काठमाडौं– फ्रान्समा जन्मिएर सेनेगलको राष्ट्रिय टोलीबाट विगत दुई वर्षदेखि खेलिरहेका बुलेइ जियाले पहिलो हाफमा आयोजक कतारलाई स्तब्ध पारेका छन्। उनले खेलको ४१ मिनेटमा डिबक्सभित्र पाएको अवसरलाई गोलमा परिणत गरे।
जिया सन् २०२० देखि सेनेगलको राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। शुक्रबार पहिलो हाफको खेलमा आयोजक कतारले सुधारिएको खेल प्रदर्शन गर्यो। यसअघि इक्वेडरविरूद्ध समूह ‘ए’ को पहिलो खेलमा कतारको प्रदर्शन निरासाजनक थियो।
उसले पहिलो हाफमै २ गोल खाएको थियो। कतारलाई प्रतियोगितामा बनिरहन आजको खेल जित्नुपर्ने आवश्यकता छ।
कतारले यस खेलमा गाेल खादा डिफेन्डर बुवालेम खुखीले डिबक्सभित्र राम्ररी क्लियर गर्न सकेका थिएनन्। यसैकाे फाइदा जियाले लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।