• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अर्जेन्टिना आज म्याराडोनाको सम्मानमा उत्रिने, मेक्सिकोलाई गोलकिपरको भर

64x64
नेपाल लाइभ शनिबार, मंसिर १०, २०७९  ०९:५३
1140x725

दोहा– विश्वकपमा टिकिरहन अर्जेन्टिनालाई आज मेक्सिकोविरूद्ध हुने खेलमा जसरी पनि जित निकाल्नु पर्ने बाध्यता छ। यस्तो अवस्थामा अर्जेन्टिनी टोलीलाई आफ्नो पूर्वस्टार दिंवगत खेलाडी डिएगो म्याराडोनाको यादले सताएको छ। 

आजै म्याराडोनाको दोस्रो सतबार्षिकी पनि हो। दुई वर्षअघि उनको निधन भएको थियो। अर्जेन्टिनी प्रशिक्षक लिओनल स्कालोनीले शुक्रबार प्रतिक्रिया दिँदै भनेका छन्, ‘उनले माथिबाट हामीलाई हेरिरहेका हुने छन्।’ प्रशिक्षक स्कालोनीले म्याराडोनाको आत्माको खुसीका लागि आफूहरू मैदानमा उत्रिने बताएका छन्। 

लिओनल मेसी पूर्ण रूपमा फिट नभएको अन्तर्राष्ट्रिय पत्र–पत्रिकाले दावी गरे पनि अर्जेन्टिनी प्रशिक्षकले यसको खण्डन गरेका छन्। 

मेक्सिकोलाई सन् २०१९ देखि प्रशिक्षण दिइरहेका अर्जेन्टिनाका पूर्व खेलाडी गेरार्डो मार्टिनेज मेसीको खेलबाट परिचित छन्। उनले मेसीको सुरुवाती दिनमा बार्सिलोनामा प्रशिक्षण गरेका थिए। यस्तो अवस्थामा मेक्सिको आजको खेलमा घातक बन्ने सम्भावना छ। 

अर्जेन्टिनाले अन्तिम चोटी विश्वकप मेक्सिकोमै उचालेको थियो। सन् १९८६ मा म्याराडोनाकै प्रेरणादायी प्रदर्शनले उसले दोस्रो पल्ट विश्वकपमा कब्जा जमायो। त्यसयता अर्जेन्टिनाको विश्वकप यात्रामा खडेरी लागेको छ। 

मेसीको उत्कृष्ट प्रदर्शनमा सन् २०१४ मा अर्जेन्टिना फाइनल प्रवेश गरे पनि मारियो गोट्जेको गोलका कारण अतिरिक्त समयमा पुगेर विश्वकप ट्रफी जर्मनीलाई बुझाउनु परेको थियो।  

यसपालि अर्जेन्टिनालाई विश्वकपको दावेदार मानिएको छ। तर, पहिलो खेलमै एसियाली राष्ट्र साउदी अरेबियासँग २–१ गोलको अप्रत्यासित नतिजा भोगेपछि यो देश दबाबमा छ। यसको ठिक उल्टो मेक्सिकोले समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा पोल्याण्डसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको छ। 

सन् १९९० मा विश्व बिजेताको रूपमा इटाली खेल्न पुगेको अर्जेन्टिनालाई अफ्रिकी राष्ट्र क्यामरुनले १–० ले स्तब्ध बनाएको थियो। त्यसका बाबजुद अर्जेन्टिना विश्वकपको फाइनल पुग्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

यतिबेला अर्जेन्टिनाको पक्षमा यही कोणबाट पनि विश्लेषण भइरहेको छ। तर, साना मानिएका देशहरूले कतार विश्वकपमा जसरी प्रभावशाली प्रदर्शन गरिरहेका छन्, यसले अर्जेन्टिनाको बाटो त्यति सहज देखिदैन।  

विश्वकपमा अर्जेन्टिना र मेक्सिकोको प्रतिद्धन्द्धिता नयाँ होइन। यी दुई देश यसअघि पनि दुई पल्ट भिडिसकेका छन्। तर, दुवै पल्ट अर्जेन्टिनाको जित भएको छ। अर्जेन्टिनाले २००६ र २०१० मा नकआउट चरणमा पराजित गर्दै मेक्सिकोलाई घर पठाएको थियो। 

नेपाली समयअनुसार राती पौने एक बजेदेखि सुरु हुने अर्जेन्टिना र मेक्सिकोबीचको खेलमा अर्जेन्टिनी स्टार मेसी र मेक्सिकोका गोलरक्षक गुइलेर्मो ‘मेमो’ ओचोवाको खेल सबैको लागि आकर्षण बन्ने पक्का छ। 

सन् २००६ र २०१० मा मेक्सिको टिममा समावेश भए पनि ओचोवाले मौका पाएका थिएनन्। ३७ वर्षको उमेरमा हाल उनले राष्ट्रिय टोलीको गोलपोस्ट रक्षा गर्ने जिम्मा मात्र पाएका छैनन्, उनी टिमको कप्तान पनि हुन्। 

सन् १९७८ को विश्वकप पहिलो पल्ट जितेयता अर्जेन्टिना एक पल्ट मात्र समूह चरणको खेलबाट बाहिरिएको छ। यसबाहेक उ सधै नकआउट चरणमा प्रवेश गरेको छ। सन् २००२ मा एसियाली राष्ट्र जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा भएको विश्वकपमा मात्र उ पहिलो चरणबाट बाहिरिएको थियो। 

आजको खेलमा मेसीसँगै लाउटारो मार्टिनेज र एञ्जल डि मारियाले अग्रपंक्तिमा राख्दै अर्जेन्टिनाले सुरुवाती–११ मैदानमा उतार्ने सम्भावना प्रबल छ। डिफेन्समा म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज पनि सुरुमै टिममा फर्किने आशा गरिएको छ। चोटका कारण पहिलो खेलमा उनी बेञ्चमा थन्किएका थिए। साउदीविरूद्धको खेलमा टोटेनहामका क्रिस्टियन रोमेरोलाई अर्जेन्टिनाले मैदानमा उतारेको थियो। तर, उनको गल्तीका कारण साउदीले दोस्रो हाफको सुरुवातमै दुई गोल फर्काएको थियो। उनलाई आज विश्राम दिने सम्भावना छ। 

मेक्सिकोले पनि आजको खेलमा हेनरी मार्टिनको अगुवाईमा अग्रपंक्तिमा इर्विङ लुजानो र एलेक्सिस भेगालाई उतार्ने सम्भावना प्रबल छ।  
 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन वटा संसदीय समितिको बैठक बस्दै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्