छाडिनँ। तर केही कुरामा कस्तो अप्ठ्यारो भयो भने म त पार्टीको महामन्त्री पनि छु,  सरकारमा आफ्नै पार्टी छ। सबै विषयमा संसद्मा प्रश्न उठाउने भन्दा पनि सकेसम्म समाधान पो खोज्नुपर्छ भन्ने भयो। प्रधानमन्त्रीलाई भेटेर भन्नुपर्छ, गराउन लगाउनुपर्छ भनेर मेरो ध्यान त्यतातिर गयो। मैले कोशिस पनि गरें। केही-केही कुराको परिणाम पनि आयो। केही कुराको परिणाम आएन। तर त्यो सन्दर्भमा कतिपय नागरिकलाई के लाग्यो भने पहिलो बोलिरहन्थ्यो, आफ्नो सरकार आएपछि बोल्ने कुरा कम भयो कि?  आफ्नो नेतृत्वको सरकार भएका बेलामा थोरै काम गर्ने तरिका बदलिँदो रहेछ। नभएदेखि जुन आफ्नो धर्म हो, जनताका पक्षमा उभिने र सही कुरा राख्ने लगातार गरिरहें भन्ने लाग्छ।

मुख्यत: सांसद्का रुपमा तपाईंको काम कानुन बनाउने थियो। त्यसैमा संविधान अनुकुल कानुन बनाउने बेला पनि थियो। हामीकहाँ संरचनाका हिसाबले के अभाव रहेछ र त्यो अवधिमा कानुन बन्न सकेनन्?

हामीहरुकहाँ मुख्य राजनीतिक नेतृत्वमा किन गर्ने, के गर्ने र कसरी गर्ने? भन्ने बारे स्‍पष्टता छैन। कानुन निर्माण गर्ने कुरा त्यसले प्रभावित भएको छ। उदाहरणका लागि संविधानमा हामीले शिक्षालाई नि:शुल्क बनाउने भन्यौं,  सार्वजनिक शिक्षा बलियो बनाउने पनि भन्यौं। शिक्षा समान अवसरका निम्ति आधार हुन्छ पनि भन्यौं। त्यो वाचा पूरा गर्न त शिक्षाको संरचना चुस्त दुरुस्त बनाउनुपर्‍यो। स्रोतको विनियोजन गर्नुपर्‍यो। तर गएको पाँच वर्षमा शिक्षाको ऐन पनि आएन। संघीय शिक्षा ऐन नै नआइ पाँच वर्ष सकियो। मुख्‍य राजनीतिक नेतृत्व जो हो,  उसले शिक्षाबारे बाचा पूरा गर्न मलाई कस्तो कानुन चाहिन्छ भनेर सोच्दै सोचेन। अरु पनि उदाहरण छन्। कानुन निर्माण गर्ने कुरा कि हामीले कर्मचारीको हातमा छाडिदियौं। अप्ठ्यारो यही कारणले गर्दा भएको हो।

तपाईंले क्षेत्रमा विकास, संसद्मा कानुन निर्माणका साथै 'मिसन प्रधानमन्त्री' पनि थप्नुभएको छ। मिसन प्रधानमन्‍त्रीको अन्तर्य के हो? भन्छन् नि 'बच्चा पाउने कहिले कहिले ... ' त्यस्तै त भएन?

म उम्मेदवार भएर जाँदा मेरा मतदाताले सोध्ने नै भए- यसपल्ट उम्मेदवार भएर जाँदा के गर्ने? मैले ढाँट्ने कुरा त भएन। प्रत्येक सांसदले सडक ल्याउँछु, बत्ती ल्याउँछु भनेको जस्तै मेरो त यो पनि तयारी छ। यो तयारीका बारेमा मेरा मतदातालाई जानकारी दिएको हो। म सांसद् भएर गएर संसदीय दलको नेताका लागि लड्छु। लड्ने जित्नका लागि हो। हामीकहाँ प्रधानमन्त्रीय प्रणाली छैन। संसदीय दलको नेता बन्नुपर्छ। संसदीय दलमा जित्छु र प्रधानमन्त्री दाबी गर्ने योग्यता राख्छु। त्‍यसपछि फेरि बहुमत पुर्‍याउँछु र प्रधानमन्त्री बन्छु। 

Ncell 2
Ncell 2

प्रधानमन्त्री किन दाबी गरिरहेको छु भने 'प्रोजेक्ट गभरमेन्ट' भनेर चलाइरहेको छु। एउटा व्यक्तिले प्रधानमन्त्री बनेपछि के-के गर्ने भनेर धेरै तयारी गर्नुपर्छ, त्यो तयारी मैले दुई वर्षदेखि गरिरहेको छु। त्यसैले म यो कामका लागि संसद्मा जान खोजेको भनेर मतदातालाई बताएको हो। मेरो मनमा यो छ। योजना छ। चुनावका बेला नबताउनु त झन् मेरा मतदातालाई घात गरेको भयो नि त। मेरा मतदातालाई यही बताएको हो। 

