दोहा– फ्रेञ्च स्ट्राइकर ओलिभर जिरुड राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीमा दरिन पुगेका छन्। उनले फ्रान्सका पूर्व स्ट्राइकर थियरी हेनरीको ५१ गोलको कीर्तिमानलाई बराबरी गरेका छन्।
विश्वकपअन्तर्गत मंगलबार राती भएको समूह ‘डी’ को खेलमा अस्ट्रेलियामाथि ४–१ को जित निकाल्ने क्रममा फ्रान्सका लागि जिरुडले २ गोल गरेका थिए। यो गोलसँगै जिरुडले १ सय १५ क्यापमा ५१ गोल गरेका छन्।
हेनरीले १२३ खेलमा यो उपलब्धि चुमेका थिए। जिरुडपछि अहिले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा एन्टोन ग्रिजमन रहेका छन्। उनको खातामा ४२ गोल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।