लण्डन– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बेलायत कहिल्यै नफर्किने गरी आफ्नो मनपर्ने कार र अन्य सामान ‘प्याक’ गर्न थालेका छन्।
३७ वर्षीय स्टार खेलाडी हाल विश्वकपका लागि कतारमा छन्। तर, उनको प्रेमिकाले बेलायत छोड्नका लागि सामान ‘प्याक’ गर्न थालेको द सन पत्रिकाले जनाएको छ।
विश्वकप सुरु हुनभन्दा केही दिनअघि मात्र म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको अनुबन्धन सम्झौता रद्द भएको जानकारी दिएको थियो। इटाली क्लब युभेन्ट्सबाट म्यानचेस्टर आउँदा रोनाल्डोले आफ्ना मनपर्ने दुई कार सँगै ल्याएका थिए।
उनी चेसायरस्थित अल्डरलेमा रहेको एउटा घर भाडामा लिएर बसोबास गर्दै आइरहेका थिए। घरको भाडाको मूल्य ५० लाख पाउण्ड बताइएको छ भने यो घरमा प्रेमिका जर्जिना र उनको परिवारसँगै बस्दै आइरहेको थियो।
गत मंगलबार १ लाख ५० हजार पाउण्ड पर्ने कार्डिलाक इस्कालेड र ३ लाख पाउण्डको बेन्ट्ले फ्लाइङ स्पोर कारलाई अर्को गाडीमा ढुवानी गरिरहेको भेटिएको थियो।
रोनाल्डोले यी कार आफू जाँदा पनि सँगै लैजाने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।