तपाईंले 'प्रोजेक्ट गभरमेन्ट भनेर औपचारिक रुपमा २०७७ पुसदेखि थाल्नुभयो। प्रधानमन्त्री बन्ने चाहना पनि हुने,  देश बनाउने हुटहुटी पनि हुने तर तयारी नगर्दा केही काम नहुने देखिएको छ। कुनैदिन प्रधानमन्त्री बनिएला तर अरुजस्तै नयाँ केही गर्न नसकिएला भनेर थालेको हो?

त्यो पनि हो। म कांग्रेसमा यति लामो समयदेखि काम गरिरहेको छु। संसद्मा पहिलो संविधान सभादेखि नै मेरो रुचि नीतिमा रह्यो। दोस्रो संविधान सभामा त म छानेर कृषि जलस्रोतलगायत हेर्ने समितिमा सभापति बनेको हो। जलस्रोत कृषि बन र सिंचाइमा काम गरें। मैले नेतृत्व गरेको समिति उत्कृष्ट समितिमा गनिन्थ्यो। मेरो एकदम रुचि थियो। 

त्यसपछि म स्वास्थ्य मन्त्रालयमा गएँ। मेरो हुटहुटी थियो, चाहना थियो। स्वास्थ्य मेरो प्राथमिकता थिएन। म जान त ऊर्जा वा शहरी विकास मन्त्रालयमा चाहन्थें। भागमा स्वास्थ्य पर्‍यो। म स्वास्थ्यमा गएपछि के गर्ने? मलाई त सचिवले यो गर्नुपर्छ भनेर भन्ने हुनुभयो। अब मैले फर्केर कहाँ जाने?  म त राजनीतिक मान्छे हुँ। सचिवले प्रशासनिक नेतृत्व गर्नुहुन्छ। सबै कुरा सोचेजस्तो हुँदैन। स्रोतको सीमितता हुन्छ। निरन्तरता हुन्छ। कानुनले बाँधिएको हुन्छ। 

यो त ठीक छ। तर गर्ने चाहिँ के हो? जो मन्त्री आएपनि त्यही काम गर्ने हो भने हामी फरक-फरक पार्टी भएको के काम? स्वास्थ्‍य सम्बन्धी मेरो राजनीतिक दृष्टिकोण के हो भनेर फर्केर म मेरो पार्टीमा जाने भएँ। मेरो पार्टीमा गएँ फर्केर तर कसलाई सोध्ने? मेरो नेतालाई सोधौं? घोषणापत्र र दस्ताबेज पल्टाएर हेरौं? त्यसले त  मलाई बताउँदैन। त्यसले भन्छ- स्वास्थ्यमा आमुल परिवर्तन गरिनेछ। त्यो भन्दा बढी भन्दैन। पार्टीभित्र छलफल हुने र ज्ञान सिर्जना हुने काम हामीकहाँ हुँदैन। यो सबै पार्टीको साझा रोग हो। 

त्यसपछि मलाई लाग्यो-  टिम बनाएर काम गर्नुपर्छ। टिम बनाएँ। काम गरें। त्यो टिमले स्वास्थ्यमा मलाई जे कुरा सिकायो, त्यसपछि लाग्यो- यो स्वास्थ्यमा मात्रै किन? यस्तो टिम त सबैका लागि बनाउनुपर्छ। टिम बनाएर तयार गरेर बस्यो भने भोलि सरकारमा पुगेपछि पहिलो दिनदेखि नै के गर्ने भन्ने हाम्रो हातमा हुन्छ। चुनाव भयो। हामीले हार्‍यौं। प्रतिपक्षमा आयौं। यही कुरा साथीहरुलाई भन्न थालें। एक वर्षको मेहनतपछि ०७७ पुषमा हामीले पहिलो बैठक गरेर यसलाई प्रारम्भ गर्‍यौं।  प्रारम्भ गर्दै गर्दा मैले आफ्ना लागि मात्रै सुरु गरेको थिइनँ। कांग्रेस पार्टीकै लागि यो बनाएको थिएँ।  कुनै न कुनै दिन सरकार चलाउने अवसर आउँदै गर्दा सहयोग पुग्छ भनेर यो थालिएको हो।

