लन्डन– इजरायलको रक्षा विभागको सैनिक खुफिया एजेन्सीले इरानले कतारमा जारी विश्वकपमा भाग लिइरहेको आफ्नो टोलीलाई लक्षित गर्दै आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।
मेजर जर्नेल अहारोन हालिभले यसको जानकारी दिँदै तेहरानले आफ्नो घरेलु हिंसालाई अन्यत्र मोड्न कतारमा आक्रमण गर्नसक्ने आशंका व्यक्त गरेका हुन्।
हिजाबको मुद्दालाई लिएर अहिले इरानमा प्रदर्शन भइरहेको छ। यसलाई रोक्न सरकारले १४ हजार मानिसलाई जेलमा बन्द गरिसकेको छ।
तेल अभिभस्थित राष्ट्रिय सुरक्षा अध्ययन केन्द्रमा आयोजित कन्फ्रेन्समा हालिभाले भने, ‘म भनिरहेको छु कि इरानीहरूले कतारमा जारी विश्वकपमा हमला गर्ने सोच बनाइरहेका छन्।’
महिला स्वतन्त्रताका लागि इरानमा आन्दोलन भइरहेको छ। यसलाई तेहरानले पूर्ण रूपमा नियन्त्रणमा राख्न सकेको छैन। ‘विश्वकप ती घटनामध्ये एक हुनसक्छ, जसमा अस्थिरता निम्त्याउने प्रयास हुनेछ,’ टाइम्स अफ इजराइलले उनको भनाइ उद्दृत गर्दै लेखेको छ।
हिजाब नलगाएको निहुँमा इरानी प्रहरीले २२ वर्षीय कुर्दिस युवती माहसा अमिनीलाई केही समयअघि पक्राउ गरेको थियो। तर, उनको प्रहरी हिरासतमै निधन भयो। यसपछि सरकारविरूद्ध इरानमा आन्दोलनको ज्वार उठेको छ।
‘यस्तो अवस्थामा आन्तरिक दबाब कम गर्न उसले आक्रमण गर्न सक्छ,’ उनले भने।
इरानले विश्वकपअन्तर्गत पहिलो खेल सोमबार ६–२ गोलले इंग्ल्याण्डसँग गुमाएको थियो। यस खेलमा इरानी खेलाडीले शासनको विरोधमा राष्ट्रियगान गाउन अस्विकार गरेका थिए। इरानी दर्शकले पनि रंगशालामा राष्ट्रियगान बच्दा खिसी उडाएका थिए। उनीहरूले इंगल्याण्डले जित्दासमेत खुसी मनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।