काठमाडौं– विश्वकप फुटबल अन्तर्गत आजबाट समूह चरणका दोस्रो चरणका खेल सुरु हुँदैछन्।
पहिलो खेल समूह ‘बी’ को इरान र वेल्सबीच हुँदैछ। नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे अहमद बिन अली रंगशालामा यी दुईको खेल हुनेछ।
दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच हुँदैछ। आयोजक राष्ट्र कतारले पहिलो खेल हारेकाले निकै दबाब हुनेछ। यो खेल अल थुमामा रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ।
आजको तेस्रो खेल समूह ‘ए’ कै नेदरल्याण्ड र इक्वेडरबीच हुनेछ। यी दुईको खेल राति ९ः४५ बजे हुनेछ । यी दुबैले आफ्नो समूहको पहिलो खेल जितेका छन्।
आजको अन्तिम खेलमा समूह ‘बी’ का इंग्ल्याण्ड र अमेरिकाबीच हुँदैछ। राति १२ः४५ मा अल बेत रंगशालामा यी दुईबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।