• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी २१ उम्मेदवार,  जसले १० हजारभन्दा बढी मतान्तरले जिते

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, मंसिर ९, २०७९  १८:५९
1140x725

काठमाडौं– गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको  मत परिणाम आउनेक्रम अन्तिमतिर पुगेको छ। यसपटकको निर्वाचनमा केही राजनीतिका खेलाडी नै पराजित भए पनि केहीले १० हजार मतान्तर सहित जिते। 

पहिलोपटक उम्मेदवार बनेकासमेतले १० हजार भन्दा बढी मतले जितेका छन्। 

रवि लामिछाने
पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने चितवन–२ बाट ३४ हजार २ सय ८० फराकिलो मतान्तर सहित विजयी भए। 

पत्रकारिता पेसा छोडेर राजनीतिमा होमिएका लामिछानेले ४९ हजार २ सय ६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मतमा चित्त बुझाउनु परेको छ। 

केपी शर्मा ओली 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट विजयी भए। ओलीले कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ भारी मतान्तर सहित पराजित गरे। ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गर्दा अधिकारले २३ हजार ७ सय ४३ मत ल्याए।

जनार्दन शर्मा 
अर्थमन्त्री एवम् माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा रुकुम पश्चिमबाट विजयी भएका छन्। शर्मा २५ हजार ६ सय ८८ फराकिलो मतान्तरले एमालेका उम्मेदवार नन्दराम देवकोटालाई पराजित गरे। 

शर्माले २९ हजार ५४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९ सय ६१ मत प्राप्त गर्दै हार बेहोर्नुपर्यो।

वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन प्रतिनिधि सभामा रोल्पाबाट निर्वाचित भएका छन्। 

Ncell 2
Ncell 2

पुनले २५ हजार २ सय २९को फराकिलो मतान्तरसहित एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै जित हासिल गरे। वर्षमानले ४१ हजार ७ सय १४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गर्दै पराजय भोग्नुपर्यो। 

सिके राउत 
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त(सिके) राउत पहिलोपटक सप्तरी–२ बाट उम्मेदवार बने। पहिलोपटक उनले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिका खेलाडी मानिएका उपेन्द्र यादवलाई पराजित गरे, त्यो पनि १८ हजार ६३ मतान्तरसहित।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ ल्याउँदा राउतले ३५ हजार ४२ मत प्राप्त गरे।

विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री झापा–१ बाट अत्यधिक मतान्तर सहित विजयी भएका छन्। शर्मा १४ हजार २ सय ७५ मत बढी मत ल्याएर प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नीप्रसाद खरेललाई पराजित गरे। 

महामन्त्रीले शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेर विजय हुँदै गर्दा एमालेका खरेलले २५ हजार ३ सय ४९ मात्रै पाए। 

डा शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ–६ मा जित निकाले। उनले नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ फराकिलो मतान्तर सहित बदला लिएकका हुन्। 

०७४ सालको निर्वाचनमा पण्डितसँगै पराजित भएका कोइरालाले ३५ हजार २ सय १३ मत प्राप्त गरे। पण्डितले भने २२ हजार ९ सय २९ मत मात्रै पाए।

मोहन बस्नेत 
प्रतिनिधि सभा अन्तर्गत सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भए। बस्नेतले नेकपा एमालेका उम्मेदवार एवम् पूर्वमन्त्री शेरबहादुर तामाङलाई ११ हजार ८ सय ४४ मतान्तरले पराजित गरे। 

बस्नेतले ३९ हजार ३ सय ३७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी तामाङले २७ हजार ४ सय ९३ मतमा चित्त बुझाउनु परेको छ। ०४८, ०५६ ,०६४, ०७० ,०७४ सालमा सिन्धुपाल्चोक–१बाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेद्वार बस्नेत ०५६ र ०७० मा प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए। 

यस पटक उनी सिन्धुपाल्चोक–२बाट गठबन्धनका साझा उम्मेदवार बनेका थिए। 

तोसिमा कार्की 
ललितपुर–३ बाट डा तोसिमा कार्की विजयी भएकी छन्। उनले लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेकी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट उम्मेदवार बनेकी कार्कीले १८ हजार १ सय ७३ फराकिलो मतान्तरसहित विजय हासिल गरिन्। उनले ३१ हजार १ सय ३६ मत प्राप्त गर्दा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मतमा चित्त बुझाउनु पर्योे।

माओवादी केन्द्रकी उम्मेदवार पम्फा भूसाल तेस्रो बनिन्। 

प्रेम सुवाल
नेपाल किसान मजदुर पार्टीका उम्मेदवार प्रेम सुवाल भक्तपुर–१ बाट २२ हजार ७ सय ९३ फराकिलो मतान्तरसहित विजयी बनेका छन्। सुवालले ४२ हजार ७ सय ६१ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्दी १९ हजार ९  सय ६८ मत पाएर पराजित भए। 

संविधानसभा सदस्य निर्वाचन ०७० मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका सुवाल  संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन ०७४ मा भक्तपुर–१ बाट निर्वाचित  भएका थिए। 

यसपटक पनि उनी भारी मतान्तर सहित विजयी हुन सफल भएका हुन्।

राजेन्द्र बजगाईं
गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई १६ हजार ७ सय ४३ को भारी मतान्तर सहित विजयी भए। उनले एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजित गरेका हुन्। 