हाम्रा घोषणापत्र इच्छापत्र हुन्। घोषणापत्र बनाउँदा तीनटा कुरामा खास सोचिँदैन। समय जति पनि छ। स्रोत जति छ भनेपनि हुन्छ। मलाई सीमा छैन,  जे गर्दा पनि हुन्छ भन्ने सोचे हुन्छ। तर सरकारमा गइसकेपछि भने यी तीनकुरा थाहा हुनुपर्छ- तपाईंसँग समय छैन। जम्मा पाँच वर्ष छ। स्रोत एकदम सीमित छ। चालु खर्च पुर्‍याउनेमात्रै स्रोत छ। अर्को तपाईंसँग सीमा छन्। जुन संविधान र कानुनले बाँधिएको छ। केही गर्न खोज्दा संवैधानिक निकाय र अदालतले रोक्छन्। यो सीमितताका बीचमा परिणाम दिने कुरा गाह्रो काम हो। यसका लागि 'स्मार्ट' हुनुपर्छ। स्मार्ट कतिबेला भइन्छ, जतिबेला तयारी हुन्छ। त्यसैले तयारी गरौं भन्ने कुरा हो। 

प्रधानमन्त्रीको जुन सपना अगाडि सार्नु भएको छ। तर, तपाईंका प्रतिष्पर्धीको आरोप छ-  १५ वर्षसम्म त्यो क्षेत्रको सांसद भएर केही गर्न नसकेपछि प्रधानमन्त्रीको फन्डा ल्याइएको हो। तपाईं यसलाई कसरी चिरिरहनुभएको छ?

म ०७० सालमा पहिलो पटक निर्वाचित भएको हुँ। म संविधान सभाको सदस्यका लागि निर्वाचित भएको हुँ। वडाका लागि निर्वाचित भएको होइन। म वडाध्यक्ष भएको पनि होइन। म मेयर भएको पनि होइन। म संविधान सभाको सदस्य भएको हुँ। म ०७० सालको संविधान सभाको सदस्य भएको हुँ। सबैभन्दा क्रियाशील संविधान सभाको सदस्य मध्ये हुँ। 

त्यसपछि म स्वास्थ्यमन्त्री भएको हुँ। त्यतिखेर म संसदीय समितिको सभापति पनि हो। मसँग प्रतिस्पर्धा गर्ने साथी पनि त्यो बेलामा संविधान सभामा हुनुहुन्थ्यो भन्ने कुरा मेरो क्षेत्रमा म जाँदै गर्दा प्राय कसैलाई थाहै रहेनछ। ०७० देखि ७४ सम्म त उहाँ संविधान सभामा मसँगै हुनुहुन्थ्यो। तर थाहा पनि रहेनछ। किनभने त्यो प्रेजेन्स नै कहिले पनि नदेखिएकोले होला।

०७५ पछाडि यो जुन पछिल्लो कार्यकाल छ, यसमा मैले अघि भनेझै तपाईंले पनि भन्नुभयो यो संसद्को सबैभन्दा सक्रिय सदस्य हो म। यो सांसदले कतिवटा कानुन पारित गर्‍यो,  एकपटक हेरौं। त्यो कानुन निर्माण गर्ने कुरामा हेरौं, कतिपय अवस्थामा रोक्ने कुरामा होला कतिपयमा लेख्ने कुरामा होला। त्यो सबैको रेकर्ड खोलेर हेर्ने हो भने सबैभन्दा सक्रिय म नै हो। 

अब कसैले मलाई निर्वाचन क्षेत्रसँग जोडेर भन्न खोजेको हो भने संयुक्त राज्य अमेरिकातिर कस्तो हुन्छ भने पर्स जहिले पनि संसदको हातमा हुन्छ, कति कति खर्च गर्ने भनेर तोक्छ। पार्लियामेन्ट सिनेट जे भनौं उसले तोक्छ। यदि आफ्नो निर्वाचन क्षेत्रका लागि शक्तिको पहुँचलाई प्रभावित गरेर निर्वाचन क्षेत्रमा अतिरिक्त रकम लिएर जानुहुन्छ भने चाहिँ त्यो दण्डनीय हुन्छ। त्यस्तो कानुन नेपालमा थियो र नेपालमा त्यो प्रबन्ध थियो भने चाँही सबैभन्दा बढी त्यो कानुनको दण्ड भोग्ने चाँहि म पर्थें। ०७० सालमा मेरो निर्वाचन क्षेत्रमा इमान्दारिता पूर्वक बदनियत नराखेर, आग्रहबाट मुक्त भएर एकचोटी यसलाई हेर्यो भने पूर्वाधारको मात्र कुरा गरेको। मानिसले विकास भन्छ पूर्वाधारको कुरा आउँछ। त्यो हेर्यो भने समग्र नेपालको पूर्वाधार क्षेत्रमध्ये सानो ठाउँमा सबैभन्दा बढी राज्यको स्रोत गएको ठाउँ हो।

