काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समिक्षा सार्वजनिक गरेको छ। नीतिमा राष्ट्र बैंकले आगामी माघ महिनादेखि लघुवित्त संस्थाहरुले अनिवार्य रुपमा आधारदर (बेसरेट) प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ।
सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।