बजगाईंले ३३ हजार ४ सय २८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी बस्नेतले १६ हजार ७  सय ८५ मतमा चित्त बुझाउन बाध्य भएका छन्। 

पुष्पकमल दाहाल प्रचण्ड
गृह जिल्ला चितवनको निर्वाचन क्षेत्र छोडेर गोरखा–२ रोजेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १३ हजार ४ सय ४६ मतान्तर सहित विजयी भएका छन्। 

अध्यक्ष प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरे। 

बलराम अधिकारी
कपिलवस्तु–१ बाट ३४ हजार ६ सय ७५ मतसहित विजयी भए। उनले १५ हजार ६ सय ९२ मतान्तरसहित माओवादी केन्द्रका चक्रपाणी खनाललाई पराजित गरे। 

खनालले १८ हजार ९ सय ८३ मत प्राप्त गर्दै पराजित ब्यहोर्नु परेको छ। 

ध्रूव प्रधान
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रूव प्रधानले नवलपरासी पश्चिमबाट भारी मतान्तर सहित कांग्रेसका देवेन्द्र कँडेललाई पराजित गरेका छन्। 

उनले १५ हजार १ सय ७० मतान्तरसहित कांग्रेसका कँडेललाई पराजित गरेका हुन्। प्रधानले ३४ हजार ७ सय ६४ प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कँडेलले १९ हजार ५ सय ९४ मत पाए। 

प्रकाशज्वाला
प्रतिनिधि सभा निर्वाचन अन्तरर्गत नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार प्रकाश ज्वाला निर्वाचित भएका छन्। उनले १५ हजार ९११ मतान्तरले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई पराजित गरे।

ज्वालाले ३५ हजार ७ सय मत सहित विजयी हुँदा गर्दा प्रतिद्वन्दी शाहले १९ हजार ७८९ मत र एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मतमा चित्त बुझाउन बाध्य भए।

शेरबहादुर देउवा 
प्रधानमन्त्री शेर बहादुर देउवा प्रतिनिधि सभा अन्तर्गत डडेल्धुराबाट भारी मतसहित निर्वाचित भएका छन्। देउवाले १२ हजार ४ सय ८८ फराकिलो मतान्तर सहित स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पराजित गरेका हुन्।

देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले १३ हजार ४२ मत प्राप्त गरे।

देउवा ०४८ को संसदीय निर्वाचन, मध्यावधिनिर्वाचन ०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ०५६ मा डडेलधुराबाट निर्वाचित  भएका थिए। त्यसैगरी  संविधानसभा सदस्य निर्वाचन ०६४ र ०७०मा डडेल्धुराबाट निर्वाचित भएका थिए। 

उनी प्रतिनिधिसभा सदस्य निर्वाचन ०७४ मा समेत डडेल्धुराबाट निर्वाचित भएका थिए।

पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधि सभा अन्तर्गत सुर्खेत–१बाट विजयी भएका छन्। 

खड्काले नेकपा एमालेका उम्मेदवार धूब्रकुमार शाहीसँग ०७४ सालको निर्वाचनमा हारको बदला लिएका हुन्। खड्काले यस पटक ११ हजार ६ सय १९ मतान्तरले विजयी एमाले उम्मेदवार शाहीलाई पराजित गरेका हुन्।

खड्काले ४२ हजार ६ सय ७ मत प्राप्त गरी विजयी हुँदै गर्दा शाहीले ३० हजार ९ सय ८८ मत प्राप्त गरेका थिए। 

रामनाथ अधिकारी
प्रतिनिधि सभा निर्वाचन अन्तरर्गत धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्। उनले एमालेका खिम प्रसाद लोहनीलाई १० हजार ५३३ मतान्तरले पराजित बनेका हुन्। 

अधिकारीले ३४ हजार ४८३ मत प्राप्त गर्दा लोहनीले २३ हजार ९५०मा चित्त बुझाउनु बाध्य भए।

ज्ञानेन्द्र शाही 
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले माओवादी केन्द्रका गोमा गौतमलाई १० हजार ८ सय ६० मतान्तरले पराजय गरे। 

शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी ११ हजार ९५९ मत प्राप्त गरिन्। 

रञ्जिता श्रेष्ठ 
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनमा कैलाली—१ बाट निर्वाचित भइन्। 

उनी १२ हजार ३ सय २३ मतान्तरसहित कांग्रेसका उम्मेदवार रामकुमार चौधरीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेकी छन्। श्रेष्ठले ३० हजार ४ सय ४० मतसहित विजयी हुँदा कांग्रेसका चौधरी १८ हजार ८१ मत सहित हार ब्यहोरेका छन्। 

रमेश लेखक
प्रतिनिधि सभा अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्रबाट कांग्रेसका रमेश लेखक विजयी भएका छन्। 

लेखकले १२ हजार ७५ माग सहित एमालेका उम्मेदवार निरु पाललाई पराजित गरे। लेखकले ३० हजार ५ सय २३ मत प्राप्त गर्दा पालले १८ हजार ४ सय ४८ मत ल्याएकी छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १८:५९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिए... बुधबार, मंसिर २४, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक... आइतबार, मंसिर २१, २०८२
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा निर्ध... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट शनिबार, मंसिर २७, २०८२
अहिले संवैधानिक निकासको मार्ग निर्वाचन नै हो : कार्यबाहक सभापति खड्का शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्