• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रत्यक्ष निर्वाचित सांसद : महिला ४, दलित ०.६० प्रतिशत मात्रै

64x64
धनु विश्वकर्मा आइतबार, मंसिर ११, २०७९  २०:१६
1140x725

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। अहिलेसम्मको मतपरिणामअनुसार नेकपा एमालेबाट ३, कांग्रेसबाट १, माओवादीबाट १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना महिला उम्मेदवार निर्वाचित भएका छन्। 

दलित समुदायबाट १ जना मात्रै निर्वाचित भएका छन्। 

रेखा शर्मा, तोसिमा कार्की, सोविता गौतम, विद्या भट्टराई, रञ्जिता श्रेष्ठ, जुलीकुमारी महतो, सिता गुरुङ्ग र ज्वालाकुमारी साह लगायतका महिलाहरू यतिबृला निर्वाचित भएसँगै चर्चामा पनि छन्। 

स्याङ्जा–२ बाट नेकपा एमालेबाट पद्मा अर्यालको क्षेत्रमा भने मतगणना सुरु भएको छैन। अर्यालले जिते ९ जना महिला प्रत्यक्ष निर्वाचित सांसद हुनेछन्। अर्याल ०७४ मा निर्वाचित सांसद पनि हुन्।

नेकपा एमाले
कास्की–२ बाट नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छन्। उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंँडेल पराजित भए। भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याउँदा कंँडेलले १२ हजार ४ सय ९५ मत ल्याएका छन्। 

भट्टराई प्रतिनिधि सभाको निवर्तमान सदस्य हुन्। ०७६ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२बाट निर्वाचित भएकी थिइन्। श्रीमान् रवीन्द्र अधिकारीको निधन भएपछि संसदीय प्रतिस्पर्धामा होमिएकी उनले विजय हासिल गरेकी थिइन्।

बारा–३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन्। उनले जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई हराएकी हुन्। साहले २० हजार २ सय ५१ मत ल्याउँदा यादवले १७ हजार २ सय ६९ मत प्राप्त गरेका छन्। 

धनुषा–३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। त्यहाँ एमाले उम्मेदवार जुलीकुमारी महतो निर्वाचित भएकी छन्। जुलीकुमाररीले ३३ हजार ३ सय ५५मत प्राप्त गर्दा लोसपाका अनिलकुमार झाले २३ हजार ६ सय  ८६ मत प्राप्त गरेका छन्।

Ncell 2
Ncell 2

४० वर्षीया साह नेकपा एमालेको पोलिटब्यूरो सदस्य हुन्। माओवादी पृष्ठभूमिका नेता उनी ०७४ को प्रदेश सभामा बारा–३ (१) बाट माओवादी केन्द्रको उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

एमाले र माओवादी केन्द्रको एकता भई गठन भएको नेकपामा विभाजन आएपछि उनी एमाले प्रवेश गरेकी थिइन्। लगत्तै माओवादी केन्द्रले उनलाई प्रदेश सांसदबाट पदमुक्त गराएको थियो।

अर्कोतिर, तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्री बनाएका थिए। उनी ०६४ को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सभासद भएकी थिइन्।

०७४को निर्वाचनमा यस क्षेत्रबाट राजेन्द्र महतो निर्वाचित भएका थिए। विजयी भएकी ४६ वर्षीय महतो नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन्। विद्यार्थी राजनीतिबाट अगाडि बढेकी उनी ०६४ र ०७४मा एमालेको तर्फबाट समानुपातिक सभासद÷सदस्य भएकी थिइन्। ०७०को निर्वाचनमा धनुषा–३बाट उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन्। केपी ओली नेतृत्वको सरकारमा ०७७ मा उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पनि भएकी थिइन्।

नेपाली कांग्रेस
तेह्रथुमको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। त्यहाँ नेपाली कांग्रेसको उम्मेदवार सीता गुरुङ विजयी भएकी छन्। सीता गुरुङले  १९ हजार ७ सय २ मत ल्याएर विजयी भएकी हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजयी सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेका छन्। ०७४को निर्वाचनमा यस क्षेत्रबाट एमाले उम्मेदवार भवानीप्रसाद खापुङ विजयी भएका थिए। खापुङसँग सीता गुरुङ पराजित भएकी थिइन्।

नेकपा माओवादी
दाङ–२मा नेकपा माओवादीकी रेखा शर्मा विजयी भएकी छन्। उनीसँग नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्। शर्मा ०७० को संविधान सभा निर्वाचन र ०७४को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद्/सांसद निर्वाचित भएकी थिइन्। 

संसदीय समितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने सांसदको रुपमा उनी परिचित छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी
ललितपुर–३बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी छन्। तोसीमा कार्कीले ३१ हजार १ सय ३६, एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याएका छन्। भने भुसाल तेस्रो स्थानमा सीमित रहेकी छन्। 
भुषालले ८ हजार ७ सय ६९ मत प्राप्त गरेकी छन्। 

३३ वर्षीय कार्कीको पृष्ठभूमि चिकित्सक पेशासँग जोडिएको छ। उम्मेदवार बन्नुअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिएकी थिइन्। 

नेपाल मेडिकल काउन्सिलको सदस्य समेत रहेकी उनले सोही पदमा रहेर उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो। तर सर्वोच्च अदालतले उनको उम्मेदवारी कायमै रहने भन्दै अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायमै रहेको थियो।

काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छन्। गौतमले १५ हजार २ सय २९ ल्याउँदा एमालेका मणिराम फुयाल ११ हजार ५ सय ५५, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ र माओवादीकी ओनसरी घर्तिले ९ हजार ४ सय ४९ मत ल्याएकी छन्। २७ वर्षीया गौतम राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुन्। 

उनी अधिवक्ता समेत हुन्। संम्भवतः उनी कान्छी सांसद बनेकी छन्। 

नागरिक उन्मुक्ति पार्टी
कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जित निकालिन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्। रञ्जिताले ३० हजार ४ सय ४ मत प्राप्त गर्दा रामजनमले १८ हजार ८१ मत प्राप्त गरेकी छन्। 

योसँगै उनी सुदूरपश्चिमको एक्लो महिला प्रत्यक्ष निर्वाचित सांसद बनेकी छन्। उनले ११ हजार ३ सय २३ भारी मतान्तरमा जित निकाल्न सफल भएकी हुन्। 

त्यस्तै दलीत समुदायबाट ठूला दलबाट तीन जना उम्मेदवार थिए। काठमाडौं–१० बाट अञ्जना विशखें, बाँके–१ बाट महेशराज गहतराज र रुपन्देही–१बाट छविलाल विश्वकर्मा निर्वाचित भए। 

अञ्जना र युवा तथा खेलकुद मन्त्रीसमते रहेका महेश पराजित भएका छन्। योसँगै प्रत्यक्ष निर्वाचित एकजना मात्र रहेका छन्।

रुपन्देही–१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। छविलाल विश्वकर्मा ले २४ हजार ८७२ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार घनश्याम भुषालले २१ हजार ३ सय ८ मत ल्याएर पराजित भएका छन्।

पराजित भुषल एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए। २०७४ को निर्वाचनमा उनी रुपन्देही– १ बाट विजयी भएका थिए। विजयी भएका विश्वकर्मा भने २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २०:१६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्... मंगलबार, माघ ६, २०८२
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयन... मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना ज... मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्