काठमाडौं– साउदी अरेबियासँग पराजय भाेगेपछि अर्जेन्टिनाका कप्तान लिओनल मेसी रिसले आगो भएकाे खुलासा उनका पूर्व सहकर्मी सर्जेइ अगुइराेले गरेका छन्।
साउदीसँग पराजित भएपछि अगुइराेले मेसीसँग कुरा गरेका थिए। उनले विदेशी मिडियासँग भने, ‘पराजयपछि मेसीसँग मेराे कुराकानी भएकाे थियो। मैले केहि भनिन् तर उ निकै रिसाएकाे थियो।’ उनले मेसीकाे बानी आफूलाई थाहा भएकाे पनि बताए। उनले भने, ‘मलाई थाहा छ उसकाे बानी। एकछिन रिसाउछ। भाेलि पल्ट पुन: केटाहरुलाई राम्राे खेल्न प्राेत्साहित गर्छ।’
मेसी र अगुइराे मिल्ने साथी हुन्। अगुइराे अर्जेन्टिनाकाे टिममा हुँदा दुवै एउटै काेठामा बस्ने गर्थे। अगुइराे अहिले टाेलीमा अटाएका छैनन्। उनकाे अनुपस्थितिमा मेसी आफ्नाे काेठामा एक्लै बसिरहेकाे समाचार पनि यसअघि सार्वजनिक भएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।