अछाम– प्रतिनिधि सभा अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी भएका छन्।
सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बनेर विजयी भएका शाह अछाम कांग्रेसका सभापति हुन्।
शाहले २२ हजार ९५४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत ल्याए।
उनीहरुबीचको मतान्तर ६ हजार ८४० रहेको छ।
प्रतिनिधि सभा अछाम–१ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।