लन्डन– विश्व चर्चित अमेरिकी टेक कम्पनी एप्पल बेलायतको प्रतिष्ठित क्लब म्यानचेस्टर युनाइटेड किन्ने अभियानमा संलग्न भएको छ।
केही समयअघि बेलायती अखबारहरूले म्यानचेस्टर बिक्रीका लागि तयारी भइरहेको समाचार प्रकासित गरेको थियो। क्लब खरिदका लागि एप्पलले ५ अर्ब ८० करोड पाउण्डको प्रस्तावअघि सारेको डेली स्टारको रिपोर्टमा उल्लेख छ।
एप्पलले यसअघि खेलकुदको कुनै पनि टिमको स्वामित्वलाई लिएर इच्छा जनाएको थिएन। तर, म्यानचेस्टरले प्रदान गरेको व्यवसायिक अवसरलाई कम्पनीले प्राथमिकतामा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।