• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विद्यालय जाँदा–आउँदै ६ घण्टा बित्छ, कतिबेला पढ्नु? 

भूमिराज पिठातोली/रासस सोमबार, मंसिर १२, २०७९  ०७:४५
1140x725
फाइल तस्बिर

बझाङ– दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे। गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ। बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ। ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ।

उनलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन। जब उनले ८ कक्षा उत्तीर्ण गरे त्यसपछि उनको दौडाइ सुरू भयो। गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक ६ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ। ‘२४ घण्टामध्ये ६ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ’, उनले भने, ‘रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो। सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ। पढ्ने समय त त्यस्तै हो।’

गोरङका प्रकाश मात्रै छैनन्, उनीजस्तै धेरै विद्यार्थीको दैनिकी एउटै छ। बिहान स्कुल लाग्दा ४ बजे र दिउँसो स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ। लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो। छोटा दिन (हिउँदे याम) मा भने निकै समस्या पर्छ। गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्ट भन्छिन्, ‘लामो दिनमा त उज्यालोमै घर पुगिन्छ। छोटा दिनमा भने राति पर्छ। सबै सँगै आउनलाई कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ।’ टाढाको बाटो हुँदा एक्लै हिँड्न नसकिने उनी बताउँछिन्। 

उनका अनुसार ८ कक्षा पास भएका विद्यार्थी सबै स्कुल जाँदैनन्। ‘टाढा भएकै कारण केटा इन्डिया (भारत) जाने त केटीहरू बिहे गरेर जाने सङ्ख्या बढी छ। केही विद्यार्थी पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षा केन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन्,’ उनले भने। 

उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए तर, अहिले ९ कक्षा पढ्न रिम जाने नौ जना मात्रै छन्। ‘यसमध्ये पनि दुई/चार जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्’, उनले भनिन्, ‘घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ। घरमा बढी मान्छे हुने त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षा केन्द्रमै पढ्न जान्छन्। धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन। गोरङका विद्यार्थीलाई अढाइदेखि तीन घण्टा समय हिँड्नैपर्छ। भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि सोही विद्यालय पढ्न थालेका हुन्। 

नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि सोही विद्यालय पढ्न गएको उनले बताए। ‘गोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ’, उनले भने, ‘रिम, धामीगाउँ जता गए पनि पाँच/छ घण्टा बाटोमै बिताउनुपर्छ। दिनभरि हिँडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन । घर पुग्दा अँध्यारो हुन्छ। खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ।’

त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन। वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहने विद्यालय अभावले नै विस्थापित भइरहेका थिए। ‘नौ वर्षअघि रिम पढ्न जाँदा हामी छ जना मात्रै थियौं’, पूर्वविद्यार्थी सुनिता विष्टले भनिन्, ‘१२ जना कक्षा ८ मा उत्तीर्ण भएका थियौं, तर रिम पढ्न जाने छ जना मात्रै भयौं। स्कुल नजाने चार जना केटाले बिहे गरेर भारततिर गए भने दुई जना केटी बिहे गरेर गए।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनका अनुसार उनीसँगै विद्यालय जाने ६ जनामध्ये पनि पछिल्लो वर्ष तीन जनामै झरे।  ‘घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अधेरी बन्यो’, उनी सम्झिन्छन्। नजिकै शैक्षिक संस्था भए सबै शिक्षित हुने उनले बताए।  ‘गाउँमै विद्यालय भएको भए अशिक्षित कोही हुनुपर्ने थिएन’, उनी भन्छन्, ‘विद्यालयकै कारणले यहाँका शिक्षित परिवार विस्थापित भइसकेका छन्। अरू सर्वसाधारणको त के कुरा।’ गोरङका सर्वसाधारण ८ कक्षा पास गरेपछि पढाइ सकिएको सम्झिने गरेको उनी बताउँछन्। 

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताउँछन्। ‘बालबालिकालाई निकै टाढा छ’, उनले भने, ‘यो सबै भौगोलिक बनावटले हो। गाउँ–गाउँमा विद्यालय राखेर पनि साध्य हुँदैन। गाउँहरू निकै टाढा–टाढा छन्। त्यो ठाउँबाट विद्यार्थीले हिँडेर आउनुपर्छ। ठूलो मान्छेलाई नै डेढ दुई घण्टा लाग्ने ठाउँमा बालबालिकालाई बढी समय लाग्नु स्वभाविक हो।’

विद्यालयमा छात्रावास किन नबनाएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले छात्रावास छैन। यसका लागि हामीले पटकपटक छलफल पनि गरेका हौं। के–के नमिलेर त्यस्तै भयो।’ उनका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन्। ‘तिनै विद्यार्थीको सजिलोका लागि अब आउँदो शैक्षिक सत्रदेखि लागि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौं। नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाइसमेत सुरू हुन्छ,’ उनले भने। त्यसपछि ‘एसइई’ उत्तीर्ण भएर मात्रै ‘प्लस टू’ पढ्न रिम आउनुपर्ने उनले बताए। 

अहिले दोगडाकेदार गाउँपालिकामा एउटा क्याम्पस छ। गोरङकै विद्यार्थीले झण्डै सात घण्टा हिँडेर खोचलेकमा क्याम्पस पढ्न जानुपर्छ। भौगोलिक बनावटले पछि टाढाका विद्यार्थीलाई निकै समस्या हुने गरेको उनले बताए। गाउँपालिका अध्यक्ष कार्कीका अनुसार टाढाबाट आउने विद्यार्थीका लागि क्याम्पस पढ्न सजिलोका लागि छात्रावासको व्यवस्था गर्ने सोच बनाएको उनले जानकारी दिए। 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल... सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान  अघि बढाएको थिय... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्