हाम्रोमा कपनको खहरेको विषयमा एकदम धेरै चर्चा हुन्छ। गएको पाँच वर्षमा मात्र कपनको खहरेमा हामीले ल्याएको बजेट कति पुगेछ भनेर हेरेको त्यो व्यवस्थापनमा ल्याएको स्रोत एक अरब रहेछ। गएको पाँच वर्षमा हो। कुनै टेण्डर भएर सुरु भएको छ, कुनै क्षेत्रमा काम सकिन लागेको छ। अर्को एक अरब चाहिन्छ। म त्यो निर्वाचन क्षेत्रमा जानुभन्दा पहिले त्यो खोला पुरिदिएको कारणले गर्दा त्यहाँ त्यस्तो समस्या आइरहेको हो। खहरे पुरिदिएका कारण त्यसको जुन प्रभाव छ त्यसलाई म सोर्ने काम गरिरहेको छु। म पूर्वाधारमा यो गरेँ त्यो गरेँ भनेर धेरै कुरा गर्नेवाला पनि छैन। मेरो काम त फेरि पनि कानुन बनाउने हो। मुल काम त कानुन बनाउने नै हो। मैले कानुन ठिक बनाएँ, पद्धति ठीक बनाएँ भनेदेखि त्यो पूर्वाधार आफैं समयमा बन्दै जान्छ। उसले पाउने स्रोत पनि आफैं पाउँछ। बरु मेरो मूल्यांकन त यसको आधारमा हुनुपर्छ। दोस्रो कुरा भूकम्प त पूरानो कुरा भयो। म कोभिडको कुरा सम्झन्छु। १६५ निर्वाचन क्षेत्रमा म दावाका साथ भन्नसक्छु- कोभिड भनेको यो यस्तो कार्यकाल हो जतिखेर जनतालाई आफ्ना प्रतिनिधि चाहियो नि। 

म मेरो निर्वाचन क्षेत्रको भूगोलमा आफ्ना जनतासँग सबैभन्दा बढी नजिक रहेर काम गर्ने सांसद थिएँ, हुँ। अहिले डेंगुमा पनि देख्न सक्नुहुन्छ। त्यसैले मलाई यदि कसैले संसद् भित्रको मेरो भूमिकाको बारेमा लिएर प्रश्न गर्ने हो भने म जोसँग पनि त्यसै खुला किताबजस्तै भयो। संसद् भित्रको कुरा छाड्दिनु हाम्रो क्षेत्र गाउँमा टोलमा विकासको काम के भो भनेर भन्छन् भने पनि म चुनौतीका साथ १६५ निर्वाचन क्षेत्रमा कुनै पनि क्षेत्रसँग तुलना गरेर मेरो निर्वाचन क्षेत्रमा भएका कामहरुका बारेमा यद्यपि मेरो कामको प्राथमिकता मेरो मूल्यांकन त्यसरी हुनुपर्छ भन्ने नै होइन। तैपनि कसैले यसको आधारमा ल जोरी खोजौं भनेर आउँछ भने पनि त्यसको आधारमा म बहस गर्न तयार नै भएँ। 

अब अघिको कुरामा आउँ। प्रधानमन्त्रीवाला यो फन्डा हो कि भन्ने विषय। यो निर्वाचन पछाडि मलाई एउटा दल भन्दिनुहोस् जुन दलमा संसदीय दलको चुनाव हुन्छ। एमालेमा संसदीय दलको चुनाव हुन्छ? हुँदैन। समाजवादीमा हुन्छ? माओवादीमा हुन्छ? जसपामा हुन्छ? कुन चाँही पार्टीमा हुन्छ? कुनै पार्टीमा हुँदैन। चुनाव जम्मा एउटा पार्टीमा हुन्छ, कांग्रेसमा। त्यो चुनाव पनि कतिखेर हुन्छ भने म निर्वाचित भएर गएँ भने हुन्छ। किनभने त्यो चुनाव लड्ने मान्छे त चाहियो।

