काठमाडौं- विश्वकप फुटबलमा आज बिहीबार चार खेल हुँदैछन्। पहिलो खेल स्वीट्जरल्याण्ड र क्यारुनबीच हुनेछ।
नेपाली समयअनुसार ३ः४५ बजे दोहास्थित अल जबदु रंगशालामा यी दुईको खेल हुनेछन्। स्वीट्जरल्याण्ड अहिले १२औं विश्वकप खेल्दैछ। युरोकप विजेता इटालीलाई हराउँलै आफ्नो समूहको शीर्ष स्थानमा रहँदै स्वीट्जरल्याण्ड विश्वकपमा छनोट भएको थियो।
यता अफ्रिकन राष्ट्र क्यामरुन ८ औं पटक विश्वकप खेल्दैछ। अफ्रिकन टिमबाट सबैभन्दा बढी विश्वकप खेल्ने देश क्यारुन हो ।
दोस्रो खेल उरुग्वे र दक्षिण कोरियाबीच हुँदैछ। नेपाली समयअनुसार साँझ ६ः४५ बजे इजुकेशन सिटी रंगशालामा यी दुई देशको हुनेछ। स्टार खेलाडीले भरिएको उरुग्वे र एसियाको सबैभन्दा सफल टिम कोरियाबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ।
बिहीबारको तेस्रो ९ः४५ बजे पोर्चुगल र घानाबीच हुँदैछ। स्टेडियम ९७४ मा यी दुई देशको खेल हुँदैछ। तनाव र विवादका कारण म्यानचेस्टर युनाइटेडबाट अलगिएका पोर्चुगलको स्टार क्रिस्ष्टियानो रोनाल्डो अहिले क्लबबिहिन छ। क्लबबिहिन रोनाल्डोमाथि आज सबैको नजर पर्ने देखिन्छ।
आजको चौथो खेलमा विश्वकपको सर्वाधिक सफल टिम ब्राजिल र सर्बियाबीच हुँदैछ। नेपाली समयअनुसार राति १२ः४५ बजे यी दुईको खेल लुसेल आइकोनिक रंगशालामा हुँदैछ। स्टार खेलाडीले भरिएको ब्राजिललाई रोक्ने रणनीतिका साथ सर्बिया मैदानमा उत्रनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।