• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादव भन्छन्– चुनावी परिणाम रहस्यमयी छ, तर जनताको निर्णयको सम्मान गर्छौं

64x64
नेपाल लाइभ शनिबार, मंसिर १०, २०७९  ०९:५४
1140x725

काठमाडौं– जनमत पार्टीका सिके राउतसँग सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका उपेन्द्र यादवले चुनावी परिणाम रहस्यमयी भएको बताएका छन्। 

यद्यपि आफूहरुले  जनताको निर्णयको सम्मान गर्ने उनको भनाइ छ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष समेत रहेका यादवले चुनावमा भएका आन्तरिक र बाह्य षड्यन्त्रको सुइको आफूले पनि पाएको बताएका छन्।  

‘चुनाव एउटा राजनीतिक प्रक्रिया हो। जसमार्फत् जनताले आफ्नो प्रतिनिधि छान्ने हो। चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु। यसको पनि मूल्याङ्कन हुने नै छ। र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन,’ यादवले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्, ‘यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ। नव निर्वाचित जनप्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ।’

यस्तो छ यादवको सन्देश: 
मुलुकमा पञ्चायती व्यवस्था, निरङ्कुश राजतन्त्र भएको बेला जनतालाई लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता लगायतका मौलिक हकहरूबाट वञ्चित गरिएको थियो। उक्त निरङ्कुश शासनको विरुद्धमा वामपन्थी राजनीतिक धारबाट प्रेरित भइ विद्यार्थी राजनीतिमार्फत् संघर्ष सुरु गरेको थिए।

२०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकोले तत्कालीन शासकहरूको आदेशमा पहिलो पटक जेल परे। त्यसपछि निरन्तर रूपमा लोकतन्त्र, बहुदलीय व्यवस्था, जनताको अधिकार, समानता  तथा सिमान्तिकृत वर्गको उत्थानको लागि सकृय राजनीतिमा लागी संघर्ष जारी नै राखे।

२०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्ने अवसर पाएँ। यसरी वामपन्थी राजनीतिमार्फत् अगाडि बढ्दै जाँदा विभिन्न अवरोधहरूको पनि सामना गर्नुपर्‍यो। २०४२ सालमा पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्र बहालीको लागि लड्ने क्रममा काठमाडौंको केन्द्रीय कारागारमा र २०४६ सालमा आन्दोलनको क्रममा विराटनगरबाट पक्राउ परि धनकुटा जेलमा बन्दी जीवन बिताउनु पर्‍यो।

देशमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेसी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन सकेको थिएन। उनीहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिँदै थियो। मधेसी समुदायलाई विदेशी, मदिसे, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो। उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए। 

राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाइँ अपरिहार्य रहेको महसुस गर्दै तत्कालीन मधेसी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेस जनविद्रोहको संखनाध गर्‍यौँ। र, मधेसी जनाधिकार फोरमको अध्यक्षको हैसियतले मैले नेतृत्व गरेको मधेस जनविद्रोह सफलतापूर्वक अगाडि बढ्यो। संविधान सभा भित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्न हामी अन्तिम समयसम्म पनि संघर्ष जारी राख्यौँ। त्यही संघर्षको उपलब्धि स्वरूप आज यतिसम्मको संविधान बन्न सक्यो। नत्र यो पनि सम्भव थिएन। आज संघीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेस जनविद्रोहकै देन हो। 

nimb
nimb

तथापि यो संविधान त्रुटिपूर्ण छ, संविधानमा असमानताहरू रहेका छन्। अझै पनि संघीयता वास्तविक रूपमा संघीयता जस्तो हुन सकेको छैन। प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन। हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित भइसकेको छैन। यस संविधानले विभिन्न राष्ट्रियताहरू जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न सकेको छैन। बहुभाषिक नीतिलाई  राम्ररी अवलम्बन गरी अभ्यासमा ल्याउन सकेको छैन। यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अङ्गालेको छ। विकृतिमूलक निर्वाचन प्रणाली अपनाएको छ। स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन। जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ। त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि संघर्षरत छौँ। 

बहिस्करणमा पारिएका जनसमुदायहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, न्याय इत्यादि आधारभूत आवस्यक्ताप्रति हामी सुरुदेखि नै प्रतिबद्ध थियौँ, छौँ र रहने छौँ। अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि संघर्ष गर्दै आर्थिक उन्नति मार्फत समतामूलक विकासकै लागि हो। 

मधेस विश्वविद्यालय, मधेस प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जीनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू हुन्। अन्य कतिपय योजनाहरू पनि पूरा भइसकेको वा हुने क्रममा रहेको सर्वविदितै छ। 

चुनाव एउटा राजनीतिक प्रक्रिया हो। जसमार्फत् जनताले आफ्नो प्रतिनिधि छान्ने हो। चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुइँको मैले पनि पाएको छु। यसको पनि मूल्याङ्कन हुने नै छ। र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन। यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ। नवनिर्वाचित जनप्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ। सम्पूर्णमा सुखद कार्यकालको शुभकामना व्यत्त गर्दछु। 

निर्वाचनमा सहभागी मतदाताहरू, सहकार्य तथा प्रतिस्पर्धामा रहेका विभिन्न दल र त्यसका नेताहरू, निर्वाचन आयोगका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकार तथा पर्यवेक्षकहरू लगायत सम्पूर्ण सहयोगी संस्थाहरू, निर्वाचन अवधिभर अहोरात्र खट्नुहुने युवाहरू, प्रचारप्रसारलाई रचनात्मक बनाउन सहयोग गर्नुहुने गायक तथा सङ्गीतकर्मीहरू लगायत सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछु। 

अन्त्यमा, यस निर्वाचनको नतिजाले हाम्रो संघर्ष यात्रालाई कुनै असर पार्ने छैन। एक इन्च पनि तलमाथि नभइकन जनताको म्यान्डेटअनुसार हामी हाम्रो मिसनमा लागिरहने छौँ। बरु विगतको समीक्षा गर्दै हाम्रो प्रयास झन् सशक्त हुने विश्वास दिलाउन चाहन्छु। धन्यवाद।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग आइतबार, भदौ १४, २०८३
अमेरिकाले बाढी प्रभावित नेपालीलाई ३६ लाख डलरभन्दा बढीको सहायता दिने आइतबार, भदौ १४, २०८३
मन्त्री श्रेष्ठ भन्छन्– उद्धारमा सरकारले कुनै कसर बाँकी राख्दैन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्