काठमाडौं– कोडी याक्पोको सुरुवाती गोलका कारण नेदरल्याण्ड्सले विश्वकपअन्तर्गत इक्वेडरविरूद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ। ओरेन्ज टिमका लागि याक्पोले खेल सुरु भएको ६ मिनेटमै गोल गरेका थिए।
याक्पोले सेनेगलविरूद्ध समूह ‘ए’ को पहिलो खेलमा पनि गोल गरेका थिए। विश्वकपमा उनको यो दोस्रो गोल थियो।
पहिलो हाफको खेल सम्पन्न हुन केही सेकेण्ड बाँकी रहँदा इक्वेडरका लागि पेरविस इस्तोपिनियानले पनि गोल गरेका थिए। तर, उनको गोललाई रेफ्रीले अमान्य घोषित गरेका थिए।
निर्धारित ४५ मिनेटकाे खेलमा थप गरिएकाे अतिरिक्त समयमा इक्वेडरले कर्नरकाे अवसर पाएकाे थियो। जसलाई माइसेस काइसेडाेले प्रहार गरेका थिए। तर, डिफ्लेक्ट भएर डिबक्सबाहिर गएकाे बललाई एञ्जेलाे प्रेसिआडाेले कडा प्रहार गरेका थिए। जुन बललाई डिबक्सभित्र रहेका इस्ताेपिनियानले नेदरल्याण्ड्सकाे गाेल पाेस्टकाे दिशा दिँदा विपक्षी डच गाेलकिपरलाई ६ यार्डभित्र ज्याक्सन पाेराेजाेले छेकेका थिए। गाेलकिपरलाई स्पष्ट हेर्न नदिएकाे भन्दै गाेललाई अमान्य घाेषित गरिएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।