काठमाडौं– दाेस्राे हाफकाे खेल सुरु भएकाे ४ मिनेटभित्रै इक्वेडरले गाेल फर्काएकाे छ। इक्वेडरका लागि इनेर भेलेन्सियाले ४९ मिनेटमा गाेल गरेका छन्।
नेदरल्याण्ड्सले पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे थियाे। भेलेन्सियाले यसलाई बराबरी गरेका छन्। इक्वेडरका पेरविस इस्तोपिनियानले डिबक्सभित्रबाट गरेकाे प्रहारलाई डच गाेलकिपरले राम्रोसँग क्लियर गर्न नसकेकाे अवस्थामा भेलेन्सियाले गाेल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।