मलाई कांग्रेसको महामान्त्री पहिला लड्ने बेलामा पनि यस्तै भन्थे। म उठेँ, लडेँ। त्यो बेला मलाई तन्नेरीहरुले नै साथ दिएनन्। बेला भएको छैन भने। तर आखिर त्यो लडेका कारणले गर्दा दोस्रो पटक मलाई मात्र होइन कांग्रेसभित्र हाम्रो पुस्ताका साथीहरु नेतृत्वमा आउने बाटो खुल्यो। त्यो लडाइँ मैले लड्नुपर्ने थियो। यो लडाइँ अहिले मैले लडिन भनेँ यो दियो नै निभ्छ। त्यसपछि अर्को पाँच वर्ष अरु कसैले लड्ने आँटै गर्दैनन्। त्यसैले मैले अन्यथा भन्न खोजेकै होइन। नेताको छायाँमा हुर्केकाहरुले त्यो नेतासँग लडेर बनेको मान्छेको स्वभाव चरित्र चिन्दै चिन्दैनन् के।  उनलाई के लाग्छ भने कहाँ लड्न सकिन्छ? नेता आउँदै गर्दा जुरुक्क उठ् भन्दा उठ्ने, बस् भन्दा बस्ने, हुन्छ भने हुन्छ हुन्न भने हुन्न भन्ने स्वभावले दिएको खान्की खाएर हुर्केकालाई अर्को यस्तो हुन्छ भन्ने लाग्दै लाग्दैन के। 

हामी त लडेर भिडेर आएको। विद्यार्थी संगठनदेखि काम गर्दैदेखि नै पार्टीभित्रै विद्रोह गरेर आफ्नो विचार स्थापित गर्दै, लड्दै भिड्दै लड्दै भिड्दै आएको हो। यही पार्टीको महामन्त्री अस्ति भर्खर लडेर भएको हो। त्योभन्दा अघिल्लो पटक लडेको हो। भिडेको हो। त्यसैले यो त कुनै नौलो अनौठो कुरै भएन। बरु लडिन भने चाँहि अनौठो हो। त्यसैले मलाई अचम्म लागेको छैन। मलाई मसँग प्रतिस्पर्धा गरिरहेका साथीहरुले आफूले कल्पनै गर्न नसक्ने, आफूले आँटै गर्न नसक्ने कुरा भएकोले गर्दा अर्कोले नि आँट गर्न सक्ला र भन्ने उसलाई लाग्ने कुरा स्वभाविक हो। 

तपाईं एकपटक स्वास्थ्यमन्त्री भइसक्नु भएको छ। ९ महिना मन्त्री भएर स्वास्थ्यमा गरेका अनुभव अघि सुनाउँदै हुनुहुन्थ्यो। त्यसबेला गरेका तपाईंका दुईटा काम एउटा स्वास्थ्य बिमा हो। जुन तपाईंकै परिकल्पनाअनुसार काम भइदिएको भए आजको दिनमा यसको अवस्था कस्तो हुन्थ्यो भन्ने लाग्छ? अर्को तपाईंले स्वास्थ्य पूर्वाधार र जनशक्तिलाई एकीकृत गरेर अर्को कार्यक्रम ल्याउनु भएको थियो। तपाईंको बहिर्गमनसँगै त्यो पनि अगाडि बढेन। त्यो काम निरन्तर भएको भए के हुन्थ्यो जस्तो लाग्छ?

अघिको मुल प्रश्नसँग पनि यो कुरा जोडिन्छ। स्वास्थ्यमा म गएँ। मलाई त केही पनि थाहा थिएन। विस्तारै मैले बुझ्दै गएँ। मैले टिम बनाएँ। ती टिमहरुले एक्सपर्ट एड्भाइस दिने हो। तर निर्णय गर्ने भनेको त फेरि राजनीतिक हो। अनि त्यो राजनीतिक मन कस्तो छ भन्ने कुरा आयो। प्रत्येकदिन मन्त्रालयभित्र ती ठूला ठूला अस्पतालका बिलहरु, कागजहरु, प्रेस्किपस्न बोकेर आउनेहरु देखेर, उपचार गर्न पैसा नभएपछि मन्त्रीलाई भेट्दा दुई लाख तीन लाख भन्दिन्छ कि भन्ने कुराहरुले मलाई निकै छोयो। के लाग्थ्यो भने यो अवस्था अन्त्य गर्न सक्यो भने पो अर्थ हुन्छ। त्यसपछि मैले त्यही अनुसार काम अगाडि बढाएँ।

डायलाइसिसलाई पूर्ण नि:शुल्क बनाउने, मिर्गौला प्रत्यारोपण निशुल्क गर्ने, बाथ मुटु रोगको शल्यक्रिया निशुल्क गर्ने लगायतका विभिन्न काम गरेँ। तर यी सबैलाई एकै ठाउँमा ल्याउनुपर्छ भनेर संसारमा रहेका विभिन्न मोडलहरु हेर्यौं। हामीले बिमाको मोडल समात्यौं। त्यसको कानुन बनाउने तिर लागेँ। तर त्यो बिमाको कानुन बनाउने कुरा एउटा साइड हो। त्यो भनेको के हो भने प्रत्येक नेपालीको अनिवार्य बिमा भएको हुनुपर्ने। बिमाको वार्षिक केही प्रिमियम तिर्नुपर्ने। अलि बढी आम्दानी गर्नेले बढी तिर्छ कम आम्दानी गर्नेले कम तिर्छ। हुँदै नहुनेले तिर्दैन। तर प्रत्येक नेपालीको स्वास्थ्य बिमा भएको हुन्छ। बिमाको कार्ड एटिम कार्ड बोकेको जस्तै हो। 

