काठमाडौं– सेनेगलले दोस्रो हाफको तीन मिनेटमा आयोजक कतारविरूद्ध पुनः गोल गरेको छ। पहिलो हाफको ४१ मिनेटमा गोल गरेको सेनेगलले ४८ मिनेटमा अर्को गोल थप्यो। सेनेगलका लागि उसको उत्कृष्ट खेलाडी फमारा डडायुले गोल गरे। उनले इस्माइल ज्याकोब्सको क्रसमा ६ यार्डभित्रबाट उत्कृष्ट हेडिङ गोल गरेका थिए।
यसअघि फ्रान्समा जन्मिएर सेनेगलको राष्ट्रिय टोलीबाट विगत दुई वर्षदेखि खेलिरहेका बुलेइ जियाले पहिलो हाफमा आयोजक कतारलाई स्तब्ध पारेका थिए। उनले खेलको ४१ मिनेटमा डिबक्सभित्र पाएको अवसरलाई गोलमा परिणत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।