• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी २१ उम्मेदवार,  जसले १० हजारभन्दा बढी मतान्तरले जिते

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, मंसिर ९, २०७९  १८:५९
1140x725

काठमाडौं– गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको  मत परिणाम आउनेक्रम अन्तिमतिर पुगेको छ। यसपटकको निर्वाचनमा केही राजनीतिका खेलाडी नै पराजित भए पनि केहीले १० हजार मतान्तर सहित जिते। 

पहिलोपटक उम्मेदवार बनेकासमेतले १० हजार भन्दा बढी मतले जितेका छन्। 

रवि लामिछाने
पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने चितवन–२ बाट ३४ हजार २ सय ८० फराकिलो मतान्तर सहित विजयी भए। 

पत्रकारिता पेसा छोडेर राजनीतिमा होमिएका लामिछानेले ४९ हजार २ सय ६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मतमा चित्त बुझाउनु परेको छ। 

केपी शर्मा ओली 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट विजयी भए। ओलीले कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ भारी मतान्तर सहित पराजित गरे। ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गर्दा अधिकारले २३ हजार ७ सय ४३ मत ल्याए।

जनार्दन शर्मा 
अर्थमन्त्री एवम् माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा रुकुम पश्चिमबाट विजयी भएका छन्। शर्मा २५ हजार ६ सय ८८ फराकिलो मतान्तरले एमालेका उम्मेदवार नन्दराम देवकोटालाई पराजित गरे। 

शर्माले २९ हजार ५४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९ सय ६१ मत प्राप्त गर्दै हार बेहोर्नुपर्यो।

वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन प्रतिनिधि सभामा रोल्पाबाट निर्वाचित भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पुनले २५ हजार २ सय २९को फराकिलो मतान्तरसहित एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै जित हासिल गरे। वर्षमानले ४१ हजार ७ सय १४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गर्दै पराजय भोग्नुपर्यो। 

सिके राउत 
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त(सिके) राउत पहिलोपटक सप्तरी–२ बाट उम्मेदवार बने। पहिलोपटक उनले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिका खेलाडी मानिएका उपेन्द्र यादवलाई पराजित गरे, त्यो पनि १८ हजार ६३ मतान्तरसहित।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ ल्याउँदा राउतले ३५ हजार ४२ मत प्राप्त गरे।

विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री झापा–१ बाट अत्यधिक मतान्तर सहित विजयी भएका छन्। शर्मा १४ हजार २ सय ७५ मत बढी मत ल्याएर प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नीप्रसाद खरेललाई पराजित गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महामन्त्रीले शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेर विजय हुँदै गर्दा एमालेका खरेलले २५ हजार ३ सय ४९ मात्रै पाए। 

डा शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ–६ मा जित निकाले। उनले नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ फराकिलो मतान्तर सहित बदला लिएकका हुन्। 

०७४ सालको निर्वाचनमा पण्डितसँगै पराजित भएका कोइरालाले ३५ हजार २ सय १३ मत प्राप्त गरे। पण्डितले भने २२ हजार ९ सय २९ मत मात्रै पाए।

मोहन बस्नेत 
प्रतिनिधि सभा अन्तर्गत सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भए। बस्नेतले नेकपा एमालेका उम्मेदवार एवम् पूर्वमन्त्री शेरबहादुर तामाङलाई ११ हजार ८ सय ४४ मतान्तरले पराजित गरे। 

बस्नेतले ३९ हजार ३ सय ३७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी तामाङले २७ हजार ४ सय ९३ मतमा चित्त बुझाउनु परेको छ। ०४८, ०५६ ,०६४, ०७० ,०७४ सालमा सिन्धुपाल्चोक–१बाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेद्वार बस्नेत ०५६ र ०७० मा प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए। 

यस पटक उनी सिन्धुपाल्चोक–२बाट गठबन्धनका साझा उम्मेदवार बनेका थिए। 

तोसिमा कार्की 
ललितपुर–३ बाट डा तोसिमा कार्की विजयी भएकी छन्। उनले लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेकी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट उम्मेदवार बनेकी कार्कीले १८ हजार १ सय ७३ फराकिलो मतान्तरसहित विजय हासिल गरिन्। उनले ३१ हजार १ सय ३६ मत प्राप्त गर्दा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मतमा चित्त बुझाउनु पर्योे।

माओवादी केन्द्रकी उम्मेदवार पम्फा भूसाल तेस्रो बनिन्। 

प्रेम सुवाल
नेपाल किसान मजदुर पार्टीका उम्मेदवार प्रेम सुवाल भक्तपुर–१ बाट २२ हजार ७ सय ९३ फराकिलो मतान्तरसहित विजयी बनेका छन्। सुवालले ४२ हजार ७ सय ६१ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्दी १९ हजार ९  सय ६८ मत पाएर पराजित भए। 

संविधानसभा सदस्य निर्वाचन ०७० मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका सुवाल  संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन ०७४ मा भक्तपुर–१ बाट निर्वाचित  भएका थिए। 

यसपटक पनि उनी भारी मतान्तर सहित विजयी हुन सफल भएका हुन्।

राजेन्द्र बजगाईं
गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई १६ हजार ७ सय ४३ को भारी मतान्तर सहित विजयी भए। उनले एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजित गरेका हुन्। 

