लन्डन– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ खेलका लागि प्रतिबन्धित भएका छन्। उनीमाथि ५० हजार युरोको जरिवाना पनि लागेको छ। फुटबल संघ (एफए) ले एक जना फुटबल समर्थकमाथि दुब्र्यवहार गरेको आरोपमा यो सजाय सुनाएको हो।
९ अप्रिलमा एफए कपको बेला उनले एभर्टनका समर्थकलाई दुब्र्यवहार गरेका थिए। गोडिसन पार्कमा म्यानचेस्टरको टिम ०–१ गोलले पराजित भएको थियो। पराजयबाट निरास रोनाल्डोले एक किशोरको हातबाट मोबाइल छिनेर भूइँमा पड्किदिएका थिए। यद्यपि उनले आफ्नो त्यो व्यवहारका लागि माफी मागिसकेका छन्।
घटनाको भिडियो पनि भाइरल भएको थियो। त्यो किशोरको आमाले भनेकी थिइन, घटनामा उनको छोराको हातमा चोट लागेको थियो। स्थानीय प्रहरीले घटनाका लागि रोनाल्डोलाई चेतावनी पनि दिएका थिए।
उनीमाथि लागेको प्रतिबन्ध विश्वकपको खेलमा लागु हुने छैन। यो एफए कपको खेलमा मात्र लागु हुनेछ। प्रतिबन्ध एफएले लगाएको हो, जुन इंग्ल्याण्डको घरलु लिग हो। इंग्लिस लिग क्लब म्यानचेस्टर युनाइटेडसँग रोनाल्डोका हालै अनुबन्धन सम्झौंता रद्द भइसकेको अवस्थामा यसको प्रभाव पर्ने छैन।
आज पोर्चुगलले विश्वकपअन्तर्गत समूह ‘एच’ मा घानासँग खेल्दै छ। यो समूहमा दक्षिण कोरिया र उरुग्वे पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।