काठमाडौं- निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ।
मंसिर ४ गतेको मतदानमा बुथमा प्रवेश धाँधली गरेको पाइएपछि आयोगले उक्त स्थानमा पुन: मतदान गराउने तयारी गरेको हो।
आयोग पदाधिकारीको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
आयोगले दोलखाको वैतेश्वर गाउँपालिका- ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका- २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका- ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा केन्द्रमा पुन: मतदान गराउने आयोगले जनाएको छ।
यस्तै वैतेश्वर गाउँपालिका- ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका- २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका- ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा मतदान केन्द्रमा मिति २०७९ /०८/०४ मा भएको मतदान रद्द गरी उल्लेखित केन्द्रहरुमा पुन: मतदान गराउने आयोगले जनाएको छ।
यस्तै वैतेश्वर गाउँपालिका- ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “ख” कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग” केन्द्रमा मिति २०७९/०८/०४ मा भएको मतदान रद्द गरी पुन: मतदान गराउने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।