बजगाईंले ३३ हजार ४ सय २८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी बस्नेतले १६ हजार ७  सय ८५ मतमा चित्त बुझाउन बाध्य भएका छन्। 

पुष्पकमल दाहाल प्रचण्ड
गृह जिल्ला चितवनको निर्वाचन क्षेत्र छोडेर गोरखा–२ रोजेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १३ हजार ४ सय ४६ मतान्तर सहित विजयी भएका छन्। 

अध्यक्ष प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरे। 

बलराम अधिकारी
कपिलवस्तु–१ बाट ३४ हजार ६ सय ७५ मतसहित विजयी भए। उनले १५ हजार ६ सय ९२ मतान्तरसहित माओवादी केन्द्रका चक्रपाणी खनाललाई पराजित गरे। 

खनालले १८ हजार ९ सय ८३ मत प्राप्त गर्दै पराजित ब्यहोर्नु परेको छ। 

ध्रूव प्रधान
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रूव प्रधानले नवलपरासी पश्चिमबाट भारी मतान्तर सहित कांग्रेसका देवेन्द्र कँडेललाई पराजित गरेका छन्। 

उनले १५ हजार १ सय ७० मतान्तरसहित कांग्रेसका कँडेललाई पराजित गरेका हुन्। प्रधानले ३४ हजार ७ सय ६४ प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कँडेलले १९ हजार ५ सय ९४ मत पाए। 

प्रकाशज्वाला
प्रतिनिधि सभा निर्वाचन अन्तरर्गत नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार प्रकाश ज्वाला निर्वाचित भएका छन्। उनले १५ हजार ९११ मतान्तरले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई पराजित गरे।

ज्वालाले ३५ हजार ७ सय मत सहित विजयी हुँदा गर्दा प्रतिद्वन्दी शाहले १९ हजार ७८९ मत र एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मतमा चित्त बुझाउन बाध्य भए।

शेरबहादुर देउवा 
प्रधानमन्त्री शेर बहादुर देउवा प्रतिनिधि सभा अन्तर्गत डडेल्धुराबाट भारी मतसहित निर्वाचित भएका छन्। देउवाले १२ हजार ४ सय ८८ फराकिलो मतान्तर सहित स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पराजित गरेका हुन्।

देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले १३ हजार ४२ मत प्राप्त गरे।

देउवा ०४८ को संसदीय निर्वाचन, मध्यावधिनिर्वाचन ०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ०५६ मा डडेलधुराबाट निर्वाचित  भएका थिए। त्यसैगरी  संविधानसभा सदस्य निर्वाचन ०६४ र ०७०मा डडेल्धुराबाट निर्वाचित भएका थिए। 

उनी प्रतिनिधिसभा सदस्य निर्वाचन ०७४ मा समेत डडेल्धुराबाट निर्वाचित भएका थिए।

पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधि सभा अन्तर्गत सुर्खेत–१बाट विजयी भएका छन्। 

खड्काले नेकपा एमालेका उम्मेदवार धूब्रकुमार शाहीसँग ०७४ सालको निर्वाचनमा हारको बदला लिएका हुन्। खड्काले यस पटक ११ हजार ६ सय १९ मतान्तरले विजयी एमाले उम्मेदवार शाहीलाई पराजित गरेका हुन्।

खड्काले ४२ हजार ६ सय ७ मत प्राप्त गरी विजयी हुँदै गर्दा शाहीले ३० हजार ९ सय ८८ मत प्राप्त गरेका थिए। 

रामनाथ अधिकारी
प्रतिनिधि सभा निर्वाचन अन्तरर्गत धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्। उनले एमालेका खिम प्रसाद लोहनीलाई १० हजार ५३३ मतान्तरले पराजित बनेका हुन्। 

अधिकारीले ३४ हजार ४८३ मत प्राप्त गर्दा लोहनीले २३ हजार ९५०मा चित्त बुझाउनु बाध्य भए।

ज्ञानेन्द्र शाही 
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले माओवादी केन्द्रका गोमा गौतमलाई १० हजार ८ सय ६० मतान्तरले पराजय गरे। 

शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी ११ हजार ९५९ मत प्राप्त गरिन्। 

रञ्जिता श्रेष्ठ 
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनमा कैलाली—१ बाट निर्वाचित भइन्। 

उनी १२ हजार ३ सय २३ मतान्तरसहित कांग्रेसका उम्मेदवार रामकुमार चौधरीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेकी छन्। श्रेष्ठले ३० हजार ४ सय ४० मतसहित विजयी हुँदा कांग्रेसका चौधरी १८ हजार ८१ मत सहित हार ब्यहोरेका छन्। 

रमेश लेखक
प्रतिनिधि सभा अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्रबाट कांग्रेसका रमेश लेखक विजयी भएका छन्। 

लेखकले १२ हजार ७५ माग सहित एमालेका उम्मेदवार निरु पाललाई पराजित गरे। लेखकले ३० हजार ५ सय २३ मत प्राप्त गर्दा पालले १८ हजार ४ सय ४८ मत ल्याएकी छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १८:५९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्