काठमाडौं– नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँग भेटवार्ता गरेकी छिन्। काठमाडौं फर्किने क्रममा भैरहवा एअरपोर्टमा उनीहरुबीच भेटवार्ता भएको हो।
उक्त भेटको तस्बिर सार्वजनिक गर्दै झाँक्रीले सन्देश रहेको बताएकी छिन्। फेसबुकमा तस्बिर राख्दै उनले लेखेकी छिन्, ‘तस्बिरमा सन्देश छ।’
झाँक्री गुल्मी- २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार थिइन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग पराजित भइन्।
पौडेलसहित सँगको तस्बिर राखेर झाँक्रीले लेखेको सन्देशमा प्रतिक्रिया जनाउँदै अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘एमालेमै आउने सन्देश हो?’ भनेर सोधेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।