काठमाडौं– दोलखाका विवादित १० मतदानस्थलमा फेरि चुनाव हुने भएको छ। ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको आरोपको छानबिन गर्दै निर्वाचन आयोगले उक्त निर्णय गरेको हो।
नेपाली कांग्रेसले बुथ क्याप्चर गरेको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए।
आयोगको स्थलगत अध्ययनले निर्वाचन निष्पकक्ष हुन नसकेको ठहर गरेपछि फेरि चुनाव गराउने निर्णयष गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।
दोलखाको बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्राविमा पुन मतदानको माग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।