काठमाडौं- काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजिएपछि त्यहाँका बासिन्दा प्रतिकारमा उत्रिएका छन्।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि खुकुरी, इँटा र ढुंगासहित स्थानीयहरुले प्रतिकार गरिरहेका छन्।
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौं महानगरपालिकासँग समन्वय गरी वस्ती हटाउन खोजेको हो।

यसअघि वस्तीबाट हट्न १० दिने सूचना जारी गरिएको थियो तर अझै उनीहरु हटेका छैनन्। उनीहरुलाई बलपूर्वक हटाउन डोजर चलाउन खोजिएको हो।

घर-टहरा भत्काउँदा पुग्ने क्षति आकलन गर्दै कतिले झिटीगुन्टा समेत निकालेका छन्। स्थानीयहरुले टायर बालेर बाटो अबरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। अवस्था तनावग्रस्त रहेको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।