तपाईं कुनै अस्पतालमा जानुभयो जे सुकै होस् जतिसुकै लागोस् तपाईंले बिमाको कार्ड टेबुलमा राख्नु भयो भने तपाईं उपचार गरेर एक रुपैयाँ पनि नतिरी घर फर्किनु हुन्छ। आइडिया यो हो। तर अब थेग्न सक्छ त राज्यले?  थेग्न सक्ने बनाउने एउटा कुरा भयो। तर सेवा नै पाइएन भने? यो अर्को कुरा भयो। भनेपछि यसलाई कसरी हेर्ने त भन्दा सेवा दिने केले हो? सेवा दिने केन्द्रहरु भए। त्यो सेवा दिने सन्दर्भमा चाँहि अस्पताल, स्वास्थ्य केन्द्रहरु भए। एउटा संरचना छ। त्यो संरचनाभित्र चाहिने उपकरण, जनशक्ति लगायतका कुराहरु भए। यो सबैलाई एक ठाउँमा ल्याएर राखेर बिमाको कानुन बनाएर बिमाको कानुनले सबैलाई कभर गर्दै जाँदा हाम्रो अहिलेको स्वास्थ्य संरचना, जनशक्ति पनि पुर्याए। भवन पनि होस्। उपकरण पनि होस्। यो कसरी गर्न सकिन्छ भनेर विभिन्न टिम बनाएर अध्ययन गरेर त्यसलाई एक ठाउँमा राखेर हेर्दा एकीकृत पूर्वाधार मापदण्ड भनेर हामले भन्यौं। आज त्यो लागू भएको भए त्यसै पाँच वर्ष खेर गयो भनेको होइन। लागू भएको भए आज पाँचौ वर्ष हुन्थ्यो।

बिमाको कानुनले लगभग ८० प्रतिशत नागरिकलाई कभर गरिसकेको हुन्थ्यो। ८० प्रतिशत नेपाली बिमित भइसकेका हुन्थे। अर्कोतर्फ मैले तयार गरेर छाडेको सात वर्षको डिटेल प्रोजेक्टको पाँच वर्षमा अहिले हामी हुन्थ्यौं। भनेको करिबन ८० प्रतिशत पूर्वाधारको काम। पूर्वाधार भनेको फेरि अस्पतालको भवनमात्र होइन जनशक्तिदेखि सबै कुरा हो। एउटा हेल्थ सिस्टम बनाउने कुरा त्यो सकिएको हुन्थ्यो। सबै नागरिक बिमामा भएपछि खर्च आफूले व्यहोर्ने भएपछि सरकारले सकेसम्म नागरिक अस्पतालमा उपचार गर्ने अवस्थामा नै नआउने वातावरण बनाउने तर्फ लाग्छ। त्यसको लागि सरकारले प्रिभेन्सनमा काम गर्छ। रोग लाग्नै नदिने बाटो तर्फ काम गर्छ। प्रिभेन्सनका लागि चाहिने अन्य सबै पूर्वाधारको काम हुन्थ्यो। त्यो पनि ८० प्रतिशत काम सकिसकेको हुन्थ्यो।  यति भएको भए अहिले डेंगुको बेलामा जुन महामारीको अवस्थामा हामीले जुन क्षति भोग्नु पर्यो, जुन खालको कोलाहाल भयो।

अहिले भइरहेको भन्दा ५० प्रतिशतभन्दा पनि कम क्षति हुन्थ्यो।  एउटा नेतृत्वले अब मैले स्वास्थ्यमा के गर्न खोजेको भनेर सोच्यो उसको दृष्टिकोण भयो भने पो पाँच वर्षमा लक्ष्य अनुसार पुर्याउन सक्छ। नभए त पाँच वर्ष हेर्दा हेर्दै त्यसै गयो। म त स्वास्थ्यको आँखाले हेर्छु के। पाँच वर्षमा बिमा कानुन लागू भइसकेको हुन्थ्यो। पूर्वाधार मापदण्डहरु देशभरी भइसकेको हुन्थ्यो। जनशक्तिको उत्पादन र व्यवस्थापन त्यहीअनुसार भइरहेको हुन्थ्यो। तर यो पाँच वर्ष स्वास्थ्यमा केही पनि नगरी गयो। यसो मन्त्रालयमा गएर हेर्‍यो भने पहिला भइरहेका काम भइरहेकै छ। चलिरहेकै छ जस्तो लाग्न सक्छ। तर राजनीतिक आँखाले हेर्ने हो भने पाँच वर्ष खेर गयो।

तपाईं एउटा महामन्त्रीले प्रधानमन्त्री दाबी गरिरहनुभएको छ,  अर्को महामन्‍त्री विश्वप्रकाश शर्माले प्रस्ताव गर्ने भनिरहनुभएको छ। यसभित्र पनि केही विशेष राजनीतिक सन्देश छ?

