काठमाडौं– विश्वकपअन्तर्गत बेल्जियमविरूद्धको खेलमा क्यानडा दुर्भाग्यशाली सावित भयो।
युरोपेली शक्ति राष्ट्रलाई दबाबमा राख्न सफल भए पनि उसले समूह ‘एफ’ तर्फको पहिलो खेल ०–१ गोलले गुमायो।
पहिलो हाफको ४४ मिनेटमा काउन्टर अट्याकमार्फत इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर मिची वाट्सवाईले गरेको एक मात्र गोल जितमा परिणत भयो।
क्यानडाले गोलका लागि तीन वटा दह्रो प्रहार गरेको थियो। तर, ती सबै प्रहारलाई बेल्जियमका स्टार गोलकिपर थाइबट कोर्टियसले रोकेपछि क्यानडा स्तब्ध भयो।
क्यानडाले अहिलेसम्म विश्वकपको कुनै पनि खेल जितेको छैन। बेल्जियमले ०१४ को विश्वकपयता १३ खेलमध्ये ११ मा जित निकालेको छ।
बेल्जियमले विश्वकपको पहिलो चरणको ८ वटा समूह चरणको खेलमा जित निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।