काठमाडौं- नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको स्प्रेड दर (बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा दिने व्याज र कर्जा प्रवाह गर्दा लिने व्याजबीचको अन्तर) ४ प्रतिशत कायम गरेको छ।
चालु आर्थिक वर्षको प्रथक त्रैमासको मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले यसअघि ४.४ प्रतिशत कायम गर्नुपर्ने स्प्रेड दरलाई अहिले ४ प्रतिशतमा सीमित गरेको हो। त्यस्तै, विकास बैंक र वित्त कम्पनीहरुको स्प्रेड दर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम भएको छ।
यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजद तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा केन्द्रीय बैंकको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।