तपाईंले याद गर्नुभयो होला। हामी पार्टीको महामन्त्री भएर आइसकेपछिको सार्वजनिक कार्यक्रमहरुमा दुवैले फरक–फरक ठाउँमा तपाईहरुको बीचमा झगडा हुन्छ प्रतिस्पर्धा हुन्छ। तपाईंहरु पहिला पनि सबैमा यस्तै भएको भन्ने प्रश्नमा हामी दुई जनाको उत्तर एउटै हुन्थ्यो। हामी तपाईंहरु सबैलाई छक्क पारिदिन्छौं भन्थ्यौ। एउटै जनेरेसनको मानिसको बीचमा हामी मिलेर पनि त काम गर्न सक्छौं। तिमी यो मोर्चा सम्हाल म यो सम्हाल्छु,  यसरी जाउँ भनेर पनि त जान सक्छौं।  भन्ने खालको बुझ्यौं। त्यसरी नै अगाडी आयौं।

अर्को, होइन नेपालमा अझैपनि भूतपूर्व  प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाइराख्ने हो? नेपालीले अर्को प्रधानमन्त्री देख्न नहुने? मैले पनि व्यक्तिगत रुपमा म हुनुपर्छ भनेको होइन। हामीहरुको पुस्ता त्यति नालायक भयो? हामीभन्दा पछाडिको पुस्ता आइसकेको छ,  सांसद बन्छु भन्दै मेयर बनिसकेको छ। हामीभन्दा माथिल्लो पुस्ताले पटक–पटक प्रधानमन्त्री भएको छ। फेरि दोहोरिन चाहन्छ। त्यसो भए हामी नालायक भयौ नि त।

विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत हाम्रो धारणा के हो भने हामी नालायक होइन। हामी संघर्ष गरिरहेका छौं। हामी भागेका छैनौं,  थाकेका छैनौं। हामी लडिरहेका छौं। परिणाम आएको छैन, हामीले चाहेको जस्तो।  तर लडिरहेका छौ, फेरि लड्छौं, फेरि पनि लड्छौं। 

तपाईंले प्रधानमन्त्री दाबी गरिरहँदा गणित अनुकुल देखिदैन। त्यसैमाथि तपाईंकै पार्टी प्रवक्ताको टिप्पणी त थाहा पाइहाल्नुभयो। कांग्रेसमा टिकट वितरण गर्दा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो बहुमत आउनेगरी दिनुभएको छ। यसलाई अनुकुल बनाउने रणनीति के हो?

आफ्नो कर्म गर्ने हो। परिणामको बारेमा धेरै चिन्ता गर्ने होइन। कर्म ठीक गर्दै गएपछि परिणाम आफै आउदै जान्छ। पहिलोपटक महामन्त्री लड्ने बेलामा मेरो एकदम प्रतिकुलता थियो। केही समयपछि त्यहि लडाइँले आधार बनायो र अहिले अनुकुलता नै अनुकुलता भयो। पहिलोपटक लड्दा सबैलाई थाहा थियो हार्छ भनेर, दोस्रोपटक लड्दा सबैलाई थाहा थियो, जित्छ भनेर। 

प्रतिकुलतालाई  अनुकुलतामा बदल्ने हो, त्यसको बारेमा धेरै हिसा-किताब गर्ने होइन। टिकटको विषयमा कुराकानी गर्नुभयो। निर्वाचित भएर आएपछि आफ्नो मतदातालाई सांसदले उत्तर दिनुपर्छ नि। निर्वाचन भएपछि पनि दिनुपर्छ नि, कसलाई छान्ने? किन छान्ने?। त्यसैले मलाई डर छैन। 

हामी अहिले निर्वाचनको मैदानमा छौं। निर्वाचनको मैदान छाडेर जानुभएको साथीहरुलाई टिप्पणी गर्न सहज पनि छ फुर्सद पनि छ। घुमिघुमि टिप्पणी गरिरहे पनि भयो। त्यसैले मैदान छाडेर टिप्पणी गरिरहेका साथीहरुको विषयमा टिप्पणी नगरौं।

कुनै समय युवा पुस्ताले 'आइ हेट पोल्टिक्स' भन्थ्यो। अहिले राजनीतितिर चासो त बढ्यो तर गयो पुराना नेता र दलहरुलाई 'नो नट अगेन' भन्न। पुरानो पार्टीको तर त्यो पुस्ताको भरोसा भएको नेता हुनुहुन्छ तपाईं। यसको कारण के हो जस्तो लाग्छ?

नेपाली कांग्रेस ग्राण्ड ओल्ड पार्टी भन्छौं। यसको हिस्ट्री छ। त्यसमा टाँसिएर बस्यौं भने भविष्य देखाउन सकेनौं भने र विगतको ब्याज मात्र खायौ भने मान्छेले छाडेर गइहाल्छ नि। हामीले छिमेकमा पनि देख्न सक्छौं। मान्छेले त नयाँ भविष्य खोजिरहेको छ नि।

म २०४८ सालमा एसएलसी दिएको मान्छे। त्यतिबेला म नेपाल विद्यार्थी संघमा नअटेर मेरो वडामा म बाल कांग्रेसमा बसेको हो। त्यति धेरै मान्छे नेपाल विद्यार्थी संघमा थिए। उमेरको कुरा होइन। नेपाली कांग्रेसको ग्राण्ड ओल्ड पार्टीको नेताहरु बुढाबुढा हुनुन्थ्यो। त्यतिबेला पार्टीको प्रणाली नै त्यस्तो थियो।  पार्टीप्रति आकर्षण थियो। परिवारको प्रभाव थियो, थाहै नपाइ कांग्रेस भइयो। यसरी नै एमाले पार्टी बनेको थियो। तर विस्तारै खिइँदै गयो। खुइलिदै गयो। अब के गर्ने भन्दा अब यसलाई रेट्रोफिट गर्नुपर्यो। नयाँ ढंगले पेन्टिङ गर्नुपर्यो। कहाँ समस्या छ हेर्नुपर्यो। यहाँ अलिकति सुधार गरियो भने पुरानो घरमा मान्छेहरु त आइहाल्छन् नि।

तपाईं बजारमा हेर्नुस्, पुराना घरहरु हुन्छन्। पुराना घरको आफ्नै शान, आफ्नै प्रतिष्ठा हुन्छ।  नयाँ मागअनुसार आवश्यकता पूरा गरेको छ भने त्यो चल्छ।  तपाई कुनै होटलको कल्पना गर्नुस्। कुनै एकदमै पुरानो होटल छ, गजब छ भन्ने सुन्नुभयो तर तपाईं त्यहा जाँदा  राम्रो व्यवस्थापन छैन, सुत्ने आरामदायी बेड छैन। तपाईंले भनेको सुविधा पाउनुहुन्न भने तपाईं पुरानो छोडेर नयाँमा जानुहुन्छ। तर याद गर्नुस्,  होटल पनि पुरानो छ, पुरानो भ्यालु छ, पुरानो संरचनाको सेन्स छ र नयाँमा हुने सबै सुविधा छ, राम्रो ब्यवस्थापन छ। पुरानो संरचना छ, जसमा नयाँ कुरा छ भने म दावाका साथ भन्छु सबै मान्छे त्यहाँ आउँछन्।

कांग्रेस पार्टीको राम्रो हिस्ट्री छ। म अरु साथीहरु मिलेर गर्न खोजेकै नयाँ मान्छेको नयाँ आकांक्षा छ। पार्टी सञ्चालन गर्ने तरिका बदल्नुपर्छ। पार्टीभित्र नयाँ मान्छेले इन्ट्री पाउनुपर्छ। किन कोही मान्छे कुनै ठाउँको मेयर हुनको लागि नेपाली कांग्रेसको वर्षौदेखिको सदस्य  भएर पार्टीको नेताले प्रमाणित गरेको खल्तीबाटै किन हुनुपर्ने? कुनै युवा वा पुरानो कुनै प्रोफेसनमा रहेको मान्छे आएर 'मसँग आइडिया छ, म फलानो सहरमा कांग्रेसको तर्फबाट मेयर बन्छु,  सांसद हुन्छु' भनेर आयो भने हुनसक्ने व्यवस्था किन नगर्ने?

अहिले हामी चुनाव जित्छौं। पार्टीहरु मिलेर गठबन्धन बनाएर चुनावमा आएका छौ,  राम्रो बहुमत ल्याउछौं। सरकार पनि चलाउछौं। सरकार राम्रोसँग चलायौं,  अहिलेको भन्दा फरक ढंगले सरकार चलायौं भने फेरी आकर्षण बढ्न थाल्छ। 

     


 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  २२:२०
  • #चुनाव २०७९
  • #गगन-थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्